अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
-रोजा लक्सम्वर्ग
सर्वहारा वर्गको विदा उत्सवलाई दैनिक आठ घण्टा मात्र काम गर्ने अधिकार प्राप्तिको माध्यम बनाउने सुखद् विचार सर्वप्रथम अस्टे«लियाबाट आएको थियो । सन् १८५६ मा त्यहाँका मजदुरहरुले आठ घण्टा कार्य दिनको पक्षमा प्रदर्शन गर्न सर्वहारा वर्गको उत्सव विदामा दिनभरि सभा र उत्सव गरेर आफूले अरु दिनमा गर्दै आएका दैनिक काम बन्द गर्ने निर्णय गरेका थिए । त्यत्तिबेला उनीहरुले अप्रिल २१ का दिन त्यस्तो उत्सव मनाउने निर्णय गरेका थिए । शुरुमा अस्टे«लियामा मजदुरहरुले सन् १८५६ एक वर्ष मात्र त्यसो कार्यक्रम गर्ने सोचेका थिए । तर अस्टे«लियामा सर्वहारा जनतामाथि यो पहिलो उत्सवको यति बलियो प्रभाव पा¥यो, उनीहरुलाई त्यो घटनाले यति जीवन्त बनायो र नयाँ आन्दोलनको शुरुवात भयो, उनीहरुले हरेक साल त्यस्तो उत्सवलाई निरन्तरता दिने निर्णय गरे ।
वास्तवमा आफैले निर्णय गरेर सबै मजदुरले काम रोक्दा जति आफ्नो शक्तिप्रति आँट र विश्वास उनीहरुलाई अरु के कुराले दिन सक्ला र ? कारखाना र ज्यासलहरुका दीर्घ दासहरुलाई आफ्नै फौज तयार गर्दा जति केले पो साहस दिन सक्दछ र ? तसर्थ सर्वहारा वर्गको उत्सवको विचारलाई चाँडै स्वीकारियो । अस्टे«लियाबाट यो विचार अरु देशहरुमा पनि बिस्तार हुँदैगयो । विश्वभरका सर्वहाराबीच यो विचार नपुगुञ्जेल यो क्रम भने रोकिएन ।
जब राम्रा दिनहरुको उदय हुनेछ, जब मजदुर वर्गले आफ्नो स्वतन्त्रता जित्नेछन् तब पनि मानव जातिले विगतका तीता सङ्घर्ष र धेरै धेरै पीडाको सम्झनामा मे दिवस मनाइरहनेछन् ।
अस्ट्रेलियाली मजदुरहरुको उदाहरणलाई सबैभन्दा पहिले अमेरिकी मजदुरहरुले पछ्याए । सन् १८८६ मा उनीहरुले हरेक सालको मे १ का दिन संसारभर मजदुरहरुले काम रोक्ने निर्णय गरे । त्यो दिन २ लाख मजदुरहरुले आफ्नो काम छोडेर दैनिक आठ घण्टामात्र काम गराउनुपर्ने अधिकारको माग गरे । पछि प्रहरी र सरकारले धेरै वर्षसम्म मजदुरहरुलाई त्यो आकारको प्रदर्शन गर्नमा रोक लगाए । तथापि सन् १८८८ मा मजदुरहरुले आफ्नो यो निर्णयलाई नवीकरण गरे र अर्को साल सन् १८९० मे १ का दिन अर्को उत्सव गर्ने निर्णय गरे ।
यसैबीच युरोपमा मजदुर आन्दोलन बलियो र सक्रिय भइसकेको थियो । यो आन्दोलनको सबभन्दा सशक्त अभिव्यक्ति सन् १८८९ मा आयोजित अन्तर्राष्ट्रिय मजदुर सम्मलेनमा व्यक्त भयो । त्यो सम्मेलनमा चार सय प्रतिनिधिहरु सहभागी थिए । त्यो सम्मेलनले आठ घण्टा कार्यदिन मजदुरहरुको पहिलो माग हुनुपर्ने निर्णय ग¥यो । त्यही क्रममा फ्रान्सेली मजदुर संगठन ‘बार्डिक्सका लाभिन मजदुरहरु’का प्रतिनिधिहरुले आठ घण्टा कार्यदिनको माग सशक्त बनाउन सबै देशहरुमा मे १ का दिन काम बन्द गर्नुपर्ने मत राखे । अमेरिकी मजदुरहरुका प्रतिनिधिहरुले आफ्ना कमरेडहरुको निर्णयलाई मे १ सन् १८९० को दिन हडताल गरेर कार्यान्वयनमा लगे । सम्मेलनले मे १ का दिन संसारभरमा मजदुरहरुले काम रोक्ने निर्णय गरे ।
तीस वर्षअघि अस्टे«लियामा मजदुरहरुले जस्तै सम्मेलनका मजदुरहरुले पनि एक दिने प्रदर्शनीको बारेमा मात्र विचार गरेका थिए । मजदुर सम्मेलनले सन् १८९० को मे १ का दिन आठ घण्टाको लागि सबै देशका मजदुरहरुले प्रदर्शन गर्ने निर्णय गरेको थियो । अर्को वर्ष पनि यो बिदा उत्सव मनाउनेबारेमा कसैले बोलेको थिएन । स्वभाविक रुपमा कसैले पनि यो विचारको यस्तो चामत्कारिक प्रभाव पर्ने र मजदुर वर्गले तत्कालै व्यापक स्तरमा कार्यान्वयनमा लाने पूर्वानुमान गरेको थिएन । एक पल्टका लागि एक वर्ष मात्र मे दिवस मनाउँदा पनि सबैले मे दिवस हरेक वर्ष र एउटा नियमित कार्यक्रमको रुपमा मनाउनुपर्ने बुझे र महसुस गरे ।
मेको पहिलो दिनले आठ घण्टा कामको मागलाई अघि बढायो । तर त्यो माग पूरा भइसकेर पनि मे दिवस मनाउन भने छोडिएन । बुर्जुवा र शासक वर्गविरुद्ध मजदुरहरुको सङ्घर्ष चालु रहुञ्जेल, मजदुरहरुका सबै माग पुरा नहुञ्जेल मे दिवस हरेक वर्ष ती मागहरुको अभिव्यक्ति बनिरहनेछ । अनि जब राम्रा दिनहरुको उदय हुनेछ, जब मजदुर वर्गले आफ्नो स्वतन्त्रता जित्नेछन् तब पनि मानव जातिले विगतका तीता सङ्घर्ष र धेरै धेरै पीडाको सम्झनामा मे दिवस मनाइरहनेछन् ।
१८९४
अनुवादःनीरज
Leave a Reply