हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, २४ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा शनिबार भनपा वडा नं ७ चोर्चा क्षेत्रका कार्यकर्ता भेला भयो । भेलाले कृष्णगोविन्द खाइजूको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाको आन्दोलनले भक्तपुरका किसानहरूलाई भूदासबाट मुक्त गरेको धारणा राख्नुभयो । भक्तपुरमा भूमिसुधारको ऐनअनुसार किसानलाई मोहियानी हक भएपछि किसानको आर्थिक स्तर वृद्धि भएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले नेमकिपाको शैक्षिक आन्दोलनको परिणामस्वरुप भक्तपुर शिक्षाको केन्द्र भएको चर्चा गर्नुभयो । उहाँले २०२८ मा भक्तपुरको साक्षरता २७ प्रतिशत थियो भने २०४८ सम्ममा ७४ प्रतिशत पुगको भन्दै अहिले ८७ प्रतिशत साक्षर हुनुमा पार्टीको अगुवाइमा भएका साक्षरता कक्षा, रात्रि कक्षाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका सदस्य नारायणप्रसाद त्वानाबासु, नेमकिपा, चोर्चा समितिका अध्यक्ष कृष्णगोविन्द खाइजू, उपाध्यक्ष विष्णुराम दुमरू, सहसचिव रुद्रनारायण लाखा, चन्द्रप्रसाद दुमरुलगायतले मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply