भर्खरै :

नागरिकको कर्तव्य पनि पूरा हुनुपर्ने

नागरिकको कर्तव्य पनि पूरा हुनुपर्ने

चैत वैशाख महिना सुखा मौसम हो । रुखका पातहरू झर्ने, खोलानाला सुक्ने र खानेपानीको समस्या हुने समय हो । मौसम सुरु नभएसम्म खोलामा ढल बग्ने हुँदा दुर्गन्ध फैलिन्छ । यो बेला रोग फैलिने समय भएकोले नगरवासीहरू सचेत भई फोहरलाई जताततै नफाली रोग फैलिनबाट बच्न र बचाउन आ–आफ्ना तर्फबाट कोशिश गर्नुपर्छ । भक्तपुरको उत्तरबाट बग्ने कासाङ खुसी र दक्षिणबाट बग्ने हनुमन्तेलाई पनि सकेसम्म फोहर नबगाई कम दुर्गन्धित गर्न प्रत्येक नागरिकले प्रयास गर्नुपर्छ । विदेशमा प्रत्येक घरबस्तीमा दुई वटा बग्ने ढल हुन्छ । एउटा भान्छा, लुगा धुने, नुहाउने, सरसफाइ र आकाशको पानी मात्र बग्ने ढल । सो ढलको पानी सिधा खोलानालामा बग्छ । यसबाट खोलानाला सुखा पनि हुँदैन र फोहर पनि गन्हाउँदैन । एसियाका केही देशमा यस्तो पानीलाई खोलामा थुनेर स–साना डुङ्गा चलाई सस्तो यात्रा गर्ने र सडकजाम हुनबाट रोक्ने काम गरेको हुन्छ । अर्को शौचालयबाट बग्ने फोहर पानी उपचार पोखरी ९त्चभबतmभलत उयलम० मा जम्मा हुन जान्छ । यो हाम्रो ढल व्यवस्थाले सम्भव छैन । त्यसकारण, बस्तीबाट बग्ने फोहर पानीलाई छिटोभन्दा छिटो बनिरहेको अपचार पोखरीमा खसाल्न घच्घच्याउन पहल गर्नुपर्ने देखिन्छ ।
अक्सर बेलुकातिर च्याम्हासिंहबाट जगातीतिर जाने बाटोमा धाराको पाइप दुई तीन ठाउँ बगेको देख्छु । त्यसलाई मर्मत गर्न स्थानीयवासीले सम्बन्धित ठाउँमा मर्मतको लागि जानकारी दिनुपर्छ भन्ने सोचाइ नभएको हो कि ? त्यसरी फुटेको प्वालबाट आफूले खानुपर्ने पानीमा फोहर मिसिन गई रोग निम्तिन सक्छ । यस्तो कुरामा स्थानीय सचेत भई आफ्नो नागरिक कर्तव्य पूरा गर्न लाग्नुपर्छ । स्थानीयवासीबाट जानकारी नभए पनि खानेपानी संस्थाको आफ्नो निरीक्षक होला या ठाउँ ठाउँमा धारा खोल्न जाने कर्मचारीहरूले पनि आफ्नो सम्बन्धित फाँटलाई जानकारी दिनुपर्ने हो । यो सम्बन्धित कर्मचारीको कर्तव्य पनि हो ।
नगेन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *