भर्खरै :

कैलाली लम्कीचुहा बचैलामा भेटघाट कार्यक्रम

कैलाली लम्कीचुहा बचैलामा भेटघाट कार्यक्रम

कैलाली, ३ फागुन । नेपाल मजदुर किसान पार्टीका जिल्ला समिति कैलालीको आयोजनामा लम्कीचुहा नपा वडा नं ८ बचैलामा भेटघाट कार्यक्रममा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपाले राजनीतिलाई जनताको निःस्वार्थ सेवाको रूपमा लिएको बताउनुभयो । कामदार जनताले राजनीतिलाई नबुझेको कारण पँुजीवादी व्यवस्था टिकेको बताउँदै अब यो व्यवस्था पल्टाएर किसान र मजदुरको व्यवस्था समाजवाद ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले समाजवादी व्यवस्थामा उद्योग कलकारखानाहरू सरकारले बनाई रोजगारीको व्यवस्था गर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं कैलाली संयोजक रमेशकुमार रावलले राजनीति भनेको सबै नीतिको प्रमुख नीति हो भन्नुभयो । उहाँले यो निर्वाचनबाट निर्वाचित भएर जाने प्रतिनिधिले नियम र कानुन बनाउने स्पष्ट पार्नुभयो । उत्पादन श्रमसँग जोडिएको निःशुल्क अनिवार्य र वैज्ञानिक शिक्षा नीति बनाए मात्रै कामदार जनताका छोराछोरीको हित हुने उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव एवं कैलाली क्षेत्र नं २ का उम्मेदवार लक्ष्मी पुनमगरले नेपाल मजदुर किसान पार्टी गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको लागि सडक र सदनमा सङ्घर्ष गर्ने पार्टी हो भन्नुभयो ।
उहाँले व्यक्तित्व विकासमा समान अवसर भए मात्रै कामदार जनताका छोराछोरीको हित हुन्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ कैलाली अध्यक्ष प्रेमबहादुर सिंजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *