हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, २४ माघ । भ.न.पा.४ दुमलाचा युवा बचत समूहको आयोजनामा शनिबार देशको समसामयिक तथा आसन्न निर्वाचनबारे छलफल कार्यक्रम भयो ।
नेमकिपा भजिसका उपेन्द्र सुवालले नेमकिपाले असल चरित्रवान् व्यक्तिहरूलाई आसन्न निर्वाचनमा जनताका उम्मेदवारका रूपमा जिल्ला–जिल्लामा उठाएको जानकारी गराउँदै सिद्धान्त र नीतिको कारण पार्टीले देशको कम्युनिस्ट आन्दोलनमा प्रकाशस्तम्भको काम गरिरहेको बताउनुभयो ।
समाजवाद हुँदै साम्यवादी आदर्श समाजमा पुग्ने लक्ष्य लिएको पार्टीका अग्रज नेता कार्यकर्ताहरूले देश र जनताको निम्ति निःस्वार्थरूपमा गर्दै आइरहेको कामलाई स्मरण गर्दै उहाँले नयाँ पुस्तालाई शिक्षित पार्नुपर्ने कर्तव्य पूरा गर्न लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
समाज शोषक र शोषित दुई वर्गमा विभाजित रहेको चर्चा गर्दै उहाँले गरिब कामदारवर्गको प्रतिनिधित्व गर्ने समाजवादी व्यवस्था ल्याउन नसकुञ्जेल न्याय र समानतामा आधारित आदर्श समाज स्थापना गर्न नसकिने तर्क प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका आधारभूत आवश्यकता पूरा गर्नु राज्यको दायित्व हो भन्नुभयो ।
नेमकिपा बोलाछेँका इन्चार्ज एच.एस.सुवालले शिक्षा, स्थास्थ्य, सरसफाइमा अग्रज नेता कार्यकर्ताहरूले गरेको योगदानबारे नयाँ पुस्तालाई बताउनुपर्ने आवश्यकता रहेको चर्चा गर्दै निर्वाचनमा देश र जनताको निम्ति निःस्वार्थ, इमानदार, सक्षम तथा देशभक्त उम्मेदवारहरूलाई अत्यधिक मत दिई जिताउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
संस्थापक अध्यक्ष एवं सल्लाहकार राजेन्द्र माकले सस्तो प्रचारबाजीले मात्रै चुनावमा मत लिन खोज्नु गलत प्रवृत्ति भएको बताउँदै समाज विकासमा गरेको त्याग, बलिदान र योगदानलाई बुझेर जनताका सच्चा उम्मेदवारलाई मत दिनु हरेक देशभक्त मतदाताको कर्तव्य हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भजिसका सचिव सुजी ह्योंगजूले नयाँ पुस्ताले सामाजिक सञ्जाल प्रयोगमा चनाखो र सजग हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै साम्राज्यवादीहरूले मेडियामार्फत नयाँ पुस्तालाई भ्रमित पार्ने एल्गोरिडम बनाई देशलाई डिजिटल उपनिवेश बनाउन सक्ने सम्भावनाबारे सचेत हुन आग्रह गर्नुभयो ।
व्यावहारिक संस्कार सिकाउन र पठन संस्कृतिको विकासमा पार्टीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले भदौ २३ र २४ को जेन–जी क्रान्ति नभई अमेरिकी साम्राज्यवादी संस्था NED र IRI मार्फत गराइएको विध्वंस हो भन्नुभयो ।
दुमलाचा युवा बचत समूहका अध्यक्ष राधेश्याम सैँजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष पूर्णचन्द्र जाकिबन्जार, सचिव दीपक जाकिबन्जारलगायतले बोल्नुभयो ।
Leave a Reply