हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, २२ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवस नेमकिपा भनपा ९ दत्तात्रय समितिको आयोजनामा मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको संशोधनवाद, अवसरवाद र खोटा विचारको कारण नेपाल मजदुर किसान पार्टी स्थापना भएको बताउँदै सोभियत सङ्घ सामाजिक साम्राज्यवादमा पतन, भारतले मुक्ति बाहिनी पठाई बङ्गलादेश टुक्रा गरेको, किसान आन्दोलन, मुख्य शत्रु को ?, अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीविरुद्ध सङ्घर्षमा मतभेद भएपछि नेपाल मजदुर किसान पार्टी स्थापना भएको बताउनुभयो ।
उहाँले माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा मार्ग निर्देशक पार्टीको सिद्धान्त भएको र तत्कालीन कार्यक्रम जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवाद पुग्ने लक्ष्य नेमकिपाको भएको बताउनुभयो । उहाँले लेनिनवादी सिद्धान्तअनुसार पार्टीले चुनाव उपयोग गरेको बताउनुभयो ।
नेमकिपा भनपा ९ का अध्यक्ष कृष्णभक्त लवजुले पार्टीको घोषणापत्र, सिद्धान्त र विचारको आधारमा मत माग्नुपर्ने बताउनुभयो । उहाँले वर्गसङ्घर्षबिना आमूल परिवर्तन सम्भव नहुने बताउनुभयो ।
नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष नातिभाइ ह्योम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्द्रबहादुर प्याथ र रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियोे ।
Leave a Reply