भर्खरै :

नेता किम जङ इल ‘समाजवादलाई गालीगलौज असह्य छ’ पढ्दा

नेता किम जङ इल ‘समाजवादलाई गालीगलौज असह्य छ’ पढ्दा

समाजवादी बन्दोवस्तमा कुनै बेला पुँजीपतिहरूको कब्जामा रहेका उत्पादनका मुख्यमुख्य साधनहरू सामाजिकीकरण गरिन्छ । बहुसङ्ख्यक श्रमजीवी जनताका निम्ति शिक्षा, स्वास्थ्य निःशुल्कमात्र होइन व्यक्तित्व विकासमा समान अवसर प्रदान गरिन्छ । श्रमलाई माया गर्ने नागरिकहरू तयार गरिन्छ । उत्पादन श्रमसँग जोडिएको शिक्षा दिइन्छ । स्वदेशमै रोजगारीको बन्दोवस्त, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको व्यवस्था गरिन्छ । शिशुदेखि ज्येष्ठ नागरिकसम्मलाई हेर्ने दायित्व राज्यले बहन गर्छ । महिला र पुरुषबिचको असमानता, गाउँ सहरबिचको भेद, किसान र मजदुरबिचको भिन्नता, शारीरिक श्रम र बौद्धिक श्रमबिचको भिन्नता हटाउने प्रयासहरू हुन्छन् । सबैभन्दा महत्वपूर्ण कुरा जनताको बलमा देशलाई आत्मनिर्भर बनाउने र सुसंस्कृत समाज निर्माण गर्ने एउटा अर्को क्रान्ति निरन्तर अघि बढ्छ ।
जनताको क्रान्तिले निर्माण गरेको समाजवादी समाजमा कामदार जनता देशका मालिक हुन्छन् । देशको नेतृत्व बहुसङ्ख्यक सर्वहारावर्गले गर्दछ । यद्यपि, वर्गसङ्घर्ष टुङ्गिसकेको हुँदैन । समाजवादी बस्दोबस्त पुँजीवाद र साम्यवादबिचको सङ्क्रमणकालीन अवस्था हो । मुठ्ठीभर पुँजीपतिहरूको शासनसत्ता ढालेर निर्माण भएको समाजवादी व्यवस्थामा पुँजीवादका अवशेष अभैm बाँकी रहन्छन् । आफ्नो स्वराज फर्काउन पुँजीपति एवम् प्रतिक्रियावादी तत्वहरू समाजवादमाथि गाली गलौजमात्र होइन समाजवादको अन्त्यका निम्ति अनेक जालझेल तथा हमला गर्न तत्पर रहन्छन् ।
समाजवादी बन्दोबस्तमा कुनै बेला पुँजीपतिहरूको कब्जामा रहेका उत्पादनका मुख्यमुख्य साधनहरू सामाजिकीकरण गरिन्छ । बहुसङ्ख्यक श्रमजीवी जनताका निम्ति शिक्षा, स्वास्थ्य निःशुल्कमात्र होइन व्यक्तित्व विकासमा समान अवसर प्रदान गरिन्छ । श्रमलाई माया गर्ने नागरिकहरू तयार गरिन्छ । उत्पादन श्रमसँग जोडिएको शिक्षा दिइन्छ । स्वदेशमै रोजगारीको बन्दोबस्त, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको व्यवस्था गरिन्छ । शिशुदेखि ज्येष्ठ नागरिकसम्मलाई हेर्ने दायित्व राज्यले बहन गर्छ । महिला र पुरुषबिचको असमानता, गाउँ सहरबिचको भेद, किसान र मजदुरबिचको भिन्नता, शारीरिक श्रम र बौद्धिक श्रमबिचको भिन्नता हटाउने प्रयासहरू हुन्छन् । सबैभन्दा महत्वपूर्ण कुरा जनताको बलमा देशलाई आत्मनिर्भर बनाउने र सुसंस्कृत समाज निर्माण गर्ने एउटा अर्को क्रान्ति निरन्तर अघि बढ्छ ।
जनतालाई देशको सेवा गर्न र समाजवादप्रति समर्पित रहन प्रशिक्षित गरिन्छ । शिशुलाई शिशुस्याहार, युवालाई सैन्य तालिम एवम् अनुशासित जीवन र ज्येष्ठ नागरिकलाई आदरनिकेतन समाजवादी समाजकै सुन्दर पक्ष हुन् । बहुसङ्ख्यक श्रमजीवी जनता सुखी रहने यस्तो व्यवस्था साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिलाई अस्वीकार्य हुनु स्वाभाविक हो । युगौँदेखि मजदुर किसानको रगत—पसिना चुस्न अभ्यस्त पुँजीपतिहरू पुँजीवादको पुनस्र्थापनाको निम्ति मौका छोप्ने षड्यन्त्र रोक्दैनन् ।
“समाजवाद अधिनायकवादी हुन्छ ।” “समाजवाद निरङ्कुश सैन्य शासन हो ।” “समाजवाद प्रशासनिक र आदेशात्मक हुन्छ ।” भन्ने जस्ता गलत हल्ला गरिन्छ । साम्राज्यवादी र प्रतिक्रियावादीहरू समाजवादी विचार पुरानो विचार हो भन्ने प्रचारबाजी गर्छन् । उनीहरू “समाजवादी समाज स्वतन्त्रता र प्रजातन्त्र नभएको अमानवीय समाज हो” भन्दै हिलो छ्याप्ने काम गर्छन् । यो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा समाजवादी आन्दोलनमा देखापर्ने प्रमुख समस्या हो । संशोधनवादी र प्रतिक्रियावादी विचारविरुद्ध सङ्घर्ष त्यसकारण समाजवाद रहेसम्म टुङ्गिदैन । एउटा उदाहरण प्रजग कोरियाको समाजवादी बन्दोबस्त नै हो । कोरियाली मजदुर पार्टी र नेतृत्वले समाजवादको रक्षार्थ साम्राज्यवादी र प्रतिक्रियावादीहरूसँग गरेको सैद्धान्तिक सङ्घर्ष, तिनको गाली गलौजविरुद्धको सङ्घर्ष अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका निम्ति ऊर्जा या मार्गदर्शन हुन सक्दछ । “चुनावबाटै समाजवाद सम्भव छ, सशस्त्र क्रान्ति जरुरी छैन, काङ्ग्रेस कम्युनिस्ट दुबैको समाजवाद एउटै हो, माक्र्सको समाजवाद पुरानो भैसक्यो” भन्ने नेपाली प्रतिक्रियावादी एवम् शासकहरूविरुद्धको सैद्धान्तिक लडार्इंका लागि प्रजग कारियाको शिक्षा उपयोगी हुन सक्छ । यसका लागि नेता किम जङ इलको पुस्तिका “समाजवादलाई गालीगलौज असह्य छ” अर्थात् ‘ब्दगकभक या क्यअष्बष्किm बचभ क्ष्लतयभिचबदभि’ निकै पठनीय छ । पुस्तिकाको चर्चा सान्दर्भिक पनि होला ।
संरा अमेरिकाले सदैव आपूmलाई प्रजातन्त्र र मानवअधिकारको हिमायती ठान्छ । समाजवादी समाजमाथि कुनै पनि रूपको बम खसाल्नुलाई उसले आप्mनो धर्म ठान्छ । विश्वका विभिन्न देशमा समाजवादी व्यवस्थाको पतनको इतिहास लेख्ने संरा अमेरिका नै हो भन्दा अतिशयोक्ति नहोला । कतै षड्यन्त्र, कतै अवसरवादी र प्रतिक्रियावादीहरूलाई उक्साई, कतै हमला त कतै नाकाबन्दी गरेर संरा अमेरिकाले समाजवादी व्यवस्था तुहाउने प्रयास या कुकर्म आज पनि रोकेको छैन । सत्य के हो भने माक्र्सवाद र समाजवादी विचार सबैभन्दा शक्तिशाली भौतिकवादी चिन्तन हो । समाजवादी व्यवस्थाको अस्थायी हार हुन सक्छ तर विचारको प्रवाह रोकिन्न भन्ने विचार पुस्तिकाको हो । जस्तै कठिन परिस्थितिमा पनि साम्राज्यवादको मुकाबिला समाजवादले नै मात्र गर्न सक्दछ भन्ने उदाहरण आजको विश्वमा समाजवादी देशहरू प्रजग कोरिया, क्युवा र चीन बन्न सफल छन् ।
समाजवादी व्यवस्था निरङ्कुश अधिनायकवादी हुन्छ भन्नु सही होइन । ‘अधिनायकवाद’ शब्दलाई एक समय फासीवादीहरूले प्रयोग गरे । हिटलरले जर्मनीमा र मुसोलिनिले इटालीमा ‘अधिनायकवाद’लाई फासीवादी तानाशाही शासनको वैचारिक ज्यावलको रूपमा परिभाषित गरे । जुन गलत थियो । तिनले त ‘राष्ट्रिय समाजवाद’ शब्द दिएर अन्धराष्ट्रवाद हुर्काए र साँचो कामदार वर्गीय आन्दोलनलाई निर्ममतापूर्वक दबाए । वास्तवमा अधिनायकत्वको अर्थ सर्वोच्च नेतृत्व हो । पुँजीवादी व्यवस्थामा मुठ्ठीभर पुँजीपति, जमिन्दार, प्रतिक्रियावादी कर्मचारी, युद्धसरदारहरूको अधिनायकत्व रहन्छ । समाजवादी व्यवस्थामा बहुसङ्ख्यक कामदार जनताको अधिनायकत्व रहन्छ, बहुसङ्ख्यक जनताको शासन कसरी निरङ्कुश हुन सक्छ ?
समाजवादी व्यवस्था ‘सेनाको ब्यारेक जस्तै’ हुन्छ भन्नु पनि निरर्थक छ । मानिसको सामाजिक जीवन सामाजिक प्रणाली र विचारले अगाडि बढ्छ । समाजवाद सबैभन्दा प्रगतिशील र जनताको भित्री अकाङ्क्षा पूरा गर्ने सामाजिक बन्दोबस्त हो । यस्तो समाजमा मानिसले आत्मनिर्भर र अत्यन्त रचनात्मक जीवन उपभोग गर्न पाउँछन् । सामाजिक व्यवस्थामा मानिसको आप्mनो अनुशासन भने हुन्छ । अनुशासनलाई बन्धन मान्नु गलत हुनेछ । अनुशासित जीवन सुसंस्कारको द्योतक पनि हो ।
समाजवादी व्यवस्था निकै ‘प्रशासनिक या निर्देशनात्मक’ हुन्छ भन्नु पनि बेतुकको तर्क हो । पुजीवादी व्यवस्थामा पुँजीवादी बजार अर्थतन्त्र पुँजीपतिहरूको हातमा रहन्छ । समाजवादी अर्थव्यवस्था राज्य र सरकारको नियमनमा चल्छ । समाजवादको सौन्दर्य प्रजातान्त्रिक केन्द्रीयतालाई नियन्त्रण भन्न मिल्दैन । आर्थिक अनुशासन र आर्थिक समानताका लागि हुने राज्यको गतिविधि र केन्द्रीयताले देशको आत्मनिर्भरतालाई महत्व दिन्छ । भ्रष्ट कर्मचारी संयन्त्रलाई कारबाही गर्ने र अनुशासित बनाउने, देश र जनताप्रति इमान्दार बनाउने प्रयास राज्यबाटै हुन्छ । ती प्रयासलाई निर्देशन भन्न मिल्दैन । त्यसकारण प्रतिक्रियावादीहरूको मनगढन्ते आक्षेपहरू अस्वीकार्य छ भन्ने विचार यस पुस्तकमा छ ।
देशभित्र समाजवादी व्यवस्थाको निर्माणसँगै साम्राज्यवादी हमलाविरुद्ध सङ्घर्षको तयारी जरुरी हुन्छ । त्यसका लागि जनतालाई प्रतिक्रियावादीहरूको गलत प्रचारबाजीबाट जोगाउन र सिद्धान्तबारे जानकार बनाउन विचारधारात्मक क्रान्ति आवश्यक हुन्छ । ‘साम्राज्यवादी र प्रतिक्रियावादीहरू जनताका शत्रु हुन् । समाजवादमाथि घात गर्नु भनेको स्वाभिमानमाथिको छल हो, जनताको सेवा गर्नु नै उँचो समाजवादी मूल्य हो’ भन्ने विचारबाट जनतालाई प्रशिक्षित गर्नुपर्ने शिक्षा कोरियाली समाजवादी आन्दोलनको हो । समाजवादी व्यवस्थामा जनता नैै राजनीति र सङ्गठनका अग्रणी हुन्छन् । अर्थात् जनप्रतिनिधिले समाजको हितमा आप्mनो जीवन समर्पण गरेका हुन्छन्† व्यक्तिगत इच्छाआकाङ्क्षा त्यागेर जनसेवामा समर्पित भएका हुन्छन् । समाजवादी क्रान्ति र व्यवस्थाको नेतृत्व क्रान्तिकारी एवम् कामदार पार्टी र विचारले गरेको हुनुपर्छ । प्रजग कोरियाली जनताको एउटा नारा नै छ –“हामी जनताको सेवा गर्छौं ।” जनताको यो अभिव्यक्ति या भावनालाई कोरियाली मजदुर पार्टीको झण्डामार्फत उँचो फहराइएको छ र हरदम जनसेवा कसरी गर्न सकिन्छ भन्ने चिन्तन पनि पार्टीले गर्दछ ।
समाजवादी व्यवस्था मानव इतिहासकै सबैभन्दा मानवीय व्यवस्था होे भन्ने तर्क पुस्तिकामा छ । मानिसले मानिसलाई गर्ने अन्याय, अत्याचार, शोषण, हिंसा, दमन र असमान व्यवहारको विकल्प नै समाजवाद हो । स्वतन्त्रतासँगै मानिसको उँचो सांस्कृतिक मूल्यसहितको जीवन समाजवादी व्यवस्थामा मात्र सम्भव छ । प्रतिक्रियावादीहरू ‘व्यक्तिगत स्वतन्त्रता’ हनन् हुने कुतर्क गर्छन् । वास्तवमा समाजको हितको लागि पटक्कै नसोच्ने र आप्mनो व्यक्तिगत स्वार्थको लागि मात्र बाँच्ने, धनसम्पत्तिको पछाडि दौडिने जोकोहीलाई मानिस भन्न सुहाउँदैन भन्नुहुन्छ, नेता किम । व्यक्तिगत स्वार्थविरुद्ध सामूहिक भावना या विचार नै समाजवादी मूल्य हो । व्यक्तिवादले समाजलाई कुरूप मात्र बनाउँदैन बरु अस्वस्थ बनाउँछ । अपराध, हिंसा र सामाजिक डकैतीहरू सबै व्यक्तिवादका परिणाम हुन् ।
समाजवादी व्यवस्थामा कोही असाध्यै धनी हुँदैन र कोही पनि गरिबी र बेरोजगारीले मर्नुपर्ने हुँदैन । सामूहिक, रचनात्मक क्रियाकलापले एक किसिमको स्वस्थ समाज निर्माण गर्ने प्रयास रोकिन्न । आजको युगमा मानिसलाई व्यक्तिवादबाट टाढा राख्नु नै एउटा महत्वपूर्ण सामाजिक दायित्व हो र एकका लागि सबै, सबैका लागि एकको भावना जरुरी छ भन्ने बोध पुस्तिकाले गराउँछ । त्यतिमात्र होइन, नयाँ पुस्तालाई वैचारिक चेतना दिनु सबैभन्दा महत्वपूर्ण कर्तव्य हो । वैचारिक चेतनाकै आधारमा मानिसका सामाजिक, सांस्कृतिक तथा आर्थिक गतिविधि निर्धारण हुन्छन् । त्यही विचारले तिनलाई निःस्वार्थी र निडर पनि बनाउँछ । त्यसकारण प्रजग कोरियाले विचारधारात्मक क्रान्तिलाई जोड दियो, राजनीतिक शिक्षालाई जोड दियो ।
देशको अर्थतन्त्र बलियो र शक्तिशाली अर्थात् आत्मनिर्भर बनाउनु अर्को चुनौती हो । सन्तुलित उत्पादन र वितरणको अर्थनीतिले बहुसङ्ख्यक कामदार जनताको आर्थिकस्तर उठ्छ भन्ने मान्यता छ । यथार्थमा समाजवादी अर्थतन्त्रको निर्माणविना समाजवादी व्यवस्था नै पूरा हुँदैन । निजी स्वामित्वविरुद्ध सामूहिकीकरण नै समाजवादी अर्थनीतिको मेरुदण्ड हो । पुँजीपतिहरू नाफातन्त्र र निजीकरणको नाममा भइरहेको शोषण अन्त्य गरी कामदारवर्गले निर्माण गर्ने अर्थतन्त्रमा सामूहिक श्रमदान र मिहिनेतको महत्व उँचो हुन्छ । देशअनुसार फरक फरक ढङ्गको अभ्यास या प्रयोग भए पनि विचारको आधार माक्र्सवाद नै हुनुपर्छ । माक्र्सवाद यो शताब्दीको पनि सबैभन्दा वैज्ञानिक र व्यावहारिक विचार हो भन्ने तर्क पुस्तिकाको हो । समाजवादी व्यवस्थामा मानिसको आर्थिक जीवन सामान्य र सामाजिक जीवन उँचो भएको हुनुपर्छ । शिक्षा र सांस्कृतिक पक्षमा मानिस निकै अगाडि बढेको हुनुपर्छ । जसरी ज्ञानको विकल्प ऐश्वर्य होइन त्यसरी नै समाजवादको विकल्प पुँजीवादको पुनस्र्थापना कदापि हुन सक्दैन । बरु मानिसकै शक्तिले, समाजवादकै शक्तिले साम्राज्यवादी विश्व कमजोर हुनेछ, ध्वस्त हुनेछ भन्ने विचार पुस्तिकाको हो । तसर्थ कम्युनिस्ट आन्दोलन या समाजवादी व्यवस्था निर्माणको आन्दोलनलाई गालीगलौज गर्नु भनेको आकाशतिर हेरेर सूर्यलाई थुक्नु जत्तिकै मूर्खता हुनेछ ।
कम्युनिस्ट आन्दोलनलाई जस्तै परिस्थितिमा निरन्तर अघि बढाउन ऊर्जा दिने प्रजग कोरियाली समाजवाद र नेतृत्वप्रति सम्मान छ । सन् १९९३ मा प्रकाशित यस पुस्तिका ३० वर्षपछि पनि उत्तिकै सान्दर्भिक र पठनीय महसुस हरेक पाठकलाई हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *