चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
- फाल्गुन १४, २०८२
आजकल कतिपय अस्पताल र स्वास्थ्यचौकीमा त शिशु दस दिन नहुँदै भिटामिन ‘डी’ को झोल दिने परम्पराजस्तै बसिसकेको छ । तर, घाममा राखेर तेल लगाउने परामर्श कसैले दिँदैन, जबकि नेपालमा जस्तो घाम नलाग्ने युरोपेली देशहरूमा पनि शिशुहरूका लागि सूर्यबाट पाउने ‘अल्ट्रा भाइलेट’ किरण शरीरमा पुगोस् भनेर ‘बत्ती बाल्ने ल्याप्प’ जस्तोबाट भिटामिन डी दिने विशेष व्यवस्था गरिएको हुन्छ । हामीले भने किन आँगन, बार्दली र कौसीमा छरिएको सूर्य किरणलाई बेवास्ता गरेका हौंला ?
नेपालमा तेल मालिस गर्ने चलन ‘यो पुरानो काम हो, तोरीको तेलले छाला खराब गर्छ, मालिस गर्नु हुँदैन’ भनेर बिस्तारै छाडिँदै गएको छ, जबकि स्वास्थ्यका लागि यो अति लाभदायक अभ्यास हो ।
कसैलाई तोरी वा अन्य कुनै तेल लगाउँदा एलर्जी हुन्छ भने, नरिवल तथा तिलको तेलले मालिस गर्न सकिन्छ । मालिसपछि शरीरमा रक्त सञ्चालन सहज हुन्छ, छाला पनि स्वस्थ हुन्छ । तेल मालिस गरेर बच्चालाई सफा गरिएन, चिसो लाग्छ भनेर गुम्स्याएर राखियो भने चाहिँ यसको गन्धले स्वास्थ्यमा असर पर्न सक्छ । बच्चालाई नुहाउन मिल्दैन भने तेल मालिस गरेपछि मनतातो पानीले जीउ पुछिदिनैपर्छ ।
सुत्केरी र नवजात शिशुले लगाएको तेल सफा नगरिए कोठै गन्हाउँछ । उनीहरूलाई चिसो लाग्छ भनी झ्यालढोका थुनेर राख्ने पनि गरिन्छ । यसले गर्दा स्वच्छ वायु नपाई बच्चा वा सुत्केरीको स्वास्थ्यमा असर परिरहेको हुन्छ ।
सन् २०१६ मा गरिएको एउटा अन्तर्राष्ट्रिय अनुसन्धानबाट समयअगाडि नै जन्मेका, कम तौल भएका बच्चाहरूलाई हलुका तरिकाले मालिस गर्दा शरीर स्वस्थ रहन, तौल बढ्न, पेट दुख्ने समस्या कम हुनमा मद्दत गर्छ भन्ने थाहा भयो ।
जाडो याममा बालबालिकामात्र होइन, वयस्क व्यक्तिहरूले पनि घाममा राखेर तेल मालिस गर्नु–गराउनु तिनको शारीरिक र मानसिक स्वास्थ्यका लागि फाइदाजनक छ । हाम्रो यस्तो चलनमा अब ‘वैज्ञानिक मोहर’ लागेको छ । मालिसको महत्वबारे केही अघि बीबीसीमा छापिएको लामो लेखको प्रसङ्ग उल्लेख गर्नु यहाँ सान्दर्भिक हुनसक्छ ।
भारतको बैङलोरकी रेनु सक्सेनाको समत्न्दा अघि जन्मेको बच्चा दुई किलो तौलको मात्र थियो । उनले बच्चालाई मालिस गर्नुपर्ने भनेर परिवारमा कुरा राखिन्, डाक्टरसँग पनि सल्लाह लिइन् । डाक्टरले ‘हुँदैन, केही दिन पर्ख’ भनेछन् । रेणुले यो सल्लाह मानिन् । तर, बच्चाको तौल एक हप्तामा एक सय ग्राम मात्र बढ्यो, राम्रोसँग सुत्न पनि नसक्ने । रेणुले नर्सको सहायताले बच्चालाई हरेक दिन तेल मालिस गर्न थालिन् । त्यसपछि भने उसको तौल पनि बढ्यो, निदाउने अवधि पनि बढ्यो ।
हाम्रो देशमा पनि हजुरबा र हजुरआमाले काखमा राखेर नातिनातिनालाई तेल लगाउने चलनले धेरै फाइदा गरेको छ । विदेशमा जस्तो हाम्रोमा यसको वैज्ञानिक अनुसन्धान भएको छैन तर सयौँ वर्षदेखिको चलनले दिएको ज्ञान हो— शिशुका साथै वयस्क, वृद्धवृद्धा वा बिरामीबाट तङ्ग्रिन लागेका व्यक्तिलाई मालिसले फाइदा नै गर्छ । यही अनुसन्धानलाई ध्यानमा राखेर होला, सन् २०१६ मा धुलिखेल अस्पतालमा शिशुलाई कसरी तेल लगाउने भनेर विदेशी विज्ञ स्टेफन र सुसी ग्रोलीले केही नेपाली महिलालाई सिकाए । नेपालमा बज्यैहरूले गर्ने मालिसलाई धुलिखेल अस्पतालले नयाँ पुस्तालाई सिकायो ।
*In 2016, Dhulikhel Hospital conducted a two–day intensive, hands–on pilot project for baby massage training. The program featured collaboration with a visiting team from Korea and the hospitalÚs infection control team.
यस्तो प्रयोग तथा प्रयासले अरूलाई पनि मालिसको महत्व बुझाउन सहयोग गर्नेछ । आयुर्वेद चिकित्सा विज्ञानमा पनि विभिन्न थरीका तेलहरूको मालिसले विभिन्न समस्या निराकरण गर्न मद्दत गर्छ भनिन्छ । त्यसैले वैद्यहरूले मालिस उपचार गर्छन् । लामो यात्रापछि गोडा दुख्दा तेल लगाए दुखाइ कम हुने त छँदै छ, मीठो निद्रा पनि लाग्छ ।
स्ट्यानफोर्ड विश्वविद्यालयका डाक्टर प्रोफेसर गेरी डार्मस्टाडले बङ्गलादेश र भारतमा तेल मालिसका विषयमा अध्ययन गरे । तेल मालिस गर्दा शिशुमा सङ्क्रमण न्यून हुन्छ, पेटमा हलुको तरिकाले मालिस गर्दा शिशुको पेटको स्वास्थ्य पनि राम्रो हुन्छ भन्ने निष्कर्ष उनले निकाले । शिशुको स्वास्थ्य रक्षाका लागि हाम्रो समाजमा व्याप्त यस्तो प्राचीन प्रचलनबारे खुलेर बोल्न पनि मलाई विदेशीहरूको अनुसन्धान पढ्नुप¥यो ।
तेलले मालिस गरेपछि नुहाएर सफा लुगा नलगाए गन्ध रहिरहने हुनाले होला, ‘आधुनिक’ मानिसहरूले ‘तेल लगाउनु पर्दैन’ भन्ने गरेका । तर, सफा गर्न अल्छी नगर्ने हो भने सबै उमेर समूहकाले तेल मालिस गर्दा निकै फाइदा हुन्छ । सुत्केरी, शिशु तथा बालबालिकालाई घाममा राखेर मालिस गर्दा भिटामिन ‘डी’ पाइन्छ, रक्तसञ्चर सुचारु हुन्छ, हड्डीको स्वास्थ्य पनि राम्रो हुन्छ । यसले शिशुको शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।
शिशुलाई मात्र होइन, वयस्कलाई पनि तेल मालिसको धेरै फाइदा छ । कपाल र जीउमा तेल मालिस गर्दा शरीर स्वस्थ रहनुका साथै मन पनि फूर्तिलो हुन्छ । तेल मालिस गर्दा आनन्द महसुस हुन्छ र जीउको अल्छी कम लाग्छ । भोक पनि मज्जाले लाग्छ ।
Leave a Reply