भर्खरै :

सुनवल, परासी, भूमहीलगायत बजारहरूमा घरदैलो तथा कोणसभा

सुनवल, परासी, भूमहीलगायत बजारहरूमा घरदैलो तथा कोणसभा

बुटवल, १४ फागुन । नेपाल मजदुर किसान पार्टीले बिहीबार पश्चिम नवलपरासी क्षेत्र नं. २ का सुनवल, परासी, भूमहीलगायत बजारहरूमा घरदैलो तथा कोणसभाहरू सम्पन्न गरेको छ ।
कोणसभाहरूमा नेपाल मजदुर किसान पार्टी लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर वासीले कामदारवर्गको हितमा कानुन बनाउन कामदारवर्गकै प्रतिनिधिहरूलाई संसद्मा पठाउनुपर्नेमा जोड दिँदै विदेशी पुँजीको सेवा गर्ने शासक दलहरूले नेपालमा रोजगारी सिर्जना नगरेर नेपाली युवाहरूलाई विदेशमा जान बाध्य पारेको प्रस्ट पार्नुभयो ।
संयोजक वासीले कृषिप्रधान देशमा नेपाल मजदुर किसान पार्टीले रासायनिक मल कारखाना खोल्न उपाय दिँदा पनि विदेशी मलबाट कमिसन खान पल्केका शासक दलहरूले नेपालमा मल कारखाना खोल्न मानेको छैन भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी लुम्बिनी प्रदेश समिति सदस्य हरिप्रसाद बासुकलाले नेमकिपाका सांसदले संसद्मा प्रखर प्र्रतिपक्ष बनेर इमानदारीपूर्वक देश र जनताको सेवा गरिरहेको र नेमकिपाले नेतृत्व गरेको स्थानीय तहबाट देशभरबाटै आएका विद्यार्थीहरूलाई गुणस्तरीय र सस्तोमा शिक्षा दिइरहेको बताउनुभयो ।
पश्चिम नवलपरासी क्षेत्र नं. २ मा नेमकिपाका उम्मेदवार रञ्जना सुवालले कामदारवर्गका महिलाहरूलाई आत्मनिर्भर हुन नदिन नै शासकहरूले शिक्षा र रोजगारीबाट विमुख बनाएको चर्चा गर्दै सचेत र सङ्गठित महिलाहरूले देशमा परिवर्तन ल्याउन मद्दत पु¥याउनेछ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *