भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
कृतिका प्रजापति
अप्रिल २२ का दिन विश्वभर महान् सर्वहारा नेता लेनिनको १४८ औं जन्म दिवस मनाइयो । नेपालका कम्युनिष्ट पार्टीहरूले पनि सो अवसरमा आफ्ना कार्यकर्ताबीच विभिन्न विचार गोष्ठी, अन्तरक्रिया कार्यक्रम र लेनिनको व्यक्तित्वबारे राजनैतिक तथा सैद्धान्तिक चर्चाहरू गरेको पत्रपत्रिकाहरूमा पढ्न पाइयो । यसै क्रममा नेपालको एकमात्र कम्युनिष्ट पार्टी नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा लेनिन दिवसको अवसरमा विभिन्न विचार गोष्ठी र सर्वहारा वर्गका गुरु कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा माक्र्सवादी साहित्य विषयमा छलफल कार्यक्रमहरू आयोजना ग¥यो । लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्ति, लेनिनको जीवन दर्शन र संघर्षबाट सिक्नु नै लेनिन जयन्ती मनाउनुको तात्पर्य हो । लेनिन दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना !
सत्ता स्वार्थको जोडले एउटै चुनावी गठबन्धन गरेका एमाले र माओवादीको पार्टी एकताबारे यहाँ चर्चा गर्न उपयुक्त लाग्यो । लेनिन दिवसको अवसर पारेर पार्टी एकता गर्न लागेका एमाले–माओवादीले संयुक्त आयोजनामा आइतबार (वैशाख ९) गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा बृहत सभाको आयोजना गरे । यसै दिन एमाले र माओवादीबीच पार्टी एकताको घोषणा गर्ने मिति तय भएको थियो । तर प्राविधिक कुरा नमिलेको कारण पार्टी एकता अझ केही समय लम्बिने समाचारहरू प्रकाशित भयो ।
लेनिन दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमको ब्यानरमा लेनिनको तस्वीर थिएन । ब्यानरको माथिल्लो कुनामा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको फोटो राखिएको थियो भने ब्यानरको एक साइडमा केपी ओली र अर्को साइडमा पुष्पकमल दाहालको ठूलो तस्वीर राखिएको थियो । लेनिन जयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा लेनिनको तस्वीर नदेखिएपछि उपस्थित कार्यकर्ताले नाराबाजी गरेका थिए साथै लगातारको होहल्लापश्चात् उक्त बोर्ड हटाएको समाचार अनलाइन खबरहरूले प्रचारमा ल्याएका थिए । अन्ततः केही बेरमा दुईवटा ब्यानर राखेर कार्यक्रम गरियो । यो घटनाले पनि आफूलाई वामपन्थी भन्ने एमाले र माओवादीको चरित्र चित्रण गर्न मद्दत पुगेको छ ।
‘वाम गठबन्धनको एकताले अहिलेसम्मकै सबैभन्दा ठूलो, शक्तिशाली र विशाल कम्युनिष्ट पार्टीको निर्माण हुनेछ, नेपालको कम्युनिष्ट एकताले विश्वभर रहेका कम्युनिष्टहरूलाई राम्रो सन्देश प्रवाह हुनेछ’ भन्ने प्रचारबाजी भर्खरै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको समयमा गरियो । पार्टी एकीकरणपश्चात् यी दुई दलले आफ्नो पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने र यसका निर्देशक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद’ राख्ने उद्गार गरेका थिए । तर वर्तमान प्रधानमन्त्री केपी ओलीले एउटा अन्तरवार्तामा यो वामपन्थी एकता होइन र यो कम्युनिष्ट एकता पनि होइन भनी स्पष्ट भाषामा बोल्नुभएको थियो । यस अर्थमा ‘कम्युनिष्ट’ र ‘समाजवाद’ शब्द जनतालाई ढाँट्न मात्र प्रयोग गरेको हो भन्ने आगामी दिनहरूमा अझ प्रस्ट हुँदै जानेछ ।
एमाले–माओवादीबीच पार्टी एकता भएको लगभग सात महिना पुरा हुँदैछ । प्रदेशसभा र प्रनिधिसभाको निर्वाचनपश्चात् विधिवत् रुपमा पार्टी एकता सम्पन्न गर्ने सहमति यी दुई पार्टीहरूले गरेका थिए । ६०ः४० को भागबण्डामा गरिएको पार्टी एकताको औपचारिक एकीकरण आजको मितिसम्ममा पनि हुन नसक्नु ‘… भन्दा देख्नेलाई लाज’ भनेजस्तो भइसकेको छ । पछिल्ला दिनमा ‘कामरेड’ प्रचण्डले एकीकृत पार्टीमा माओवादीको ५० प्रतिशतको हिस्सेदारी कायम हुनुपर्ने नयाँ सर्तले एमालेलाई झस्काएको हुनुपर्छ । पार्टी एकतापश्चात् संयुक्त पार्टीको अध्यक्षमा आफू बस्ने र समान हैसियतमा एकता गरिनुपर्ने माओवादीले अघि सारेका पछिल्ला सर्तहरू हुन् । उता एमाले अध्यक्ष केपी ओलीले आगामी महाधिवेशनबाट माधवकुमार नेपाललाई पार्टीको अध्यक्षको रुपमा उठाउने आशंका गरिएको छ ।
एकीकृत पार्टीको अध्यक्षमा प्रचण्ड बनेमा आफ्नो पार्टीको हैसियत गुम्ने खतरा देखेका ओलीले कुनै पनि हालतमा प्रचण्डलाई अध्यक्ष पद दिने स्थिति देखिंदैन । यी दुईबीचको एकताको सिलसिलामा पुर्णविराम लागिरहनुको मुख्य कारक तत्व यही हो । माओवादी आफूलाई अल्पमतमा परेर हैसियतविहीन हुने डर पालेर बसेको छ भने एमाले भने माओवादीलाई आफ्नो प्रभुत्वमा राखेर माओवादीलाई आफूमा विलय गराउन चाहेको एमालेको रणनीति देखिन्छ । राष्ट्रपति र प्रधानमन्त्री पद एमालेले आफ्नो पोल्टामा पारिसकेका छन्, अब पार्टी अध्यक्षमा एमाले र माओवादीका दुई व्यक्तिलाई पार्टी अध्यक्ष बनाउने कुरा छ । गठबन्धन पार्टीमा दुईजना अध्यक्ष रहनु सैद्धान्तिक हिसाबले पनि सही छैन । अब पार्टी गठबन्धनसँगै यदि प्रचण्डलाई पार्टी अध्यक्ष बन्न नदिइएको खण्डमा प्रचण्ड यो समीकरणबाट बाहिरिने सम्भावना तड्कारो छ । प्रधानमन्त्री ओलीले यो सत्ता टिकाउन हुनसम्म मेहनत नै गर्नेछन्, तर प्रचण्डको विश्वास जित्न नसके फेरि नेपाली राजनीतिमा सड्ढट उत्पन्न हुने निश्चित छ । पर्यवेक्षकहरुको विश्लेषण छ – प्रचण्डले आफूले भनेजस्तो पद नपाएको खण्डमा उनले फेरि यो गठबन्धन भत्काउने प्रयासमा लाग्नेछ ।
अन्तमा, सैद्धान्तिक र वैचारिक पक्ष नभएको यो एकीकरणले सकारात्मक निष्कर्ष पाउने अपेक्षा गर्नु आफैमा गलत सावित हुँदै जानेछ । धेरै पटक फुट र एकताको सामना गरिसकेका यी दुवै पार्टी आफू सत्तामा टिकिरहने खेलका खेलाडीहरूको रुपमा अगाडि प्रस्तुत भइरहेका छन् । व्यक्तिगत स्वार्थको मनस्थिति बोकेका यी राजनीतिक खेलाडीहरूले देशमा राजनीतिक अस्थिरता बढाउनेछ र देश अझ भड्खालोमा पार्ने निश्चित छ । अब देश जोगाउने वा भुंग्रोमा फाल्नुपर्नेछ भन्ने परिणाम यी दुई राजनीतिक दलका नेताहरूको पदको त्यागले निर्धारण गर्नेछ ।
Leave a Reply