्जखाङकी नाची
- फाल्गुन १४, २०८२
आधुनिक सामाजिक प्रजातन्त्र त पुँजीवादी दृष्टिकोण र सामाजिक सिद्धान्तप्रतिको अवधारणामा आधारित भएको हुन्छ । यसले सामाजिक जीवनमा असीमित स्वतन्त्रता र अनियन्त्रित बजारको प्रतिस्पर्धाको वकालत गर्छ । यो भनेको त समाजवादी समाजमा जैविक संसारमा विद्यमान स्वयंस्फूर्त र अस्तित्वको लागि सङ्घर्ष गर्नुपर्ने नियमहरू लागू गरिनुपर्छ भन्ने हो । सारमा भन्नुपर्दा, यो त जङ्गली न्याय, पुँजीवादी समाजको न्याय र नियन्त्रणबिनाको कार्यतर्फ लक्षित प्रतिक्रियावादी दृष्टिकोण र धारणा हो ।
आधुनिक सामाजिक प्रजातन्त्रले मान्छेप्रतिको दृष्टिकोण र अभिवृत्तिलाई केन्द्रित गरेर आफ्नो प्रतिक्रियावादी स्वरूप प्रकट गर्यो ।
यसले मान्छेलाई भौतिक सामग्रीहरू उत्पादन गर्ने आवश्यक साधनको रूपमा लिन्छ । मान्छेको लागि भौतिक सामग्रीहरूको आवश्यकता पर्छ, भौतिक सामग्री उत्पादनको लागि मान्छे बाँच्दैन । यदि विकसित यन्त्रले मान्छेको सेवा गर्दैन भने त्यो त एउटा मूल्यहीन बेकारका फलामको टुक्राबाहेक अरू केही होइन । त्यसो भए तापनि, केही मान्छेहरू भौतिक वस्तुहरूको उत्पादनमा मान्छेको आधारभूत अधिकारलाई कुल्चन हिच्किच्याउँदैनन् ।
साधारण तथ्यबाट के स्पष्ट पार्न सकिन्छ भने तिनीहरूले परिश्रमको चाहनालाई बढावा दिन (जगाउन) बेरोजगारको प्रयोगलाई दबाब दिने साधनको रूपमा प्रयोग गर्नुपर्छ भनी वकालत गर्छन् । श्रमको अधिकार मान्छेको आधारभूत अधिकार हो । श्रमिक जनसमुदायलाई श्रम अधिकारबाट पनि अलग्याउने समाजवाद त मानवीय र प्रजातान्त्रिक समाजवाद हुनै सक्दैन । श्रमिक जन समुदायको श्रम अधिकारलाई निर्ममतापूर्वक दमन गर्नु त शोषणयुक्त समाजमा अन्तर्निहित आभास हो । पुँजीपतिहरूले मान्छेलाई यन्त्रको कुनै एउटा पुर्जा र लाभदायक वस्तुको रूपमा लिन्छन् । पुँजीपतिहरूको लागि फाइदा दिन सकेको अवस्थामा मात्र श्रमिक जनता अर्थपूर्ण हुन्छन् । आधुनिक सामाजिक प्रजातन्त्र र पुँजीवादीहरू दुवैको दृष्टिकोण पैसा र वस्तुको आधारमा मान्छेको मूल्य तोक्छन् ।
आधुनिक सामाजिक प्रजातन्त्रले स्वाधीनताको विचारधारात्मक चेतना भएको प्राणीको रूपमा नभइकन व्यक्तिहरूको भौतिक इच्छा परिपूर्ति गर्ने प्राणीको रूपमा लिन्छ । केही मान्छेहरूले के दावा गर्छन् भने व्यक्तिको लागि भौतिक प्रेरणा नै सम्पूर्ण हो भन्ने कुरोमा अड्डी लिएर मानव सम्बन्धका सबै रूपहरू सामान र पैसामा फेरिनुपर्छ । मान्छेलाई एउटा साधनको रूपमा लिई मान्छेलाई भौतिक चाहनामात्र खोज्ने प्राणी भन्नु गलत दृष्टिकोण हो ।
आधुनिक सामाजिक प्रजातन्त्रले मान्छेलाई श्रृजनशील क्षमताले ओतप्रोत भएको शक्तिशाली प्राणीको रूपमा नलिइकन भौतिक र आर्थिक अवस्थाबाट थिचिएको प्राणीको रूपमा लिन्छ । यही दृष्टिकोणबाट प्रस्थान गर्दै केही मान्छेहरूले जनतालाई शक्तिशाली प्राणी बनाउन र तिनीहरूको श्रृजनशीलतालाई अघि बढाउन तिनीहरूलाई प्रशिक्षित गर्ने कार्य नगरी वस्तुगत परिस्थितिमा सामाजिक विकासको आधार पत्ता लगाउन कोसिस गर्छन् र यसरी आर्थिक बन्दोबस्तलाई पुनःसंरचना गरिरहेका छन् ।
सामाजिक इतिहास सम्बन्धमा आधुनिक प्रजातन्त्रवादीहरूको दृष्टिकोण र अभिप्राय पुँजीवादी दृष्टिकोण र अभिप्राय नै हो । त्यसअनुसार, आधुनिक सामाजिक प्रजातन्त्रको बाटो समाजवादी प्रजातन्त्रको बाटो हुँदै होइन, यसको बाटो पुँजीवादी बाटोबाहेक अरू केही होइन ।
आधुनिक सामाजिक प्रजातन्त्र त पुँजीवादी भ्रमको उपज हो । विकसित पुँजीवादी देशहरूको ‘भौतिक समृद्धि’ को भ्रमबाट बाहिर निस्केर हेर्दा केही मान्छेहरू यसबाट पथभ्रष्ट भएका छन् र क्रान्तिकारी सिद्धान्तलाई परित्याग गर्दै छन् । यदि कसैले विकसित पुँजीवादी देशहरूको र समाजवादी देश र त्यसका चरित्रहरू सम्बन्धमा अनुभव गरिएका ऐतिहासिक स्थितिको विश्लेषण गर्छ भने ऊ कहिल्यै त्यस्तो मूर्खतापूर्ण भ्रममा पर्नेछैन । विकसित पुँजीवादी देशहरू पहिल्यैबाटै पुँजीवादी विकासको बाटोमा प्रवेश गरिसकेको बेला समाजवादी देशहरू कि आर्थिक विकासको स्तर कम भएको अवस्थामा थिए कि औपनिवेशिक अवस्थामा थिए । विकसित पुँजीवादी देशहरूले मजदुरवर्ग र तेस्रो विश्वका नव–औपनिवेशिक देशहरू माथिको नव–औपनिवेशिक लूटबाट ‘भौतिक समृद्धि’ प्राप्त गरेका थिए । जे भए पनि समाजवादी देशहरूले त शोषण र डकैती गरेर धन आर्जन गर्ने कुरै भएन । समाजवादी देशहरूमा अतुलनीय रूपले आर्थिक विकासमा लाभ भएको छ, यद्यपि विकसित पुँजीवादी देशहरूको तुलनामा भौतिक जीवनको क्षेत्रमा अपेक्षाकृत अझै पछि परेका छन् । यदि कसैले विकसित पुँजीवादी देशहरूको र समाजवादी देशहरूबिचको विशेषता सम्बन्धमा वर्तमान आर्थिक विकासको तहलाई मात्र ध्यान दिन्छ भने उसले सही ढङ्गले समाजवाद र पुँजीवादबिचको भिन्नतालाई छुट्याउन सक्दैन । त्यसो भए तापनि, अझै केही मान्छेहरू पुँजीवादी समाजको भ्रममा परेर पुँजीवादी सामानको विलासिताको रूपलाई मात्र हेर्छन् । त्यहाँ विद्यमान शोषणयुक्त स्वभाव र भ्रष्टता, बेरोजगार मगन्तेहरू, आमा बाबुबाट परित्याग गरिएका सडक सडकमा भौतारिरहेका सडक बालकहरूलाई नहेरिकन तिनीहरूले धनाढ्यहरूको असाधारण चाहनालाई पूरा गर्ने विलासिताका सामान र झिलिमिलीहरू मात्र देख्छन् ।
आधुनिक सामाजिक प्रजातन्त्र त साम्राज्यवादप्रति आत्मसमर्पणको उपज हो । एकातिर, साम्राज्यवादीहरूले समाजवादी देशहरू माथि आणविक हतियारको धम्की दिइरहेका छन् भने अर्कोतिर पैसाको लोभ देखाइरहेका छन् । यस्तो दबाबमा टिक्न नसकेर अनि लोभमा फसेर केही मान्छेहरूले एकपछि अर्को पाइला गर्दै झुक्दै गए र अन्तमा समाजवादी सिद्धान्तलाई परित्याग गर्ने र पुँजीवादी बाटो लिने साम्राज्यवादीहरूको मागलाई स्वीकार्न पुगे । तिनीहरूले दावा गर्ने गरेको ‘विचारको नयाँ तरिका’ त साम्राज्यवादीहरूको अगाडि आफै निःशस्त्र भई तिनीहरूको चाहनालाई पूरा गर्न समाजवादलाई पुनःसंरचना गर्ने नाममा साम्राज्यवादलाई सिङ्गार्न लक्षित प्रतिक्रियावादी कुतर्क हो ।
समाजवादलाई पुँजीवादमा लाने शान्तिपूर्ण सङ्क्रमणको बाटो खोलेर सबैखाले पूर्व अवसरवादीहरूजस्तै आधुनिक सामाजिक प्रजातन्त्रवादीहरू पनि अवश्यमेव असफल हुनेछन् । केही केही देशहरूमा खतरनाक धारको रूपमा रहेको यो प्रतिक्रियावादी कुतर्कलाई फैलाए तापनि असफल हुन्छ नै । अन्तर्राष्ट्रिय धारको विचारधाराको रूपमा दोस्रो अन्तर्राष्ट्रमा देखापरेको संशोधनवाद दोस्रो अन्तर्राष्ट्रवादसँग आबद्ध सबै देशहरूमा फैलिएर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ठुलठुला विपत्ति र अस्थायी हार ल्याइदिए । त्यस्तो भए तापनि अन्तमा यो टाट पल्ट्यो ।
आधुनिक सामाजिक प्रजातन्त्र लागू गरिएको देशहरूमा सामाजिक जीवनका सबै क्षेत्रहरूमा सुरूदेखि नै अन्योल छाइरहेको छ । ‘प्रजातन्त्र’ र ‘बहुदलीय व्यवस्था’ ले राजनीतिक जीवनलाई प्रतिक्रियावादी बनाउँदै छ । तिनीहरूले सामाजिक जीवनलाई प्रजातान्त्रिक बनाउन सकेका छैनन् । पार्टीभित्र घुसपैठ गरी राजनीतिक पार्टी र सङ्गठनहरूको हितमा एक सिन्को नभाँचेकाहरूले जनमतलाई गलत दिशातर्फ मोड्दै संसद् र सरकारको बागडोर हत्याएर ‘राजनीतिक बहुलवाद’ को जामा लगाएर समाजवादको विरोधमा टाउको उठाएका द्वैधचरित्र बोकेकाहरूले मजदुर वर्गीय पार्टीलाई ध्वस्त पार्दै छन् । आधुनिक सामाजिक प्रजातन्त्रले राष्ट्र र क्षेत्रबिच झगडा र द्वन्द्व चर्काउँदै समाजलाई चिरा चिरा पार्दै छन् । तिनीहरूले लागू गरेको पुँजीवादी बजार अर्थतन्त्रबाट उत्पादन घट्दै छ, महँगी आकासिँदै छ, बेरोजगार, धनी र गरिबबिचको खाडल झन् फराकिलो हुँदै छ । परिणामस्वरूप, अधिकांश जनताको जीवन झन् झन् कष्टकर बन्दै छ । ‘ग्लास्नोट र ‘पेरेस्ट्रोइका’ प्रारम्भसँगै पुँजीवादी उदारवादले विभिन्न किसिमका अपराध र पतोन्मुख पुँजीवादी जीवनशैली निम्त्याइरहेको छ । अनैतिकता र दुष्टताको ताण्डव नृत्य देख्न सकिन्छ । यो सब आधुनिक सामाजिक प्रजातन्त्रले तय गरेको ‘पेरेस्ट्रोइका’ र ‘सुधारका नीतिहरू’ को दुष्परिणाम हो ।
वास्तविकता निर्मम परीक्षाको घडी हो । आधुनिक सामाजिक प्रजातन्त्रबाट कृत्रिम रूपले सृजित सङ्कट सामाजिक प्रजातन्त्रको जामा पहिरिएर समाजवादलाई पुँजीवादमा फेर्ने कुनै पनि कुत्सित योजनाले पूर्ण टाटपल्टाइलाई छोप्न सक्ने कुरोलाई स्पष्ट रूपले देखाउँछ । जनतालाई मिठो मिठो शब्द जालमा फसाउने र समाजवादी आजु, जनताको पसिना र रगतको मूल्यमा प्राप्त उपलब्धिलाई अस्वीकार गर्ने र समाजवादी इतिहासको बदनाम गर्ने आधुनिक सामाजिक प्रजातन्त्रको प्रतिक्रान्तिकारी स्वरूप पूर्ण रूपले उदाङ्गो हुँदै छ । आधुनिक सामाजिक प्रजातन्त्रबाट लोभमा फसाइएका जनता यसको वास्तविक रूपबाट सचेत हुँदै छन् । तिनीहरूले यसलाई सराप्नसम्म सराप्दै छन् । सच्चा क्रान्तिकारीहरूले, समाजवादी देशका जनता र विश्वभरिका प्रगतिशील जनताले आधुनिक सामाजिक प्रजातन्त्रको विरोध गर्दै छन् ।
आधुनिक सामाजिक प्रजातन्त्रलाई साम्राज्यवादीहरूले साथ दिए तापनि यसले समाजवादी आजुको रूपमा रहेको जनताको स्वाधीनताको आजुलाई घात गर्दै ठुलठुला क्षति व्यहोर्दै छ । समाजवाद अनेकन कष्ट (बाधा–व्यवधान) झेल्दै निरन्तर विजय पथमा लम्कनेछ । जनताको स्वाधीनता र समाजवादतर्फ अघि बढ्ने इच्छालाई कुनै पनि शक्तिले रोक्न सक्दैन । समाजवाद कसैको आविष्कार होइन, यो मानवताको इच्छा र आकाङ्क्षा हो । मानव समाज समाजवादतर्फ अघि बढ्नु समाज विकासको नियम हो । जनताले सदियौँ सदियौँदेखि शोषण र दमनबाट मुक्त प्रत्येकले समान रूपले समृद्ध जीवनयापन गर्न पाउने नयाँ समाज इच्छा गर्दै आएका छन् र समय बित्दै गएपछि जनताको यो इच्छा झन् तीव्र हुँदै छ । जहाँ शोषण र दमन हुन्छ त्यहाँ सदैव प्रतिरोध हुन्छ नै । पुँजीवादले आर्थिक विकास गर्न सके तापनि स्वाधीन र समान जीवन यापन गर्ने जन–समुदायको इच्छालाई पूरा गर्न सक्दैन ।
धन–सम्पत्तिको वृद्धिले शोषण र दमनविरूद्धको मजदुरवर्गको प्रतिरोध निस्तेज हुन्छ भन्ने कुरो सही होइन । मानव जातिले सिर्जना गरेको भौतिक धन–सम्पत्ति इतिहाससँगै वृद्धि भएको, तर शोषण र दमनविरूद्धको जनताको सङ्घर्ष तीव्र भएको छ । यो त ‘धनी झन् धनी हुने र गरिब झन् गरिब हुने शोषणयुक्त समाजको अपरिहार्य प्रतिफल हो । पुँजीवादको ‘भौतिक समृद्धि’ ले साम्राज्यवाद र पुँजीवादको निम्ति सीमाहीन राजनीतिक र आर्थिक सङ्कट निम्त्याएर धनी र गरिबबिचको अन्तरविरोधलाई चर्काउँछ । यदि साम्राज्यवादी र यसका पिछलग्गूहरूले ‘समाजवादलाई पुँजीवादमा शान्तिपूर्ण सङ्क्रमण’ को प्रयत्नलाई निरन्तरता दिने कार्यलाई बल पु¥याउँछ भने तिनीहरूले जनताको अझ चर्को प्रतिरोधको सामना गर्नुपर्नेछ ।
आजका जनता त समाजवादको इच्छा गर्ने र सिद्धान्तबाट समाजवादलाई बुझ्ने हिजोका जनताजस्तै होइनन्, शोषण र दमनबाट मुक्त समाजवादी समाजको उपलब्धिपूर्ण/लाभदायक व्यावहारिक जीवनको अनुभव गरेका जनता हुन् । समय बित्दै गएपछि बिउँझेका सच्चा क्रान्तिकारी र जनताले साम्राज्यवादी र तिनीहरूका पिछलग्गूहरूको संयन्त्रलाई स्वीकार गर्ने छैनन् । जनताले तिनीहरूको भत्र्सना गर्दै तिनीहरूको विरोधमा सक्रिय सङ्घर्षको थालनी गर्नेछन् । सच्चा क्रान्तिकारी जनता साम्राज्यवादी र तिनीहरूका पिछलग्गूहरूको संयन्त्रविरूद्धको सङ्घर्षमा क्रान्तिकारी सिद्धान्तलाई कायमै राख्ने देशहरू समाजवादी बाटोबाट निरन्तर अघि बढेको हेर्न जनताले हामीबाट धेरै कुरा अपेक्षा गर्छन् र हामीलाई विश्वास गर्छन् किनभने जुछे विचारधाराको फर्कराइरहेको झन्डामुनि क्रान्तिकारी आजुको निरन्तरतालाई सुनिश्चित गरेर हामीले जनतामा केन्द्रित समाजवाद निर्माण गछौँ र हामीले पूर्ण रूपमा समाजवादको लाभ प्राप्त गर्ने कुरामा इमानदारीपूर्वक आशा गछौँ ।
निकै सफल हाम्रो आफ्नो ढङ्गको समाजवाद हाम्रो काँधमा सुम्पेको आदर्शमय ऐतिहासिक अभिभारा त हाम्रो मातृभूमिको सम्पन्नता र हाम्रो जनताको सुखको लागि मात्र नभइकन समाजवादी आजुको रूपमा रहेको स्वाधीन मानवताको आजुको अन्तिम विजयको निम्ति पनि हो । यस कुरालाई मनमा राखेर, हाम्रो आफ्नै ढङ्गको समाजवादको विचारधारात्मक जगको रूपमा रहेको जुछे विचारधाराबाट हामी आफै पूर्ण रूपले सुसज्जित हुनुपर्छ र क्रान्ति र निर्माणलाई अझ सशक्त ढङ्गले अघि बढाउन यसलाई पूर्ण रूपले नयाँ ढङ्गले लागू गर्नुपर्छ ।
‘‘On Some Problems of the Ideological Foundation of Socialism’ बाट भावानुवाद गरिएको
स्रोत : किम जङ इलका दुई रचना
समाप्त
Leave a Reply