इरान–अमेरिका वार्ता निष्कर्षविहीन
- चैत्र २९, २०८२
(पश्चिमी सञ्चारमाध्यमहरूमा तिब्बतसम्बन्धी विषयलाई निकै गलत ढङ्गले प्रचार हुँदै आएको छ । ‘चीनले स्वतन्त्र तिब्बतमाथि कब्जा जमाएको’, ‘चिनियाँ जनमुक्ति सेनाले तिब्बतीहरूमाथि दुव्र्यवहार गरेको’, ‘तिब्बती जनताका नेता दलाइ लामालाई पदच्युत गरेको’ जस्ता समाचार उनीहरू प्रचार गर्छन् । के साँच्चै ‘स्वतन्त्र’ तिब्बतमाथि चीनले कब्जा जमाएको हो ? तिब्बती स्वर्गलाई जनमुक्ति सेनाले नर्क बनाएको हो ? जनताको शासनविरुद्ध असफल विद्रोह गरेर दलाइ लामा भागेका हुन् कि उनलाई पदच्युत गरिएको हो ? आदि प्रश्नका विस्तृत उत्तर प्रसिद्ध अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रङको पुस्तक ‘When Serfs Stood Up in Tibet’ मा पाउन सकिन्छ । यो पुस्तक सन् १९६० मा प्रकाशित भएको हो ।)
धेरै पहिलेदेखि मैले चिनेकी तिब्बती युवती लाची (Lachi) लाई भेट्ने इच्छा थियो । तिनी चाम्दोका भूतपूर्व दास थिइन् । १३ वर्षको उमेरमै तिनी जनमुक्ति सेनामा गइन् र ल्हासाका कुनाकाप्चासम्म पुगिन् । पछि तिनलाई पढ्नका लागि पेचिङको राष्ट्रिय अल्पसङ्ख्यक जातीय संस्थान (Institute of National Minorities) मा पठाइयो ।
तिनीलाई पेचिङको रेल बिसौनीमा २२ वर्षे स्नातक गरेकी युवती र तिब्बतमा फर्कने पहिलो समूहमा सामेल हुने थाहा पाउँदा गौरव महसुस गरेकी केटीका रूपमा चिन्ने मौका पाएकी थिएँ । ‘तिब्बतको पुनर्जन्मका लागि, मेरा आफ्ना जनताका लागि, म जे पनि गर्न तयार छु’ – लाचीले भनेकी थिइन् । मैले ल्हासामा उनको धेरै खोजीनीति गरेँ । तर, कसैले पनि तिनको नाम सुनेका रहेनछन् ।
त्यसपछि अचानक तिनले मलाई भेटाइन् । ल्हासाको पत्रिकामा तिब्बत भ्रमणमा आएका विदेशी प्रतिनिधिहरू र लेखकहरूको नामावलीमा तिनले मेरो नाम पनि देखिछिन् । तिनले ‘कार्य समिति’ (Working team) को सदस्यका रूपमा आफू जोखाङ (Jokhang Monostery) मठमा काम गरिरहेको खबर पठाइन् । त्यहाँ तिनको नाम ‘लाची’ हैन ‘नाची’ (Nachi) रहेछ ।
म नाचीको कामको अध्ययन गर्न र तिब्बतको पवित्र ठाउँको व्यक्तिगत भ्रमण गर्न जोखाङमा तिनलाई भेट्न गएँ ।
जोखाङ मन्दिर र मठ दुवै हो । यसको भवन ठुलो र भव्य छ तर यसलाई पूरै देख्न सकिने ठाउँ छैन । त्यसो त तिब्बतमा प्राचीन वास्तुशास्त्रको राम्रो संयोजन देख्न सकिन्छ । मन्दिरभित्रको चोक ठुल्ठुला उच्च पर्खालका कारणले दिउँसै पनि अध्याँरो देखिन्छ । आहारा वा चारा खोज्न सयौँ खैरा–बैजनी परेवाहरू आउनाले चोक फोहर देखिन्छ ।
मन्दिर जाने भित्री चोकमा म नाचीलाई कुरिरहेँ । नाचीले दुईजना लामा, ४३ वर्षीय ङावाङ मिजु (Ngawang Miju) र २४ वर्षीय सुकिलो र फूर्तिलो नौजवान लोवसाङ टेले (Lobsang Tele) सित मेरो चिनापर्ची गराइन् ।
ङावाङ मिजु ‘विद्रोह दबाउने जोखाङ समिति’ (Jokhang Committee for quelling Rebellion) का अध्यक्ष हुन् । ९ वर्षको उमेरमा मठमा ल्याइएका उनी ३४ वर्ष भिक्षु भइसकेका छन् । उनी जोखाङमा आउँदा ९ वर्ष पनि भएका थिएनन् । उनी अशिक्षित थिए । तीन वर्षसम्म पढेर उनले धर्मशास्त्र पढ्न त जाने, तर माथिल्ला लामाहरूको सेवामै उनको दिन बित्यो र उनले सिकेको परम्परागत तिब्बती भाषा पछि प्रचलनमा रहेन । त्यसैले उनलाई पत्रिका पनि पढ्न आउँदैनथ्यो । उनी धार्मिक गतिविधि वा कामबाहेक आत्मनिर्भर हुने कामहरू व्यापार गर्न, सिलाइ सिक्न चाहन्थे† पढ्न लेख्न चाहन्थे । जीवन जिउने अन्य बाटो नभएकैले उनी मठमा बसिरहेका थिए ।
जोशिला र शोषणको थुप्रै कथा सँगालेका लोबसाङ टेले नौ वर्षको उमेरमा मठमा आएका थिए । उनी दास परिवार, ड्युचुन (Duichun) परिवारबाट आएका थिए । उनले माथिल्ला लामाहरूबाट हजारौँ पल्ट कोर्रा खाइसकेका थिए । त्यसका दागहरू अझै पनि उनको टाउको, हात र पाखुराहरूमा बाँकी छन् । उनलाई सजाय दिने मालिक अहिले कैदी विद्रोहीको रूपमा जलविद्युत् परियोजनामा काम गरिरहेको छ ।
मठमा तिमीलाई कसैले दया गरेको छ कि भन्ने प्रश्नमा उनले बताए, “बुद्धले सबै जीवित प्राणीहरूलाई दया र माया गर्ने शिक्षा दिएका छन् । यस शिक्षालाई कसैले पनि पालना गरेनन् ।”
त्यस युवकले माथिल्लो दर्जाका लामाले तल्लो दर्जाका लामालाई दया गरेको कहिल्यै नदेखेको, माथिल्ला लामाले गरिब भोकाएका लामालाई खाना दिएको कहिल्यै नदेखेको र सर्वसाधारणलाई नराम्रो व्यवहार गर्ने गरेको बताए ।
उनले मठमा लामा भइरहन चाहेनन् । आफूले चाहेकी केटीसित बिहे गर्न उनी चाहन्थे । ‘कार्य समिति’ मा सो कुरा राखेपछि उनलाई ठुलो शिक्षा र दक्षता हासिल नगरेसम्म कुर्नका लागि सल्लाह दिइयो ।
ती दुवै लामाहरूले जोखाङमा भएको विद्रोहको बारेमा बताए । मठका प्रमुख मार्च १० मा तिब्बतलाई ‘मुक्त’ घोषणा गर्ने बैठकमा भाग लिन ‘रत्न बगैँचा’ गए । फर्कँदा उनका साथ नगरपालिका विभाग प्रमुख पनि थिए, तिनीहरूले लामाहरूलाई सैनिक लुगा लगाएर लड्न आदेश दिए । १३० लामाहरू जोखाङमा रहेकोमा १४ जना तिनका पछि लागे । प्रगतिशील जीवित बुद्ध पेबाला (Pebala) मारिएको र हानहरूले दलाइ लामालाई अपहरण गरेको हल्ला सबैतिर फैलियो ।
२० मार्चको दिन ५०० जना तिब्बती सिपाहीहरूले जोखाङमा शिविर खडा गरे । ढोका अगाडि सुरुङ खने र मठको माथिल्लो भागमा किल्ला गाडे । २१ मार्चको दिन त्यहीबाट सिपाहीहरूले जनमुक्ति सेनालाई हाने । २१ मार्चको मध्यरातमा तिब्बती सिपाहीहरू भाग्न थाले । भोलिपल्ट बिहान लामाहरूले आत्मसमर्पण गरे । जनमुक्ति सेनाले विद्रोही नेताहरूलाई पक्राउ गर्यो र नयाँ विद्युत् परियोजनाको काममा खटायो ।
लामाहरूका लागि कक्षा र बैठकहरू सञ्चालन गर्न ‘कार्य समिति’ बनायो । जोखाङमा सयजना जतिमात्रै लामाहरू बसोबास गर्ने भए पनि ‘कार्यसमिति’ ले झण्डै ७०० लामा र २८ वटा स–साना मठका लामासमेतलाई राजनैतिक प्रशिक्षण र निर्देशन दिने चाँजोपाँजो मिलायो । धेरैजसो लामाहरूले केही नबुझी माथिल्लो तहका लामाहरूको आदेशानुसार विद्रोहमा भाग लिएका थिए । अहिले लामाहरूले आपसी छलफलबाट तिनीहरूले विद्रोहमा भाग लिनुको कारण र माथिल्ला लामाहरूसितको सम्बन्धका बारेमा बुझे । तिनीहरू अन्य मठहरूमा भ्रमण जान्थे र ‘आलोचना सभाहरू’ मा भाग लिन्थे तथा भइरहेको प्रजातान्त्रिक सुधार, तिब्बती समाजमा रहेको दासप्रथासम्बन्धी माक्र्सवादी विचारधाराका बारेमा कम्युनिस्टहरूले व्यक्त गरेका विचारहरू सुन्थे । केही लामाहरू छिट्टै नै निर्णयमा पुगे । तर ‘कार्य समिति’ ले तिनीहरूलाई छलफलको अन्तसम्म सुनेपछि मात्र अन्तिम निर्णय गर्न आग्रह गथ्र्यो ।
ङावाङ मिजु (Ngawang Miju) ले मलाई मन्दिरभित्र देखाउन लगे ।
मन्दिरभित्र अँध्यारो थियो । त्यहाँ घ्यूबत्ती (घेर्वा) मात्र बलिरहेको थियो । नाचीको हात समातेर म अघि बढँे, मैले कहाँ खुट्टा राखेँ केही देखिदैनथ्यो । ङावाङ मिजुका अनुसार जोखाडभित्र ८०० पाउन्डभन्दा बढी घ्यू दैनिक रूपले बालिन्छ । त्यहाँ भित्रका पूजाकोठाहरू मुख्य मन्दिरभन्दा अझ बढी अँध्यारो भएकोले म त्यहाँ पसिनँ । जोखाङ मन्दिरमा ईस्वी संवत् ६४१ मा राजकुमारी वेन चेङले ल्हासामा ल्याएको ‘स्वनिर्मित’ बुद्धको मूर्ति छ ।
केही दिनपछि फुर्सदमा चिया खाँदै कुराकानी गर्न नाची मेरो कोठामा आइन् । मैले तिनलाई आफ्नो अनुभव सुनाउन भनेपछि तिनले हामी एकअर्कालाई बिदा गरेको पेचिङको रेल बिसौनीदेखिको कुरा सुरु गरिन् । तिनी सुधार कार्यक्रमलाई सहयोग गर्न ल्हासा जाने १५० जना भूदासहरूको समूह (अहिले स्नातक गरेको टोली) सँगै हिँडेकी थिइन् ।
‘चौथो दिनमा हामी कान्सु (Kansu) को शातुङ (Shatung) पुग्यौँ ।
त्यहाँदेखि रेलबाटो छोडेर बाँकी यात्रा ट्रकबाट गर्र्यौँ । हामीले ल्हासामा १७ दिनसम्म रमाइलो यात्रा गर्यौँ । सबैतिर आएको ठुलो परिवर्तन देखेर सबै निकै खुसी भयौँ । हामी हाम्रो मातृभूमि कति ठुलो छ र हानहरू कति कडा परिश्रम गर्छन् भन्ने सोच्दथ्यौँ । अहिले हामी तिब्बतीहरूले पनि ठुलो परिवर्तन ल्याउनु छ । राष्ट्रिय गीतमा जस्तै हामी देशभक्तिको अनुभव गरिरहेका छौँ र प्रजातान्त्रिक सुधारलाई मद्दत गर्न धेरै उत्साही छौँ । ‘नयाँ विद्यार्थी कामदारहरू तुरुन्तै काम थाल्न चाहन्थे तर तिनीहरूलाई उचाइमा घुलमिल हुन सात दिनको छट्टी दिइयो । सात दिनसम्म विभिन्न सरकारी विभागका नेताहरूले ती विद्यार्थीहरूसित भेटघाट गरे र गर्नुपर्ने विभिन्न कामहरूका बारेमा छलफल गरे । आठौँ दिनमा काम छुट्याइयो । नवौँ दिनमा स्वागत पार्टी राखियो । दसौँ दिनमा सबैजना आ–आफ्नो जिम्मेवारीअनुसार तिब्बतमा कोही लोकामा र कोही सिगात्सेमा लागे ।’
कम्युनिस्ट पार्टीको कार्य समितिले नाचीलाई एकीकृत मोर्चा (United Front Section) अन्तर्गत मठहरूमा काम गर्न बोलायो । तिनलाई जोखाङको ‘कार्य समिति’ मा नियुक्ति गरिएपछि तिनले धेरै दिनसम्म मठहरूको बारेमा अध्ययन र छलफलहरू गरिन् । त्यसपछि मात्रै तिनले जोखाङमा काम थालिन् ।
सुरु सुरुमा मलाई अलि डर लाग्थ्यो । बच्चादेखि नै ममा लामाहरू र मठहरूप्रति भिन्नै विचार थियो । लामाहरू पवित्र हुन्छन् र तिनीहरूसित विशेष शक्ति हुन्छ भन्ने म विश्वास गर्दथेँ । तर, अहिले मलाई असाध्यै दबाइएका लामाहरूको सहयोगको निम्ति खटाइएको छ । दोस्रो दिनदेखि लामाहरूसँग मेरो चिनापर्ची भएपछि ममा भएको डर हट्यो । मैले गरिब लामाहरूको गरिब जनताजस्तै नै दुःख भएको देखेँ । केही लामाहरू गरिबीकै कारण मठमा बसेका छन्, अरुहरू अनिवार्य श्रम सेवाबाट भाग्थे । केही भर्खरका लामाहरू भने मठहरूको मागअनुसार आमाबुबाले ल्याएर राखिएका हुन् । तिनीहरू सधैं मठको जीवन कठिन दास जीवनभन्दा राम्रो भएको सोच्दछन् । तर, तिनीहरूले पनि दासहरूले जस्तै नै माथिल्ला लामाहरूका लागि काम गर्नुपर्छ र खानाको लागि आफ्नै मठबाट पैसा सापटी लिनुपर्ने हुन्छ । तिनीहरूलाई दासहरूलाई जस्तै कोर्रा लगाइन्छ र यातना दिइन्छ । तिनीहरूको जिन्दगी मैले भोगेको समयको भन्दा राम्रो पक्कै थिएन ।
त्यसैले ती लामाहरूको मद्दतको निम्ति गर्नसक्ने जुन पनि काम गर्न म तयार छु । तिनीहरूमध्ये धेरैजना पहिले नै विद्रोही भइसकेका छन् । तिनीहरूको पछिपछि लागेका लामाहरूले माथिल्ला लामाहरूको आदेश पालना गर्न दुविधाका कारण विद्रोहीलाई साथ दिएका हुन् । तिनीहरूले मबाट शिक्षा र मद्दत पाउने आशा लिए । जोखाङमा लामाहरूसित चिनापर्ची गरेपछि नाचीले तिनीहरूलाई आफ्नो विगतको जिन्दगी र भोगेका शोषणहरूका बारेमा बताउन लगाए । बैठकका लागि उपयुक्त सामग्रीहरू भेटेपछि तिनीहरूले सामूहिक छलफलहरू र ‘आलोचना बैठकहरू’ समेत आयोजना गरे । त्यसमा शोषित–दलित लामाहरूले माथिल्ला क्रूर शोषक लामाहरूको आलोचना गर्दथे । यस्तो बैठकमा कसैलाई पनि भौतिक आक्रमण गरिँदैन । यसको लक्ष्य भनेको गरिब लामाहरूलाई तिनीहरूको शोषकहरू चिन्न लगाउनु हो । पहिले लामाहरूलाई तिनीहरूको दुःख तिनीहरूको कर्मको फल भएको र पहिलेको जन्ममा गरेको पापको फल भोग्नुपरेको, अर्को जन्ममा राम्रो फल भोग्न पाउने आशा राखेर अहिले काम गर्नुपर्ने बताइन्थ्यो । ती छलफलहरूले तिनीहरूलाई आफ्नो अहिलेको दुःखको मुख्य कारणहरू स्पष्ट पार्यो र यो नै परिवर्तनको बाटो हो ।
वास्तविक युद्धमा पक्राउ परेका लामाहरूलाई पहिले अरु ठाउँमा लगेर धुनिन्थ्यो । तिब्बती जनतालाई सहयोग गर्ने इच्छा जाहेर गर्ने कैदीहरूलाई ल्हासामा निर्माण परियोजनाहरूमा काममा खटाइन्छ । हजार जना कैदीहरू यसरी काम गरिरहेका छन् । तिनीहरूले खानाको अलावा सामान्य खर्च पनि पाउँछन् र समय–समयमा तिनीहरूलाई मुक्त गरिन्छ ।
लोबसाङ टेले एक धेरै डरलाग्दा विद्रोही भएको नाचीले बताइन् । उनी स्वेच्छाले विद्रोहमा लागेका थिए । जनमुक्ति सेनामात्र होइन सबै हानहरू र हानहरूलाई मद्दत गर्ने तिब्बतीहरू सबैलाई उनी मार्न चाहन्थे । सैनिक लडाइँमा पक्राउ परेपछि उनलाई विद्युत् परियोजनामा काम गर्न पठाइयो, त्यहाँ उनले आफ्नो भूपू मालिक पनि काम गर्दै गरेको थाहा पाएपछि एक्कासि उनको आस्थामा पूरै परिवर्तन आयो । उनीसँग नेतृत्व क्षमता प्रशस्त थियो । उनी त्यहाँका १०० जना कामदारहरूका प्रमुख भए । उनीसँग काम लाग्ने दक्षता र जोश छ । छोटो समयमा उनमा आएको ठुलो परिवर्तन र स्थिरता र तिनको बिहे गर्ने इच्छालाई ध्यान दिएर ‘कार्य समिति’ ले केही प्राविधिक दक्षता हासिल नगरेसम्म कुर्न सल्लाह दिएको थियो ।
नाचीका अनुसार कम्तीमा आधा लामाहरू मठ छोड्न चाहन्थे । तिनीहरूको कुनै भविष्य नभएकोले तिनीहरूलाई केही समय कुर्न र निर्णय गर्नुअगाडि अध्ययन गर्न जोड दिइएको थियो । ‘जुलाई १७ को प्रजातान्त्रिक सुधारको पुनः समाधानले लामाहरूलाई ‘नागरिक स्वतन्त्रता’ दियो । तथापि हाम्रो ‘कार्य समिति’ ले हत्तपत्त निर्णय नगरी समय लगाएर सोच्न, जोखाङ छोड्नुअगाडि नै राजनैतिक पाठहरू सिक्न र बिहे गर्नअघि रोजगारीको काम सिक्न सल्लाह दिन्छ ।
१३ जना लामाहरू तिनीहरूको इच्छाअनुसारै ल्हासा माध्यमिक विद्यालयमा पढ्न गए । तीमध्ये तीनजनाले बिहे गरिसके ।
जोखाङ बसाइँ अवधिभर कसैले प्रेम प्रस्ताव राख्यो कि भन्ने प्रश्नमा सैन्य नियन्त्रणमा कार्यरत रहेको र बच्चै बेलैदेखि चिनजान रहेको बताइन् । उनी जनमुक्ति सेनामा सेप्टेम्बरमा जोखाङको काम सकेपछि बिहे गर्नु उचित हुन्छ भन्ने साथीहरूको राय भए पनि तिनी पहिले भूमिसुधारका लागि काम गर्न चाहन्छिन् । “मठहरूमा भूमिसुधार व्यवस्थित नगरेमा भूमिसुधारमा ठुलो प्रभाव पर्नेछ । व्यक्तिगत रूपमै पनि पछि गएर मैले किसान र महिलाहरूबिचमै काम गर्नुपर्छ । जोखाङमा काम सिद्धिए पनि भूमिसुधार नसिद्धिएसम्मका लागि मलाई गाउँको कार्यमा खटाउने आशा लिएकी छु”– नाचीले भनिन् ।
नाचीसँगको भेटको बिचमा ल्हासाको दक्षिणमा म ‘बसोबास समिति’ (Inhabitants‘ Committee) हेर्न गएँ । पहिलेका नगरपालिका सरकार सामन्ती, भ्रष्टाचारी र विद्रोहीसितको साठगाँठ भएको हुँदा विघटन भयो । अस्थायी सैनिक मुख्यालयअन्तर्गत सहरका स्थानीय गन्यमान्य र अनुभवी व्यक्तिहरू राखेर नगरपालिका आयोग गठन गरियो । यसका उपप्रमुख सुइको (Tsuiko) प्रगतिशील खान्दानी हुन् र कासागका सचिव पनि हुन् । ३५,००० जनसङ्ख्या भएको ल्हासालाई उत्तर, दक्षिण, पूर्व र पश्चिम र थप दुईवटा उप–वडाहरूमा विभाजन गरियो ।
प्रत्येक सहरी वडाहरूमा ‘कार्य समिति’ ले काम गरिरह्यो । नाचीको समूहले लामाहरूको समिति बनाउन मद्दत गरेजस्तै जीवनस्तर उकास्ने उद्देश्यले वडाहरूमा ‘बसोबास समितिहरू’ बने । ल्हासा सहरमा यस्ता ‘बसोबास समितिहरू’ २७ वटा बने ।
दक्षिणको वडामा पत्रकार टोली ‘बसोबास समिति’ नं. ६ मा गयो । त्यसका अध्यक्ष पिन्टसो (Pintso) ले यसका सदस्यहरूलाई ‘बसोबास समिति’ ‘राज्य शक्ति’ (State power) होइन र कहिल्यै ‘राज्यसत्ता’ बन्ने आशा पनि गर्दैन तर छिमेकीपनको विकास गर्नको लागि नागरिकहरूको सङ्घको रूपमा रहिरहनेछ भन्ने बताए । ‘साँच्चिकै यसले ‘राज्यसत्ता’ बन्न र लागू गर्न सहयोग गर्नेछ’ उनले भने । अशिक्षित र भर्खर भर्खरै राजनीतिको अनुभव लिएका तिब्बतीहरूका लागि उनको व्याख्याले सुस्पष्ट पार्यो ।
राज्यले चलाएको ३ वटा प्राथमिक र १ वटा माध्यमिक विद्यालयहरू ज्ञानबाट भोकाएका तिब्बतीहरूका लागि अपर्याप्त भएपछि बसोबास समितिले ३५ वटा रात्रि कक्षा सञ्चालन गर्यो । ‘बसोबास समिति’ को माध्यमबाट नागरिकहरूले प्रजातान्त्रिक राजनैतिक जीवनबारे चेतना पाए र ‘राज्यसत्ता’ सँगको तिनीहरूको सम्बन्धको बारेमा बुझ्दै गए । राज्यले भोकाएका बेरोजगारहरूलाई ‘राहत खाद्यान्न’ र किसानहरूलाई बिनाब्याज ऋणमा बीउबिजन वितरण गर्यो र युद्धमा क्षति पुगेका संरचनाहरूको पुनर्निर्माण गर्यो । नयाँ बाटाहरू निर्माण गर्यो ।
ऋण तिर्न नसकेर बाबुको मृत्युपछि माग्ने बनेका बालक ल्हासा प्राथमिक स्कूल नं. ३ मा
‘पुनर्वास समिति’ १९५९ अप्रिलमा विद्रोह जितेको दुई हप्तापछि गठन भएको थियो । यसमा २९८ परिवार समेटिएका थिए । लिङकोर (Lingkor) को खेर गएको जग्गामा दयनीय झुत्रो पाल टाँगेर बसेका मानिसहरूलाई यसले बास, रोजगारी र राहत बीउ दिएर स्थापित गर्यो । ल्हासाका केही वडाहरूमा नयाँ घरहरू निर्माण गर्यो भने घरबारविहीनहरूलाई विद्रोहीहरूको भाडाका घरहरू, भारतमा भागेका विद्रोहीहरूको घरमा राखेको थियो ।
भागेका विद्रोहीहरूको घरहरूको स्वामित्व परिवर्तन गर्ने अधिकार नभए पनि विद्रोहपछि घरभाडा तिर्न बन्द गरियो, साना तिनो मर्मतहरू आ–आफै गरे पनि ठुलै मर्मतका लागि भने सैनिक मुख्यालयको सहयोग लिइयो । प्रजातान्त्रिक सुधारको कार्य पूरा भएपछि र तिब्बती जनताले तिनीहरूको नयाँ स्वायत्त प्रदेश र स्थायी सरकार बनाएपछि घरको स्वामित्वको बारेमा निर्णय हुने नै छ ।
‘बसोबास समिति’ को दोस्रो मुख्य काम खेर गइरहेको खेतीयोग्य जग्गामा वरपर रुखहरू रोपे, सडक वरिपरि पनि जनताले रुख रोपे† बारी र रुखमा पानी दिन सिँचाइको लागि कुलो खने । सार्वजनिक चर्पीहरू बनाए र पालैपालो सडक र आँगनलाई सफासुग्घर गरे ।
‘बसोबास समितिले तयार पारेको प्रतिवेदनअनुसार पहिलेको सरकार हुँदा नागरिकहरू शिर उठाएर हेर्न सक्दैनथे । कासागले नै हरेक हस्तकलाको प्रमुख नियुक्त गर्दथ्यो र तिनीहरू कामदारहरूलाई मनलागी ढङ्गले कुटपिट गर्ने लफङ्गाहरू थिए । उच्च ठुला चाडपर्वमा तीन हप्ताका लागि ड्रिपुङ (Drepung) का लामाहरूले नगरपालिका सम्हाल्दा उच्च करहरू लगाउन्थे । तिनीहरूले ६० भन्दा बढी नयाँ करहरू लगाउँथे । महिलाहरूलाई एउटाभन्दा बढी क्लिप लगाएमा कर लाग्दथ्यो । कसैले छालाको जुत्ता लगायो भने पनि कर तिर्नुपथ्र्यो । कसैले कुकुर वा बिरालो पालेमा कर लाग्थ्यो र कुकुरको घाटीमा घण्टी झुण्ड्याएमा पनि कर लाग्थ्यो । हरेक फूलदानीमा कर लाग्थ्यो । कसैको घरको आँगन तथा बाटोमा हिउँ परे, त्यस हिउँको पनि कर तिर्नुपथ्यो । यदि कसैले हिउँ सफा गरेमा बाटो भिजेकोमा कर लाग्थ्यो । यदि कसैले कर तिरेको अर्धकट्टी नदेखाएमा उसलाई कडा सजाय वा ठुलो जरिवाना लाग्थ्यो ।’
‘पुरानो नगरपालिका सरकारले विद्रोह गर्न मद्दत गरेको थियो । मार्च १० को दिन त्यसले रत्न बगैँचाको सैनिक क्षेत्रको भवनमा प्रवचन गरिरहेका दलाइ लामालाई हानहरूले अपहरण गर्न सक्ने भएकाले उनलाई बचाउन त्यहाँ पुग्नुपर्ने आदेश तिब्बतीहरूलाई दियो । विद्रोहीहरूको भेलामा नजाने महिलाहरूलाई ५० टेल (Taels–तिब्बती मुद्रा) र हस्तकलामा काम गर्ने मानिसहरूका लागि ५०० टेल जरिवाना लाग्थ्यो । पछि नगरपालिका सरकारले १६–६० वर्ष उमेरका सबै मानिसहरूलाई जबरजस्ती विद्रोहमा पठायो र जान अस्वीकार गर्नेहरूलाई सजाय दियो । तिनीहरूले धर्मको रक्षा गर्न र तिब्बती राष्ट्रको रक्षाको निम्ति भनेको हुँदा पहिले धेरै मानिसहरू सहभागी भए । तर पछि तिनीहरूले विद्रोही आफैले पवित्र धार्मिक ठाउँहरूलाई युद्धभूमि बनाएको र भिक्षुणीहरूलाई बलात्कार गरेको तथा नागरिकहरूको आँखा फोडेको देखे । ‘त्यसैले मानिसहरूले खान्दानीहरू र कासागले तिब्बती जनतालाई धेरै सताएको देखे’ पर्वु (Parbu) ले बताए । ‘अहिले तिब्बती जीवन राम्रो छ र त्यसो हुनुको कारण खान्दानीहरू नभई कम्युनिस्टहरू हुन् हो ।’
पर्वुले बताएअनुसार कासागका १५ जना खान्दानीहरूमध्ये ६ जनाले विद्रोहमा भाग लिएनन्, ३ जना प्रगतिशील, एकजना सा¥है बिरामी र ६ जना कार्यालयमा नोकरी गर्छन् । यी खान्दानीहरू पहिलेजस्तै नै बसेका छन् र तिनीहरूको घरलाई केही गरिएको छैन ।
नौजना खान्दानीहरूले विद्रोहमा सक्रिय भाग लिए । तीमध्ये ३ जना भारतमा भागे र ६ जना लडाइँमा पक्राउ परे । एकजनालाई पछि पेचिङमा रहेको दलाई लामाको कार्यालय रम्बा (Ramba) ले सफाइ दिएकोले छाडिएको छ । छिमेकमा बसेका विद्रोहीका परिवारहरूलाई सताइएको छैन । कार्यालयमा नोकरी गर्ने खान्दानीहरूको परिवार तिनीहरूसित बस्दैनन् । सारोङ (Tsarong) जस्तै तिनीहरूका घरहरू ‘पुनर्वास समिति’ ले स्थानीय बासिन्दाको लागि प्रयोग गरिरहेको छ ।
दक्षिणको वडामा पनि ‘सङ्घर्ष बैठक’ बसेर दुईजना खान्दानीहरू र दुईजना लठैतहरूलाई मुद्दा चलाइयो । छिमेकमा बस्ने अर्का ठुला विद्रोही सारोडलाई पोतालाको आत्मसमर्पणमा समातेको हो । तिनका दासहरूले ‘सङ्घर्ष बैठक’ को माग गरे तर तिनी ७० वर्षका बुढा भइसकेका थिए र बैठक हुनुअघि नै तिनको मृत्यु भयो ।
मानिसहरूले अन्य ६ जना खान्दानीहरूविरुद्ध ‘सङ्घर्ष बैठक’ को माग राखे पनि बैठक गरिएन । ‘तीन कुराको उन्मूलन’ झण्डै उस्तै भएकोले अब थप ‘सङ्घर्ष बैठक’ को आवश्यकता पर्दैन भनी पर्वुले बताए । ‘सङ्घर्ष बैठक’ को उद्देश्य खान्दानीहरूलाई सजाय दिनु नभई जनतालाई तिनीहरूले पहिले पाएको दुःखको कारणबारेमा बताएर जनताको शक्तिको बारेमा चेतना जगाउनु हो ।
‘बसोबास समिति’ मा हरेक मानिसको भिन्नाभिन्नै आत्मकथाहरू छन् । तीमध्ये केहीका कथाहरू अरुको भन्दा सुनाउनैपर्ने छन् ।
३६ वर्षीय लान्दो (Lando) एक घरेलु दासका परिवारमा जन्मेकी थिइन् । उनी आठ वर्षकी हुँदा तिनका बुबालाई पक्षघात भयो । खाटबाट उठ्नै नसकेको तिनको बुबालाई काममा नआएको हुँदा मालिकले सजाय दियो । त्यसबाट उनको बुबाको मृत्यु भयो । मालिकले बुबाको मृत्युपछि तिनका आमालाई घोक्राएर निकाल्यो र तिनलाई दास बनाउन तानेर लग्यो । तिनी सुतेको गोठमा तिनको पटक–पटक बलात्कार भयो । तिनी दुई जिउकी भएपछि तिनलाई अचेत हुने गरी कोर्राले पिट्यो र अर्को मालिकलाई बेच्यो । त्यहाँ पनि तिनी आफ्नै मालिकबाट बलात्कृत भइन् । तिनकी इष्र्यालु मालिकनीले तिनलाई खम्बामा झुण्ड्यार बेहोस हुने गरी कुटिन् र तिनलाई बेचिन् । २८ वर्षसम्म लान्दोले यस्तो दुःखकष्ट खेपिन् । तिनले धेरै पटक काल आओस् भनेर पुकारिन् तर तिनी आत्महत्या गर्न डराउँथिन् । अशिक्षित लान्दोले यसबिचमा आफ्नी आमा जिउँदै छिन् कि मरिन् कहिल्यै थाहा पाइनन् ।
ल्हासामा लिङ्खा चाड मनाइँदै, सन् १९५९ जून २२
‘कार्य समिति’ ले दासहरूसँगको कुराकानीको क्रममा लान्दोलाई तपाईँलाई कस्तो शोषण भयो भनी सोध्दा तिनले शोषणको अर्थ बुझिनन् । कसैले पनि शोषणको बारेमा बताएनन् तर भाग्यका बारेमा कुराकानी गरे । जेजति भए पनि तिनी आफ्नो कर्मले गर्दा भएको ठान्थिन् ।
त्यसैले ‘कार्य समिति’ ले साधारण भाषामा तिनलाई सोध्यो, “तपार्इँलाई मालिकको कोर्रा लगाएको वा सताएको वा अन्नको बीउ दिएको छ ?” त्यसपछि लान्दोले बुझिन् र तिनले आफ्नो जीवनको कष्टकर दुःखलाई यति राम्रो शैलीमा पोखिन् कि पहिलो ‘आलोचना बैठक’ मा सबैभन्दा राम्रो वक्ता भइन् । तिनको कुरा सुनेर सबै स्रोताहरू ठुलो स्वरले कराउन थाले, “दासप्रथालाई समाप्त गर ।” विद्रोह रोकेर उत्पादन बढाउने समितिमा तिनी एकमतले चुनिन् ।
लान्दो ‘कार्यकर्ता’ बनिन् । तिनले भर्खरैमात्र जीवन बाँच्न सुरु गरिन् र जीवन जिएको अनुभव गरिन् । लान्दोले मर्यो भनी ठानिएको तिनको आमाको खोजी ‘कार्यरत समिति’ ले गर्यो । अहिले दुवैजना सँगै छन् । लान्दोले लेखपढ गर्न सिकिन्, राजनीति पढिन्, कृषिमा सुधार गर्न वा केही काम गर्न सिकिन् । तिनको नयाँ जीवन सुरु गरिदिएको कम्युनिस्ट पार्टीप्रतिको तिनको आस्था शुद्ध र सफा छ ।
मानव समाजमा दासप्रथा र मानवीय चेतना पहिले नै आइसकेको थियो । यो कुरा धेरै मानवीय मूल्य चुकाएर आएको हो । आज तिब्बतमा गरेजस्तो सामाजिक संरचनाको निर्माण कहिलेकाहीँ मात्र हुने गर्छ । नयाँ सचेत दासहरूलाई भेटेपछि मात्रै मैले सैनिक मामिलामा ‘कार्य शक्ति’ (Task Force) बारे थाहा पाएँ । विशिष्ट कार्य सम्पादनका लागि परिचालन गरिएको हो भन्ने कुरा मैले पूर्ण रूपले बुझेँ । त्यसलाई तिब्बतमा चीनको कम्युनिस्ट पार्टीले पठाएको हो । तिब्बतमा कम्युनिस्टहरू छैनन्, दास र दास मालिकहरू मात्र छन् । त्यसको काम तिब्बतलाई कम्तीमा मानवीय मूल्यमा फेर्नु हो ।
यो काम चाम्दो (Chamdo) मा जितेर अथवा सरकारी आदेश दिएर गर्न सकिने कुरा होइन । आफ्नो जीवनलाई परिवर्तन गर्न खोजिरहेका तिब्बतभरिका मानिसहरूमा चेतना जगाएरमात्र यो काम गर्न सकिन्छ । १९५१ मा सुधारलाई किन लादिएन र आठ वर्षसम्म दासप्रथा किन कायमै रहन दिइयो भन्ने प्रश्नको उत्तर यही नै हो । ३० प्रतिशत खान्दानीहरूको मन जितियो । त्यसैले त तिनीहरूले सरकारलाई आफ्ना सम्पत्तिहरू बेच्न तयार भए । सरकारप्रति तिनीहरूको पूर्ण वा अपूर्ण आस्थाको कारण तथा सरकारमा सहभागिताले शान्तिपूर्ण परिवर्तन सुनिश्चित गरेको हो । दासहरूबाट आस्था र ठुलो भरोसा प्राप्त भयो । ‘कार्य समिति’ ले एक एक गरेर यी सबै हासिल गरिरह्यो । अहिले विद्रोहीहरू पराजित भए ।
आस्थावान खान्दानीहरू, लामाहरूको शिक्षादीक्षा, हस्तकलामा काम गर्ने मानिसहरूको सङ्गठन नयाँ वर्गको रूपमा आ–आफ्नै महत्व छ । तर यी सबै कुरा क्रान्तिको तयारी हो । यो काम सहर वरिपरि दासहरूको चेतनाबाट फैलिरहेको थियो ।
स्रोत : तिब्बतका भूदासहरू उठ्दा
Leave a Reply