लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
हरेक वर्षको माघ १० गते नेपाल मजदुर किसान पार्टीले आफ्नो स्थापना दिवस मनाउँदै आइरहेको छ । वि.सं २०३१ साल माघ १० गते अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा स्थापना भएको नेमकिपाले यस वर्ष आप्mनो ५२ औँ स्थापना दिवस माघ महिनाभरि विभिन्न रचनात्मक कार्यक्रम गरी मनाइरहेको छ । माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई आप्mनो मार्गनिर्देशक सिद्धान्त मानी कामदारवर्गको पक्षमा सक्रिय रही पार्टीले आप्mना जनवर्गीय र पेसागत सङ्गठनहरूलाई राजनीतिक रूपमा सचेत पार्ने काममा अहोरात्र खटाउँदै आइरहेको छ । पार्टीले आफूलाई इमानदारीता, सिद्धान्तनिष्ठताको बलियो जगमा उभ्याउँदै आएको कुरामा दुईमत छैन । पार्टीले वर्गसङ्घर्षलाई जोड दिँदै वैज्ञानिक समाजवाद र साम्यवादलाई आप्mनो आजु बनाएको छ ।
सिद्धान्तमा खेलाँची, हिमालमा चिप्लेटी
हरेक दलको आ–आप्mनो सिद्धान्त हुने गर्दछ, हुनुपर्दछ । सिद्धान्तबिनाको राजनीति जराबिनाको रुखझैँ हुने गर्दछ । दलहरू यही सिद्धान्तलाई आप्mनो मार्गनिर्देशक सिद्धान्तको रूपमा आत्मसात गर्ने गर्छन् । सिद्धान्तको आधारमा नै विभिन्न राजनीतिक क्रियाकलापहरूका माध्यमबाट जनतालाई सुसूचित गर्ने काम गर्छन् । नेमकिपाले वैज्ञानिक समाजवादलाई मार्गनिर्देशक सिद्धान्त मानेको छ । यसै सिद्धान्तलाई व्यापक जनतामाझ प्रचार गरी शासन सत्तालाई कामदारवर्गको पक्षमा कायम गर्ने विषयमा वकालत गर्दै आइरहेको छ । बहुमत जनताको मुक्तिको लागि वैज्ञानिक समाजवादको स्थापना आवश्यक भएको कुरा कार्यक्रममार्फत जानकारी दिने र आप्mनो सिद्धान्त वा आजुमा पुग्नको लागि गर्नुपर्ने कर्तव्यबारे छलफल हुन्छ । सिद्धान्त केवल कागजको खोस्टा होइन, यो दलको वैचारिक र दार्शनिक हतियार हुने गर्दछ । जुनसुकै समाजमा पनि दलको बन्दोबस्त हुने गर्दछ किनकि राज्यसत्ता दलको नियन्त्रणमा हुने गर्दछ । यस आधारमा दल सिद्धान्तहीन हुनुहुँदैन । सरकार सिद्धान्त कार्यान्वयन गर्ने गराउने माध्यम हो ।
नेमकिपाले सरकारको नेतृत्व गर्ने माध्यम वर्गसङ्घर्षलाई मान्दै आइरहेको छ । पुँजीवादी निर्वाचनबाट वैज्ञानिक समाजवाद स्थापना सम्भव छैन । नेमकिपा सिद्धान्त, विचार र गतिविधि प्रचार गरी जनतालाई राजनीतिक रूपमा सचेत र सङ्गठित पार्नुपर्ने विचारमा अडिग छ । ऊ जनतालाई झूटा आश्वासन दिने र भ्रम छर्ने कामको सशक्त विरोध गर्दछ । सच्चा कम्युनिस्ट पार्टीले भ्रमको राजनीति गर्दैन । आज नेपालको राजनीतिक डबलीमा धेरै राजनीतिक दलहरू उत्रिसकेका छन् । कतिपय दलको सिद्धान्त वा विचार नै स्पष्ट छैन । दर्शनबिनाको पार्टी कुनै पनि बेला अस्तित्वहीन हुनसक्छ । कसैसँग बदला लिन वा प्रतिशोध साँध्न पनि दल खोल्ने गलत परिपाटीको विकास भएको छ । भएका कतिपय राजनीतिक दलको उद्देश्य सत्ता प्राप्त गर्ने र देश र जनताको नाममा राष्ट्रिय ढुकुटीमा ब्रम्ह्मलुट गर्नु रहेको छ ।
जस्तै कठिन परिस्थिति आए पनि नेमकिपाले आप्mनो दर्शनलाई अहिलेसम्म निरन्तर अगाडि बढाइरहेको छ । नेमकिपा सिद्धान्तबाट कति पनि विचलित नभई राजनीतिक यात्रातर्फ अगाडि बढिरहेको छ । यस अर्थमा नेमकिपाले नेपालको राजनीतिक डबलीमा आप्mनो विशेष पहिचान कायम गरेको छ भने कम्युनिस्ट पार्टी भनिएकाहरूका लागि ‘प्रकाशस्तम्भ’ को रूपमा काम गरिरहेको कुरा कसैबाट छिप्न सक्दैन ।
सरकारमा नजाने नीतिबारे
निर्वाचनबाट आउने सरकारले बहुमत जनताको हित गर्न नसक्ने धारणा नेमकिपाको हो । प्रजातन्त्रमा बहुमत प्राप्त राजनीतिक दलले सरकारको नेतृत्व गर्ने र दोस्रो बहुमत प्राप्त गर्ने दलले समर्थन, आलोचना वा विरोध गर्ने संसदीय प्रणालीको अभ्यास गर्नुपर्ने विषय नेमकिपाले सडकदेखि सदनसम्म उठाउँदै आइरहेको छ । जसलाई सरकारमा जान्ने ‘म्यान्डेट’ दिएको हुँदैन, त्यस दलले सरकारमा जानु प्रजातन्त्रविपरीत हुनेछ । नेपालमा राजनीतिक अस्थिरता मात्रै होइन अब त चरम अस्थिरताको बाटोमा लागेको छ कि भन्ने छ । अस्थिरताको बाटोमा लाग्दा सिङ्गो मुलुक ‘कम्पासबिनाको जहाज’ झँै हुने धेरैको अनुमान छ । पुँजीवादी दलहरूका क्रियाकलाप र अभिव्यक्ति हेर्दा होइन भन्ने आधार पनि भेटिँदैन । गलत बाटोबाट सत्तारोहण गरेका दलहरूले आज देशलाई दिशाहीन बनाएको महसुस सर्वत्र गरिँदै छ । सरकारमा गएर जनताको सेवा गर्नुभन्दा सरकारमा जानु नै कमाउनको लागि हो भन्ने पर्न थालिसकेको छ । जीवनमा एकपटक मन्त्री हुनुपर्ने रोग नै लागिसकेको छ ।
विचारमा स्पष्ट र सिद्धान्तमा अडिग दल कहिल्यै कसैसँग झुक्नुपर्ने पर्दैन भन्ने कुरा नेमकिपाले सिद्धान्ततः स्पष्ट पारेको छ । जतिसुकै सीट जितेर सरकारको नेतृत्व गर्ने दल पनि सिद्धान्तहीन हुँदा आज नेमकिपाजस्तो उनीहरूकै शब्दमा ‘सानो’ दलको अगाडि झुक्न बाध्य भएका थुप्रै उदाहरणहरू छन् नेपाली राजनीतिमा । अहिलेसम्म आप्mनो सैद्धान्तिक अडानकै कारण सरकारमा सहभागी नभएको हुँदा नेमकिपाका नेता कार्यकर्ताहरू सत्तासीन पार्टीका जुनसुकै तहका नेतासँग पनि शिर ठाडो पारेर आप्mनो विचार प्रस्तुत गर्न सक्षम भएका हुन् । तिनीहरूको विरोध र आलोचना गर्ने शक्ति पार्टीको यही सैद्धान्तिक हतियारका कारण सफलता मिलेको हो । विदेशीको भाषा नबोल्ने, नेपाल र नेपालीको अहितमा विदेशीले भनेको कार्यमा संलग्न नहुने, देशको सार्वभौमसत्ता रक्षार्थ निरन्तर आवाज उठाउने, भ्रष्टाचारजन्य कुनै पनि काममा सहभागी नहुने बरु त्यसको भण्डाफोर गर्ने, जनतालाई आश्वासन र भ्रममा नपार्ने, सरकारमा गएका दलहरूलाई निरन्तर खबरदारी गर्ने, प्रजातन्त्रविपरीतका गतिविधिहरू कुनै पनि दलले गरे त्यसको खबरदारी गर्ने, सरकारको एक पैसा हिनामिना नगर्ने र पारदर्शी रूपमा प्रस्तुत हुने, कुनै पनि सरकारी पद र आयोगका लागि राजनीतिक भागबन्डा नगर्ने, निर्वाचनमा आचारसंहिताविपरीत कुनै पनि गतिविधि नगर्नेजस्ता नेमकिपाका कार्यहरूदेखि पुँजीवादी दलहरू छटपटाउने गर्छन् । जतिसुकै कठिन परिस्थितिमा पनि नेमकिपाले आप्mनो ‘धर्म’ निभाउने काममा सफलता पाउँदै आएको छ ।
सरकारमा जान्न उद्यत दलहरूलाई समेत नेमकिपाले प्रजातन्त्रको पाठ पढाउने गरेको छ । सिद्धान्तहीन चुनावी गठबन्धनको सदैव विरोध गर्दै आएको दलले फरक सिद्धान्त बोकेका दलहरूबिच सत्ताको भागबन्डाले देशलाई अन्योल र जटिलतातर्फ धकेल्ने स्पष्ट विचार सार्वजनिक गरेर दलहरूलाई सचेत बनाएकै थियो । तर, ‘भीरबाट खस्ने गोरुलाई राम राममात्र भन्न सकिन्छ’ भनेझैँ आफूलाई ठुला भन्ने पुँजीवादी दलहरूले नेमकिपाको सुझावलाई कहिल्यै प्राथमिकतामा नपारी ठुला दलको अहङ्कारजन्य विगतको गतिविधिका कारण आज इतिहासकै कठिन मोडमा ती दलहरू पुगेका छन् । सैद्धान्तिक राजनीतिलाई जोड नदिई सङ्गठन विस्तार गर्ने नाउँमा गरिएको फोहरी खेलका कारण जनतामा राजनीतिप्रति नै वितृष्णा उत्पन्न हुनुका साथै अवसर, लोभ र राजनीतिक ज्ञानको अभावमा बिहान एउटा दलको सदस्यता लिने, दिउँसो अर्को दलको कार्यक्रममा जाने र साँझ अर्को दलको बैठकमा जाने विकृत र निर्लज्ज राजनीतिक गतिविधि देखिएको छ । सिद्धान्तलाई सत्तामा जाने भ¥याङ बनाउँदा दलहरूका नेताहरूको अनुहार विकृत भएको छ । चौतर्फी विरोधको आवाज गुञ्जेको छ । निर्वाचनबाट सत्ता हात पार्ने र समाजवादी विशेषताअनुसार नीति बनाउने असफल चेष्टाका कारण देशमा विदेशी चलखेल बढ्दो छ ।
‘सानो’ एक सामन्ती संस्कार हो
सानो र ठुलोको सापेक्षित जवाफ छैन । तर, बोलीचालीमा यसको प्रयोग ब्याप्त छ । सानो केलाई भन्ने अनि ठुलो केलाई भन्ने ? आकार प्रकारमा यसको प्रयोग बढी होला तर, गुणमा, विशेषतामा तुलना गर्ने हो भने यसको प्रयोग हुँदैन । आज नेपालका दलहरूमध्ये पुँजीवादी दलहरू त कम्युनिस्ट पार्टीहरूलाई विरोधी दलको रूपमा हेर्छन् र आप्mनो दलभन्दा सानो र ठुलोको सीमित परिभाषाबाट नै दललाई होच्याउने गर्छन् । कम्युनिस्ट पार्टीहरूले त गुण र सिद्धान्तलाई महत्व दिनुपर्ने हो । तर, दिइएको पाइँदैन । कसैलाई होच्याउनु ‘सामन्ती संस्कार’ हो । सामन्ती संस्कार वामपन्थी वा कम्युनिस्ट विचारधाराविपरीतको अवधारणा हो ।
निर्वाचनमा धाँधली गर्न पाइँदैन, निर्वाचन आयोगले निर्धारण गरेको रकमभन्दा बढी खर्च गर्न पाइँंदैन, मतदातालाई प्रभावित पार्ने गरी रकमलगायत कुनै जिन्सी सामान बाँड्न पाइँंदैन, झूटा आश्वासन र भ्रम सिर्जना गर्न पाइँदैन । भोज भतेरको आयोजना गर्न पाइँंदैन । तर, शक्ति र सत्ताको आडमा निर्वाचनलाई नै साध्य मानेर निर्वाचन आयोगका कुनै पनि नियम र नीतिको धज्जी उदाउँदै निर्वाचन जितेर अलि बढी सीट जित्ने दलहरू नेमकिपालाई ‘सानो’ ठान्छन् । नेमकिपा एउटा सिद्धान्तमा अडिग दल हो । अनुशासित दल हो । संयमिताका साथ स्वतन्त्र तरिकाले निर्वाचनमा सहभागी हुने गरेको इतिहास हो नेमकिपाको । निर्वाचन जित्नको लागि जुनसकै हठकण्डा गर्न पछि नपर्ने दलहरूले नेमकिपाजस्तो ‘सानो’ पार्टीबाट सिक्ने कुरा धेरै छन् । निर्वाचनलाई उपयोग गर्ने सिलसिलामा, देशभक्ति प्रदर्शन गर्ने सिलसिलामा, स्थानीय निकायलाई देश र जनताको हितमा उपयोग गर्ने सिलसिलामा, प्रजातन्त्र वा लोकतन्त्रलाई व्यवहारमा उतार्ने सिलसिलामा, अनुशासित र संस्कारयुक्त जीवन यापनका सिलसिलामा, अन्तर्राष्ट्रिय कर्तव्य बहनको सिलसिलामा, जनतालाई सचेत पार्न गरिने रचनात्मक क्रियाकलापको सिलसिलामा, नेमकिपाले दिएको योगदान ठुला भनिएका दलहरूको लागि चुनौती बनेको छ । देश हितविरोधी एमसीसी र एसपीपी पारित गर्ने ठुला दलहरूविरुद्ध नेमकिपा एक्लै सङ्घर्षको मोर्चामा उभिएको विगत सचेत नेपाली जनताले भुलेका छैनन् ।
हिजो आज ठुला भनिएका दलहरूले पार्टीमा सदस्य बढाउने नाममा के कस्ता मानिसहरूलाई टीका लगाउँदै सदस्य बनाएका छन् भन्ने कुरा जगजाहेर छ । व्यक्तिको पृष्ठभूमि के हो ? कुन उपाय वा विधिबाट सदस्यता दिने भन्ने कुराको कुनै ख्यालै नगरी ‘ठुला’ भनिएका राजनीतिक दलले सदस्यता दिन गरेको छ । जतिसुकै ठुला अपराधमा संलग्न भएका, अपराधी करार गरी अदालतले सजाय दिएका व्यक्तिहरू पनि आज ठुला दलका ठुलै सदस्यको रूपमा आप्mनो परिचय बनाउन सफल छन् । नेमकिपाले त्यसरी सदस्यता बाँडेको छैन । कम्युनिस्ट पार्टीको आफ्नो छुट्टै विधि छ, त्यही विधि अवलम्बन गरी सदस्यता बाँडिएको हुन्छ । । यसरी विधिमा चल्ने दललाई ‘सानो’ भनी हेप्ने दलहरूको मानसिकता र सोचाइलाई कसरी ‘ठुला’ भन्ने ?
आज जनतामा राजनीतिक वितृष्णा छ, यो वितृष्णा सानोको कारण होइन बरु ठुलै दलका कारण सृजित समस्या हो, उत्पन्न अभिव्यक्ति हो । ठुला दल भनिएकाहरूले साँच्चै सङ्कीर्णतालाई त्यागेर प्रजातन्त्र र गणतन्त्रको मर्म र भावनाअनुसार काम गरेको भए आज वैकल्पिक भनिएका दलहरू पनि सडकमा आउने थिएनन् । प्रजातन्त्र भनेको बहुमतको शासन हो र अल्पमतको कदर गरिन्छ । यहाँ बहुमतको शासन गर्ने कुन दलले अल्पमतको कदर ग¥यो ? देशको राजनीतिक, आर्थिक र सामाजिकलगायत अन्य क्षेत्रको अवस्था चिन्ताजनक हुनुको पछाडि ‘सानो’ भनिएका दलको हात छ कि ठुलाहरूको ? ठुला भनिएका दलहरू आफैले बनाएको नीति, नियम र कानुनको पालना स्वयम्ले कति गरेको छ ? भागबन्डाको राजनीतिलाई मलजल गरी सबैजसो संवैधानिक आयोगहरूमा आयुक्त नियुक्ति दिने दलहरूले आप्mनो भागमा परेको आयोगको नीति, नियमलाई कति आत्मसात गरेको छ ? सत्ताको वरिपरि कुद्ने र सत्ताभन्दा पर बस्नै नसक्ने ठुला दलहरूसँग के जवाफ छ ?
Leave a Reply