युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
काठमाडौँ उपत्यकामा धार्मिक, ऐतिहासिक र सांस्कृतिक रूपले महत्वपूर्ण चार नारायणहरू रहेका छन्† चाँगुनारायण, इचँगु नारायण, बिसङ्खु नारायण र फर्पिङ शेष नारायण । यी चार नारायणमध्ये चाँगुनारायण विश्व सम्पदा सूचीमा सूचिकृत एक प्रख्यात तथा महत्वपूर्ण मन्दिर हो । चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको उत्तरतिर अवस्थित छ । चाँगुनारायण मन्दिर दुईतले प्यागोडा शैलीमा निर्माण गरिएको छ । झिँगटीको छाना छाएको यस मन्दिरको टुँडालमा आकर्षक काठका देवी–देवताका मूर्तिहरू र सुनका ढोका रहेका छन् । मन्दिर परिसर वरपर ढुङ्गाको गरुड, गरुडमा विराजमान नारायण, विश्वरूप, वामन, नरसिंह, शिवलिङ्ग, अष्टमातृका आदि रहेका छन् । यस मन्दिरको चारै दिशाको ढोका अगाडि क्रमशः पश्चिमपट्टि एकजोर ढुङ्गाको सिंह, उत्तरपट्टि भेँडा, पूर्वपट्टि शार्दुल र दक्षिणपट्टि हात्तीको प्रतीक रहेका छन् । ती मूर्तिहरू चाँगुनारायणका सुरक्षा गार्ड वा रक्षकको रूपमा रहेको मानिन्छ । चाँगुनारायण मन्दिरलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदामा सूचिकृत गरेको थियो ।
यस मन्दिरलाई नेपालकै सबभन्दा पुरानो नारायणको मन्दिर मानिन्छ । यो मन्दिर लिच्छविकालीन शासनकालको चौथो शताब्दीतिर लिच्छवि राजा हरिदत्त बर्माको पालामा निर्माण भएको मानिन्छ । यो मन्दिर परिसरमा राजा मानदेव प्रथमद्वारा वि.सं. ५२१ मा राखिएको १५६१ वर्ष पुरानो शिलालेखअनुसार आफ्नी आमा राज्यवतीको इच्छाबमोजिम पुनः निर्माण गरिएको मानिन्छ । मन्दिर परिसरमा राखिएको शिलापत्र पालि लिपिमा राखिएको हुँदा त्यसका भाषा विज्ञको अभावको कारण जर्मनी लगेर त्यसको भाषा विज्ञबाट प्रमाणित गरेपछि मात्र उक्त इतिहास खुलेको भन्ने गरिन्छ । राजा मानदेवले पिता धर्म देवको निधनमा अत्यन्त दुःखी र शोकमा डुबेको कारण उनले माता राज्यवतीलाई सती जानबाट रोक्न प्रजाको सेवा नै सबैभन्दा ठुलो धर्म कर्म नै पुण्य प्राप्ति र सच्चा श्रद्धाञ्जली हुनेछ भन्दै उक्त मन्दिर जनताको साथ र सहयोगमा पुनः निर्माण गरिएको मानिन्छ । यो मन्दिर दोला पर्वत (गिरि) को टुप्पोमा अवस्थित छ । यही पर्वत हाल चाँगु डाँडाको नामबाट परिचित छ । यो मन्दिरमा साउन–भदौको हरिबोधिनी एकादशी, नागपञ्चमी, रामनवमीजस्ता दिनमा विशेष मेला लाग्ने गर्दछ ।
चाँगुनारायण मन्दिर परिसरमा त्रिविक्रम (वामन), नरसिंह, विष्णु विक्रान्त (विश्वरूप), कुर्म (कछुवा) आदि विष्णुका अवतारको रूपमा प्रतिमूर्तिहरू रहेका पाउँछौँ । विष्णुका ती अवतार र रूपहरूमध्ये एक अवतार त्रिविक्रम (वामन) को बारेमा छोटो चर्चा छ । यसमा एउटा गहिरो, पौराणिक सन्देश पाइन्छ – अहङ्कारको अन्त्य र धर्मको विजय ।
चाँगुनारायण मन्दिरको मूल ढोका र पच्छिम ढोका र बाटो भनेको पश्चिम दिशालाई मानिन्छ । यही बाटोबाट मिला पुन्हि, स्वस्थानी व्रत शुभारम्भ पूर्णिमाको दिन यहाँबाट कलश यात्रा गरी काठमाडौँको हनुमानढोकामा प्रसाद चढाउने परम्परा छ । मन्दिरको पश्चिम बाटोबाट आकर्षक खुड्किला ओर्लेपछि एउटा सानो बस्ती वा गाउँ आउँछ । त्यो बस्ती हुँदै पश्चिमतिर प्राकृतिक भ्यु टावरमा पुगिन्छ । त्यहाँबाट मनोहरा खोलाको नागबेली दृश्य र फाँट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, स्वयम्भू, बौद्ध, गोकर्ण, सुन्दरीजल, साँखु, बज्रयोगिणी आदि हेर्न सकिन्छ । मन्दिरको पश्चिमपट्टिको लामो खुड्किला र गाउँको बिचमा दक्षिणपट्टिको ओरालो लाग्ने बाटोमा एउटा कलात्मक ढोका हेर्न सकिन्छ । त्यस ढोकाको नाम गाम ढोका रहेको छ । गाउँतिर जाने र खाल्डो (गः) भागमा रहेको हुँदा उक्त ढोकाको नाम गाम ढोका रहन गएको स्थानीय जनता बताउँछन् । यही ढोकाबाट दक्षिणपट्टि तल ओर्लेपछि सल्लाको रमणीय र आनन्दको जङ्गल पुगिन्छ । त्यही जङ्गलको बाटो हुँदै झौखेल, दुवाकोट, भक्तपुर हुँदै काठमाडौँ जाने परम्परा थियो । चाँगुनारायण मन्दिरको पूर्वी ढोका बाहिर एल आकारको लामो पाटी रहेको छ । भीमसेनलगायतका मूर्ति भएकोे यो पाटीलाई भीमसेन पाटी भनेर स्थानीय बताउँछन् ।
चाँगुनारायण मन्दिर परिसरको अर्काे ऐतिहासिक एवम् सांस्कृतिक महत्वपूर्ण सम्पदा भनेको लोप भएका र हुन लागेका विभिन्न दहहरू हुन् । यो सल्लाको जङ्गल वरपर पहिला शङ्ख दह (नाग दह), साङ दह, वाङ दह, घन्चा दह, फाँ दहलगायतका ९ वटा दहहरू रहेको स्थानीय बताउँछन् । ती लोप भइसकेका दहहरूमध्ये चाँगुनारायण नपाले महत्वपूर्ण शङ्ख दह (नाग दह) को पुनः निर्माण गरेको छ । यो दहलाई इन्द्र दहजस्तो इँटाको सट्टा ढुङ्गाले बनाएको भए यसको मौलिकता, महत्व र सुन्दरता अझ बढ्ने थियो । यस दहमा मेलामा आउने र साँखुका एकमहिने माधवनारायणका व्रतालुहरूले चाँगुनारायणको दर्शन र पूजा गर्न आउँदा यहाँ स्नान गर्ने परम्परा छ । यस्ता महत्वपूर्ण अरु ८ वटा दहहरू पनि चाँगु नपाले पुरातत्व विभागसँग समन्वय तथा सहकार्य गरेर उत्खनन गरी पुनः निर्माण गर्नु आवश्यक छ ।
त्यस्तै, चाँगुनारायण मन्दिरको अर्काे महत्वपूर्ण सम्पदा भनेको नारायण हिटी (धारा) हो । यो मन्दिरको उत्तर–पूर्वपट्टि करिब ३०० मिटर तल जङ्गलको छेउमा अवस्थित छ । यो धारा पश्चिमतिर फर्केको छ । यहाँ दुइटा ढुङ्गेधारा छन् । दुइटा धारामध्ये उत्तरपट्टिको धारामा पानी आउँदैन भने दक्षिणपट्टिको धारामा करिब एक इन्च मूलको पानी आइरहेको छ । मन्दिरको पुजारीले हरेक दिन झिसमिसे उज्यालोमा नै ती धाराको पानी जलको रूपमा चाँगुनारायणको स्नान र नित्य पूजा चलाउँदै आएको स्थानीय जनता बताउँछन् । यस धारासँगै एउटा शिवलिङ्ग पनि रहेको पाइन्छ । यो धारा पर्खालले घेरेर संरक्षण गरेको पाइन्छ । अर्काे एउटा धारा दक्षिणतिर फर्केको छ । यसमा पानी आएको छैन । ती धारामा पानी आएको भए सुनमाथि सुगन्ध हुने थियो ।
चाँगुनारायण मन्दिर परिसरमा लोप भएका र बाँकी सम्पदाहरू चाँगु नपाले आफ्नै पौरख र आफ्नै खुट्टामा उभिएर जनताको साथ र सहयोगमा पुनः निर्माण गर्न सके यसले चाँगुनारायण र देशकै गरिमा बढ्नेछ । यसले नेपाली जनताको शिर ठाडो हुनेछ ।
Leave a Reply