भर्खरै :

बाँकेका विभिन्न चोक र स्थानमा कोणसभा संसद्मा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्ने दल नेमकिपा

बाँकेका विभिन्न चोक र स्थानमा कोणसभा संसद्मा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्ने दल नेमकिपा

बाँके, ६ फागुन । नेपाल मजदुर किसान पार्टीले बुधबार बाँके क्षेत्र नं १ को कोहलपुर नगरका विभिन्न चोकमा कोण सभा सम्पन्न गरेको छ । कोहलपुरका हाइस्कूल चोक, साझा चोक, नयाँ सडक, दस बिगाहा र चप्परगौडीमा कोणसभा गरिएका हुन् ।
कोणसभामा नेमकिपा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर बासीले एमसीसी सम्झौताअनुसार संरा अमेरिकी साम्राज्यवादी सेना नेपालमा ल्याउन एसपीपी सम्झौता गर्न खोजेको चर्चा गर्दै आसन्न निर्वाचनबाट देशभक्त उम्मेदवार जिताउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
शासक दलहरूले विदेशी पुँजीको सेवा गरिरहेकाले नेपालमा जनताको प्रजातन्त्र होइन, दलाल पुँुजीवाद हाबी रहेको बताउँदै संयोजक बासीले समाजवादी व्यवस्थामा योग्यताअनुसार काम र कामअनुसार ज्याला सुनिश्चित हुन्छ भन्नुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश समितिका सदस्य नवीनकुमार शाहीले शिक्षालाई श्रमसँग जोड्नुपर्नेमा जोड दिंदै विगतका शासक दलहरूले नेपाललाई खरब रुपैयाँ बराबरको फाइदा हुन्छ भनेर महाकाली सन्धिमा जस्तै ठग्दै आएको छ भन्नुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश समितिका सदस्य एवम् समानुपातिक उम्मेदवार नारायणी चौधरीले सचेततापूर्वक मतदान गरेर देशभक्त उम्मेदवारहरूलाई जिताउन अनुरोध गर्नुभयो ।
नेमकिपा बाँकेका अध्यक्ष शेरबहादुर बिकले मतदाताको भावनाविपरीत काम गर्ने शासक दलहरूलाई दिएको मत खेर गएको सरह हुन्छ भन्नुभयो ।
नेमकिपा बाँकेका सचिव घनबहादुर सिजापतिले जघन्य अपराध गर्ने अपराधीहरूलाई ज्यान सजाय दिने व्यवस्था हुनुपर्छ भन्नुभयो ।
बाँके क्षेत्र नं १ बाट नेमकिपाका उम्मेदवार सुर्जा थापाले किसानहरूले श्रम र उत्पादनको मूल्य पाएका छैनन्, युवाहरूले रोजगार पाएका छैनन् भन्नुभयो ।
बाँके क्षेत्र नं ३ बाट नेमकिपाका उम्मेदवार भूमि महतराले कामदारवर्गका महिलाहरू एकजुट नहुँदासम्म मुक्ति पाउन सकिँंदैन भन्नुभयो ।
नेमकिपा बाँके जिल्ला सदस्य शेरबहादुर शाहीले नेमकिपाबाट जितेका जनप्रतिनिधिहरूले देश र जनताप्रति इमानदारीपूर्वक सेवा गरिरहेका छन् भन्नुभयो ।
नेमकिपा बाँके सल्लाहकार समिति सदस्य अन्जिरबहादुर शाहीले हरेक पटक निर्वाचनमा ठुला र शासक दलहरूले जनतालाई झुक्याएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ बाँकेका अध्यक्ष वीरबहादुर चौधरीले निर्वाचन पनि समाजवादी गणतन्त्र प्रचार अभियान हो भन्नुभयो ।
यसअघि नेपाल मजदुर किसान पार्टीले मङ्गलबार बाँके क्षेत्र नं २, नेपालगञ्ज बजारका विभिन्न चोकमा कोणसभा सम्पन्न गर्यो । नेपालगञ्जको पुष्पलाल चोक, धम्बोजी चोक, त्रिवेणी चोक र भेरी अस्पताल चोकमा कोणसभा गरिएका हुन् ।
कोणसभामा नेमकिपा लुम्बिनीका संयोजक हरिसुन्दर बासीले संसद्को काम प्रधानमन्त्री मात्र बनाउने होइन, ऐन कानुन बनाउने हो भन्नुभयो । नेमकिपाले संसद्मा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै देश र जनताको हितविपरीत ऐन कानुन बनाउने र सन्धि सम्झौता गर्ने शासक दलहरूलाई खबरदारी गरिरहेको बताउँदै संयोजक बासीले सशक्त प्रतिपक्षले मात्र प्रजातन्त्रलाई जीवन्त राख्न सक्छ भन्नुभयो ।
नेमकिपा लुम्बिनी प्रदेश समिति सदस्य एवम् समानुपातिक उम्मेदवार नारायणी चौधरीले शिक्षा र स्वास्थ्य निःशुल्क व्यवस्था गराउन सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।
कोणसभामा नेमकिपा बाँकेका अध्यक्ष शेरबहादुर विक, उपाध्यक्ष एवम् समानुपातिक उम्मेदवार गौरीकान्त आचार्य, क्षेत्र नं १ का उम्मेदवार सुर्जा थापा, क्षेत्र नं २ का उम्मेदवार प्रकाश शाह, क्षेत्र नं ३ का उम्मेदवार भूमि महतरा, अन्जिरबहादुर शाही, धनबहादुर सिजापति र वीरबहादुर चौधरीले देशको सार्वभौमसत्ता जोगाउन सही उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *