भर्खरै :

ल्हासाको भ्रमण

  • फाल्गुन १३, २०८२
  • अन्ना लुइस स्ट्रङ
  • विचार
ल्हासाको भ्रमण

(पश्चिमी सञ्चारमाध्यमहरूमा तिब्बतसम्बन्धी विषयलाई निकै गलत ढङ्गले प्रचार हुँदै आएको छ । ‘चीनले स्वतन्त्र तिब्बतमाथि कब्जा जमाएको’, ‘चिनियाँ जनमुक्ति सेनाले तिब्बतीहरूमाथि दुव्र्यवहार गरेको’, ‘तिब्बती जनताका नेता दलाइ लामालाई पदच्युत गरेको’ जस्ता समाचार उनीहरू प्रचार गर्छन् । के साँच्चै ‘स्वतन्त्र’ तिब्बतमाथि चीनले कब्जा जमाएको हो ? तिब्बती स्वर्गलाई जनमुक्ति सेनाले नर्क बनाएको हो ? जनताको शासनविरुद्ध असफल विद्रोह गरेर दलाइ लामा भागेका हुन् कि उनलाई पदच्युत गरिएको हो ? आदि प्रश्नका विस्तृत उत्तर प्रसिद्ध अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रङको पुस्तकWhen Serfs Stood Up in Tibet’ मा पाउन सकिन्छ । यो पुस्तक सन् १९६० मा प्रकाशित भएको हो ।)
हाम्रो पहिलो भ्रमण दलाइ लामाको ग्रिष्म दरबार (Summar Palace) ‘रत्न बगैँचा’ मा भएको थियो । त्यहाँ उनका तीनवटा दरबारहरू थिए । उनी १९५४–५५ मा निर्माण गरिएका भव्य र सुन्दर नयाँ दरबार पोताला दरबारमा बस्दथे । अनुशासनहीन खम्पालगायत ३,००० विद्रोही सेना रत्न बगैँचामै बसेको हुँदा त्यो ठाउँ ठुलो थियो भन्ने स्पष्ट थियो ।
‘रत्न बगैँचा’ झण्डै आधा वर्ग माइलको घना जङ्गल हो । यसलाई चारैतिर उँचो पर्खालले घेरेको छ । विद्रोहीहरूले त्यही घना जङ्गलमा अड्डा जमाएका थिए र किल्लाबन्दी गरेका थिए । विद्रोहको बेला त्यस बगैँचाको धेरै पर्खाल भत्केको र फोहर थियो, पछि त्यसलाई मर्मत गरियो र हेर्दा ढोकैबाट झिलिक्क देखियो ।
पत्रकारहरूको टोलीलाई केटाकेटीहरूसँगै सयौँ जनताले फूलको गुच्छा दिएर स्वागत गरे । एउटी महिलाले मलाई बताइन्, “हामी राम्रो तिब्बत बनाउन कोसिस गर्दै छौँ । हामीसँग राम्रो व्यवहार होस् ।” रत्न बगैँचाको एक छेउमा दलाइ लामाको नयाँ दरबार थियो । पोताला दरबार आफैमा एउटा पश्चिमी विश्वको सपनाको दरबारजस्तै थियो । यो तेह्र तल्लाको भवन हो । ‘रत्न बगैँचा’ को भित्री श्रृङ्गार सुनबुट्टा र अन्य महँगो वस्तुले सिङ्गारिएको थियो । दलाइ लामा मार्चको पहिलो दिन नयाँ दरबार (पोताला) को १३ औँ तलामा सरेका थिए । त्यसको चौथो दिनमा विद्रोह सुरु भयो र सातौँ दिनमा विद्रोहीहरूले दलाइ लामालाई ‘रत्न बगैँचा’ ल्हासाबाट सायद सधैंका लागि बाहिर लगे ।
मैले त्यहाँ दलाइ लामाका ‘जाहेरीवाला’ जीवित बुद्ध जाल्टसोलिनलाई म सँगै बसेको देखें । सैनिक अधिकारी तन क्वान सान (Tan Kuan–San) को पहिलो पत्र दलाइ लामालाई दिन जाँदा उनलाई विद्रोहीहरूले पक्रेर कारागार हालेका थिए । उनलाई विद्रोहीहरूले सँगै भारतमा लग्ने ठुलो प्रयास गरेका थिए तर उनले दलाइ लामाले मलाई यहाँ बसेर काम गर्ने जिम्मा सुम्पेको बताएपछि उनलाई त्यही छोडेर गए ।
दलाइ लामाले भारतबाट उनलाई कुनै सन्देश पठाएको छ कि भन्ने प्रश्न गर्दा उनले छैन भन्ने जवाफ दिए । उनलाई दलाइ लामा फर्कने आशा गर्नुभएको कि भन्ने प्रश्न गरेकोमा उनले भने, “विगतको दलाइ लामाका इच्छाहरूबाट उनी फर्कन चाहन्छन् । तर, उनी कठिन परिस्थितिमा छन् र त्यसबाट मुक्त हुन सक्छन्, सक्दैनन् स्पष्ट छैन ।”
मैले उनीसँग संसारका जनतालाई के सन्देश छ भनी सोधे ।
“संसारका सबै मानिसले शान्तिपूर्ण रूपमा बस्न पाउनुपर्छ र कोही पनि शोषित हुनुहुँदैन” उनले अरु देशका जनतालाई सन्देश दिए ।
‘तिब्बतमा मानिसहरू अरुलाई शोषण गर्नको निम्ति धर्मको प्रयोग गर्छन् । जीवित बुद्धहरू कसरी धेरै जग्गाजमिन, दासहरू र सम्पत्ति कमाउने भन्ने सोच्छन् । यो बुद्धको शिक्षा होइन । ठुला मठहरूमा, भिक्षुहरूले साना भिक्षुहरूलाई र माथिल्लो दर्जाका लामाहरूले तल्लो तहका लामाहरूलाई दबाउनु धर्मको स्वतन्त्रता होइन । पहिलेदेखि यस्तो कुरा मलाई मनपर्दैन । मैले थाहा पाएसम्म दलाइ लामा पनि यस्तो मनपराउँदैनन् । शोषणलाई निर्मूल गरेरमात्रै हामीले शाक्यमुनिको शिक्षाको पालना गर्न सक्छौँ । कम्युनिस्ट पार्टीका माध्यमबाट मात्रै मानिसहरूले धार्मिक स्वतन्त्रता प्राप्त गर्न सक्छन् ।
“अमेरिकी जनतालाई तिब्बती जनताले पूर्ण मुक्ति प्राप्त गरिसकेको र सुखको बाटोमा लम्किरहेको कुरा सुनाइदिनुहोला ।” उनले बताए ।
मैले जिवित बुद्धलाई तिब्बतमा मात्र होइन सबै ठाउँमा सत्तामा बसेका धनी मानिसहरूले जनतालाई दबाउनको निम्ति धर्मको प्रयोग गर्छन् तर सबै ठाउँमा जनताको सेवालाई नै धर्म मान्ने धार्मिक मानिस पनि हुने बताएँ ।
भोलिपल्ट हामीले एपेई गापो गावाङ (Ngapo Ngawang) लाई पोताला दरबारको ठीक उतापट्टिको तिब्बत स्वायत्त प्रदेश तदर्थ समितिको भवनमा भेट्न गयौँ ।
एपेई (Apei) स्वयम् एक खान्दानी र तिब्बतका महासचिव हुन् । उनको स्वामित्वमा ४,००० वर्ग किमि जग्गा र २,५०० दासहरू थिए । उनी वर्तमान सरकारका प्रमुख हुन् । त्यसबेलाको परिवर्तन ल्याउन उनले कस्तो भूमिका खेले र खान्दानीहरूको त्यसप्रति कस्तो धारणा छ भन्ने प्रश्नको जवाफमा उनले विगतको कासाग तिब्बती सरकारले १९५१ को सम्झौतालाई कसरी बाधा हाले भन्नेबारेमा विस्तृत रूपमा र उनी आफैलाई पनि कसरी परिवर्तन गर्दै छु भन्ने बताए ।
३० प्रतिशत खान्दानीहरू विद्रोहीहरूको विरुद्धमा केन्द्रीय सरकारको समर्थन गर्छन् । तिनीहरू ‘प्रगतिशील धारका छन्’ र दासप्रथा समाजको कुप्रथा भएको र तिब्बतको भविष्यको लागि दासप्रथा उन्मूलन गर्नुपर्ने धारणा राख्छन् । केन्द्रीय सरकारले खान्दानीहरूको सम्पत्तिलाई जफत गर्नुको सट्टा उपयुक्त मूल्य तिरेर किन्ने प्रस्ताव ल्याएबाट ‘प्रगतिशील खान्दानीहरू’ ले सुधारलाई सहयोग गरे । विद्रोहीहरूको जायजेथा जफत गरियो । यसको मतलब सबै श्री सम्पत्ति जफत गरिएको होइन । परिवारमा विद्रोहीको भागमा पर्ने सम्पत्तिमात्र जफत गरिएको हो ।
खान्दानीहरूसमेत सम्मिलित हालको स्थानीय सरकारले खान्दानीहरूलाई कति र कसरी क्षतिपूर्ति विमातका भू–दासहरू उठ्दा ३ दिने भन्नेबारेमा समितिमार्फत गृहकार्य गरिरहेको छ । केन्द्रीय सरकारले १० करोड अमेरिकी डलरभन्दा बढी रकम क्षतिपूर्ति कोषमा जम्मा गर्ने तयारी गरिरहेको छ ।
प्रगतिशील कुलीनहरूले जग्गाको तिरो वा कुत ब्याजदरमा ठुलो कटौती हुने सुधारको पहिलो चरणलाई स्वीकारे – यो वर्ष कुतदर बालीको २० प्रतिशत र ब्याजदर प्रतिवर्ष १२ प्रतिशतभन्दा बढी हुनेछैन । यसले खान्दानीहरूको कुल आम्दानीमा ठुलो कटौती गर्नेछ । तर यसलाई दुई तरिकाबाट सन्तुलन कायम गरिनेछ । पहिलो खान्दानीहरू कासागलाई तिर्दै आएको ठुलो कर र श्रम कर्तव्य (Labor duties) बाट मुक्त हुनेछन् भने दोस्रो तिनीहरू दासहरूमाथि गर्नुपर्ने खर्चको भारबाट मुक्त हुनेछन् । पहिलो सामन्ती सरकार धेरै जटिल, भ्रष्ट र खर्चिलो थियो । अब केन्द्रीय सरकारले सेना, सरकारी यातायात र तिब्बतको स्थानीय सरकारको प्रान्तीय स्तरहरूमा समेत खर्च गर्नेछ ।
योभन्दा पनि बढी पुरानो व्यवस्थामा खान्दानीहरूले आरामदायी जीवनका लागि बढी भड्किलो जिन्दगी बिताएको नभई तिनीहरूको समाजमा रहेको वर्गीय स्तरको कारण भएको हो । केही मानिसहरू तिनीहरूको सिको गर्छन् । अहिले प्रगतिशील खान्दानीहरू पनि साधारण जीवन जिउन थालेका छन् ।
शताब्दीयौँदेखि दासहरूले मात्र गर्ने कामका रूपमा छुट्याइँदै आएको शारीरिक श्रमको प्राचीन धारणालाई परिवर्तन गर्ने प्रयासहरू भएका छन् । ल्हासालाई सफा गर्ने, सिँचाइमा सुधार गर्ने, साझा उत्पादनका अन्य कामहरूमा आपसी साझेदारी र अगुवाइहरू भएका छन् । उच्च वर्गका सदस्यहरू र लामाहरूसमेतले यस्तो काममा हात बढाएका छन् । खान्दानीहरू चीनका अरु भागहरूमा प्रतिनिधिका रूपमा भ्रमण जाँदा त्यहाँ श्रमिकहरूको ठुलो सम्मान देखेपछि श्रमप्रतिको सामन्ती धारणा हट्दै गयो ।
खान्दानीहरूबाट सम्पत्ति लिने र पहिलेका दासहरूलाई दिने काम नयाँ किसान संघको जिम्मामा छिटै हुनेछ । क्षतिपूर्ति कसरी निर्धारण गर्ने हो भन्ने प्रश्न जटिल भएकाले यसको टुंगो लागिसकेको छैन । साधारणतया जग्गालाई अधिग्रहण गर्दा प्रतिएकड (acre) जग्गाले ६ वर्षमा गर्ने कुल आम्दानी बराबरको रकम दिइनेछ । (एक एकडको झण्डै १८ रोपनी हुन आउँछ ।) घरपालुवा जनावर र अरु सामग्रीहरू बजार मूल्यका आधारमा मूल्याङ्कन गरिनेछ । बजारमूल्य समान नहुनु समस्या हो । अर्को जटिलता कहाँ छ भने एउटा जमिनदारसँग धुप्रै स–साना जग्गाधनीहरू, विशेषगरी साइबा (Saiba) जस्ता भूदासहरू रहन्छन् । तिनीहरूको हितलाई समेत हिसाब गर्नुपर्ने हुन्छ ।
धेरैजसो खान्दानीहरू विशेषगरी अशिक्षित र प्रशासनिक काममा अनुभव नभएकाहरूका लागि क्षतिपूर्ति रकम जीवन धान्नका लागि अपर्याप्त हुनसक्छ ।
सुधारको कारणले कुनै पनि खान्दानीको जीवनस्तर नखस्कोस् भन्नाका लागि विशेष नीति ल्याएर त्यसलाई समायोजन गरिनेछ । सुधारको कारण तिनीहरूले सयौँ वा हजारौँ दासहरू गुमाउनेछन् तर नयाँ–नयाँ मेसिनहरू र आधुनिक उद्योगहरूबाट खान्दानीहरूले पहिले कहिल्यै नपाएका सुविधाहरू प्राप्त गरी सहज जीवन गुजार्नेछन् ।
१९५१ को सम्झौताका सर्तहरू पूरा गर्ने कार्यमा पहिलेको कासागले हरतरहले बाधा हालेको, तिब्बती सेनालाई जनमुक्ति सेनामा एकीकरण गर्न कुनै कदम नचालेको र प्रजातान्त्रिक सुधारका लागि पनि कुनै पहल नगरेको कुरा एपेईले बताए ।
१९५४ मा दलाइ लामा र पञ्चेन एर्डेनी ५०–६० जना तिब्बती अधिकारीहरूका साथमा चीन राष्ट्रिय जनसभामा भाग लिन जाँदा केही महिना पेचिङ भ्रमण गरेका थिए । त्यसैबेला तिब्बती सेनामा अनुशासनको अभाव रहेको, जनताको बोझ भएको अनुभव गरी तिनीहरूलाई पहिला शिक्षा दिएर जनमुक्ति सेनाको स्तरमा पु¥याउने र त्यसपछि जनमुक्ति सेनामा समायोजन गर्ने प्रस्ताव स्वयं दलाइ लामाको रोहवरमा तयारी समितिले पठाएको थियो । प्रस्तावमा चाम्दोलाई तिब्बतमा जोड्ने कुरा पनि थियो । त्यसलाई राष्ट्रियसभाले मान्यता दियो । कासागले धरौटीबिना नै आफ्नै पैसा छापेकाले सामानको मूल्य वृद्धि हुन गयो । त्यसैले पैसा छाप्ने काम बन्द गर्ने र सञ्चार भइसकेको पैसालाई ४० लाख चाँदीका डलर धरौटी राखेर फिर्ता लिने प्रस्ताव गरियो । उक्त रकम केन्द्रीय सरकारले तिर्नुपथ्र्यो । केन्द्रीय सरकारले पहिले नै कासागको सरकारी खर्चका लागि ७,००,००० चाँदीका डलर वार्षिक रूपमा दिएको थियो ।
तिब्बतका विभिन्न भागहरूबाट दलाइ लामाले चिठीपत्रहरू संलग्न गरेको आधारमा तिब्बतीहरूले यी सबै प्रस्ताव राखेका थिए र केन्द्रीय सरकारले उक्त प्रस्तावलाई स्वीकार्यो तर दलाइ लामा तिब्बत फर्केपछि कासागले यी सुधारहरूमा व्यवधान खडा गर्यो । तिब्बतीहरू स्वयंले गरेको प्रस्ताव भएकोले तिनीहरूले सीधै विरोध जनाएनन् तर भित्रभित्रै तल्लो तहका अधिकारीहरू र ठुला भिक्षुहरूलाई सकेन किनभने तिब्बतका अन्य भागका प्रतिनिधिहरू छनोटमा तिनीहरूको हात मुद्राको मूल्य झन्झन् घट्दै गयो । कासागले तयारी समितिको गठनलाई रोक्न बिएन । तर, तयारी समितिमा कासागका कुनै सदस्यले इमानदारीसाथ काम गरेमा उसलाई फिर्ता बोलाइन्थ्यो । तसर्थ, सङ्गठन गर्ने र तिब्बतलाई स्वायत्त प्रदेशका रूपमा विकास गर्ने काममा प्रगति हुनसकेन । त्यही बेला नै कासागले पेचिङबाट फर्केपछि सिचुआनमा १९५५ मा विद्रोह सुरु गर्यो ।
कारण कासागमा प्रायः सबैजसो र ठुलो मात्रामा प्रतिक्रियावादी दास मालिकहरूको हालीमुहाली थियो ।
एपेईले पहिले नै आफ्ना जायजेथामा सुधार सुरु गरे । उनले आफ्ना कर्मचारी र मातहतका जमिनदार र किसानहरूलाई बोलाएर सुधारका बारेमा बताए ।
सुधारको पहिलो चरणको मुख्य काम भनेको व्यक्तिगत चाकरहरू हटाउनु हो । त्यसैले एपेईले आफ्ना घरेलु तथा खेतमा काम गर्ने दासलाई स्वतन्त्रता दिए । तिनीहरूलाई मुक्त गर्दा आवश्यक घर, खाना, अन्नको बीउ र सामान पनि दिए । नानजाम दासहरूको आफ्नै घर थिएन, तिनीहरू गोठ, तबेला वा भान्छामा सुत्थे ।
दासप्रथालाई एकैबाजी हटाउन सकिंदैन भन्ने कुरा एपेईको कुराबाट थाहा हुन्छ । झन् हिंसाबिना नै सरकारले जमिनदारहरूको जग्गाजमिन र घरपालुवा जनावरहरू खरिद गरी भूदास तथा दासहरूलाई बाँड्नु र दासप्रथा हटाउनु एक जटिल प्रक्रिया थियो ।
एपेईका जहानले मलाई दिउँसोको खाजाको निम्ति बोलाइन् । १९५१ अघिसम्म श्रीमती एपेई कहिले पनि राजनीतिका बारेमा छलफल गर्दिनथिन् । राजनीति महिलाहरूको कामभित्र पर्दैनथ्यो । तिनको घरमा गुरु आउँथे तर तिनले कहिल्यै अक्षर पढिनन् । १९५१ को सम्झौताको वार्ता गर्नका लागि एपेईसँगै उनी पनि पेचिङ गएपछि उनको चेत खुल्यो । तिनले त्यहाँ कामदार जनताको राम्रो र सुखी जीवन देखिन् र तिब्बतमा थोरैले मात्र राम्रो जीवन बिताएको र बहुमतको जीवन दयनीय भएकोले तिब्बतीहरूको जीवन जिउने बाटो ठीक नभएको अनुभव गरिन् । त्यसपछि तिनले पढ्न सुरु गरिन् र १९५४ मा ‘देशभक्त महिलाहरूको तयारी समिति’ का संयोजक भइन् ।
चियापानमा संलग्न अर्का महिला श्रीमती लानड्युइ (Landui) ले पनि पहिलो पल्ट १९४७ मा आफ्ना छोराछोरीलाई विद्यालय भर्ना गर्न भारत पुग्दामात्रै दासप्रथाबाहेक पनि जीवन जिउने अर्को बाटो छ भन्ने थाहा पाइन् । तिनले तिब्बतको सो पछ्यौटे प्रणाली परिवर्तन गर्नुपर्ने महसुस गरिन् । १९५१ पछि तिनले चीन अझ बढी राम्रो भएको, सबै जातजाति र महिला र पुरुषमा समानता भएको देखिन् । तिनले त्यसपछि पढ्न सुरु गरिन् र ‘देशभक्त महिला’ हरूको गठनमा लागिन् ।
अर्का महिला श्रीमती सुइको (Tsuiko) ले पुरानो व्यवस्थामा महिलाहरूले पढ्न नपाउने, राजनीतिको छलफलमा भाग नलिने, कोही बिरामी भएमा राम्रो डाक्टर नपाउने समस्या रहेको, जग्गा जमिन राम्ररी प्रयोग नभई अस्तव्यस्त र उत्पादन न्यूनमात्र हुने कुरा बताइन् । १९५१ पछि हान कामरेडहरू ल्हासामा आएपछि तिनले पढ्ने मौका पाइन् र राजनैतिक चेतना जाग्यो ।
तिब्बत चीनको एउटा भाग हो अथवा ‘मुक्त’ क्षेत्र हो भन्ने मेरो प्रश्नको उत्तरमा ती महिलाहरूले १९५१ अगाडिसम्म आफूहरूले कहिल्यै राजनैतिक छलफलमा भाग नलिएको, थाहा नभएको र १९५१ पछि ‘इतिहास पढेपछि तिब्बत सदासर्वदादेखि मातृभूमिसित जोडिएको’ थाहा पाएको बताए । सबै जनजातिहरू समान रहेको कुरा जानेको बताए । ‘यदि तिब्बत चीनको एउटा भाग नभएको भए एसियाका अन्य स–साना देशहरूजस्तै यो पनि साम्राज्यवादको दास राज्य हुन्थ्यो ।’
“तिब्बत ‘मुक्ति’ को कुरा गर्ने मानिसहरू कुनै न कुनै विदेशी तत्वहरूसित जोडिएकै हुन्छन् । किन यति धेरै बेलायती र अमेरिकी लेखकहरू ‘तिब्बतको मुक्ति’ लाई चासो दिन्छन् । तिनीहरू तिब्बतीहरूको हितका लागि अथवा तिनीहरूको आफ्नै भलाइका लागि यसो गरिरहेका छन् ? हामीले बुझेको यही हो ।” श्रीमती लानड्यूले दृढतापूर्वक भनिन् ।
यी महिलाहरू नयाँ समाजको निर्माणप्रति कति धेरै सचेत थिए । नयाँ भविष्यप्रति, आफू र आफ्ना सन्तानको भलाइका निम्ति हुने परिवर्तनप्रति तिनीहरू आशावादी थिए । पेचिङसितको आठ वर्षको सम्पर्कले तिब्बतीहरू र तिब्बतमा परिवर्तन ल्याउन सहज भएको थियो ।
– स्रोत : तिब्बतका भूदासहरू उठ्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *