भर्खरै :

अमेरिका र कोरियाको सम्मेलन इन्डोनेसिया गर्न आह्वान

जाकर्ता, १७ वैशाख (रासस-सिन्ह्वा) ः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनबीच हुन लागेको शिखर सम्मेलन आफ्नो देशमा गर्न इन्डोनेसियाले आह्वान गरेको छ ।
शिखर सम्मेलनका लागि आवश्यक सम्पुर्ण व्यवस्था गर्न आफ्नो देश तयार रहेको इन्डोनेसियाको भनाई छ ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने प्रयासलाई आफूहरुले पनि सहयोग गर्न चाहेको सोमबार बताउनुभयो ।
उहाँले उत्तर कोरियाका राजदूत एन क्वाङ आइआइ र दक्षिण कोरियाका राजदूत किम चाङबोमसँग स्टेट प्यालेसमा सोमबार भेटेर शिखर सम्मेलन इन्डोनेसियामा गर्न प्रस्ताव गर्नु भएको हो ।
“यदि उत्तर कोरियाका सर्बोच्च नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्प बीच भेटवार्ताको तयारी भएको हो भने त्यसको आयोजना हामीले गरिदिन चाहन्छौं,” राष्ट्रपति विडोडोले भन्नुभयो ।
दुई देशका राजदूतहरुसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति विडोडोले शिखर सम्मेलनकालागि आफूहरू तयार र इच्छुक रहेको बताएको जानकारी दिनुभयो ।
उहाँले आफ्नो देशको प्रस्तावलाई सम्वन्धित नेताहरूले सकारात्मकरूपमा लिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
यसअघि थाइल्याण्डले दुई पक्षीय वार्ताका लागि आफ्नो देशमा आउन आग्रह गरेको थियो ।
गत मंगलबार थाइल्याण्डका विदेश मन्त्री डोन प्रामुडवीनैले उहाँहरुको शिखर वार्ताका लागि स्वयमसेवी तरिकाले सवै व्यवस्था गर्न थाइल्याण्ड तयार रहेको बताउनु भएको थियो।
राष्ट्रपति ट्रम्पले नेता किमसँग आउदो जुनमा वार्ता हुनसक्ने यसअघि नै बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *