भर्खरै :

प्राप्त मत या सीटको आधारमा सिद्धान्त गलत या सही नहुने

प्राप्त मत या सीटको आधारमा सिद्धान्त गलत या सही नहुने

काठमाडौँ, ५ चैत । गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचन न पहिलो हो न त अन्तिम नै हो । २०१५ सालदेखि हालसम्म भएको निर्वाचनमा विभिन्न राजनीतिक दलले प्राप्त गरेको मतमा धेरै उतारचढाव भयो । यस अवधिमा कहिले नेका, कहिले एमाले, कहिले माओवादी त कहिले कुन दलले प्रतिनिधिसभामा बढी सीट ल्याए । हालै भएको निर्वाचनमा नेका, एमाले र माओवादीसमेतको संयुक्त दल नेपाली कम्युनिस्ट पार्टीको धेरै सीट गुम्यो । यसरी प्रतिनिधिसभाको सीटमा हेरफेर हुनु अस्वाभाविक होइन । तर, सीटमा हेरफेर भयो भनेर दलको सिद्धान्त र विचारमा हेरफेर हुँदैन । सङ्घर्ष, अनुभवबाट बनेको सिद्धान्त र विचार पुरानो हुँदैन । सिद्धान्त र विचारलाई व्यवहारमा लागू गर्न नसक्नु, जनतामाझ लान नसक्नु दलको आफ्नो कमी कमजोरी होला । दलका नेताहरूको कमजोरीको मूल्याङ्कन गरेर सिद्धान्त र विचार काम लाग्दैन र पुरानो भयो भन्नु दृष्टिदोष हो ।
निर्वाचनमा सीट हेरफेर भएको आधारमा दक्षिण एसियामा कम्युनिस्टहरू खिइँदै छन् भनी विश्लेषण गर्नु मनासिब हुँदैन । बरू, कति कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार प्रचार गरेन† सिद्धान्त र विचारअनुसार काम गरेन । कति पार्टीको नाम कम्युनिस्ट भए पनि व्यवहारमा पुँजीवादी पार्टीको रूपमा देखिए । कतिले कम्युनिस्ट पार्टीलाई धोका दिए । कतिले क्रान्तिकारी बाटो छोडे । यो यथार्थ हो । यसको अर्थ कम्युनिस्ट पार्टी व्यर्थ भयो, कम्युनिस्ट पार्टी पतन भयो भन्ने होइन । कम्युनिस्ट पार्टीलाई बदनाम गर्ने, कम्युनिस्ट पार्टीलाई कमजोर बनाउने काम साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी दलहरूले गरिरहन्छन् । कम्युनिस्ट पार्टीले पनि साम्राज्यवादी, विस्तारवादी र पुँजीवादीहरूको विरोध गर्छ । वर्गीय समाजमा वर्गसङ्घर्ष स्वाभाविक छ ।
सिद्धान्त र विचारको आधारमा कुन दलले कुन वर्गको प्रतिनिधित्व गर्छ भन्ने थाहा हुन्छ । कति दलहरू आफूलाई कम्युनिस्ट स्वीकार्छन् तर पुँजीपतिवर्गको पक्षमा राजनीति गर्छन् या पुँजीवादी व्यवस्थाभित्र रहेर पुँजीपतिवर्गकै पक्षपोषण गर्छन् । सामन्तवादी व्यवस्थामा सामन्तवर्गको, पुँजीवादी व्यवस्थामा पुँजीपतिवर्गको र समाजवादी व्यवस्थामा श्रमजीवीवर्गको प्रतिनिधित्व हुन्छ । प्राप्त सीट सङ्ख्याको आधारमा कुनै दलको सिद्धान्त र विचार ठीक र बेठीक हुन्छ भन्ने होइन । दलको सिद्धान्त र विचार राम्रै भए पनि सुरू सुरूमा ती दलले प्राप्त गरेको सांसदको सीट सङ्ख्या कमै हुन्छ । कुनै बेला धेरै सीट जितेर पनि अर्को बेला कममात्र सीट जितेको हुन्छ । सीट बढी जित्दा सिद्धान्त र विचार सही हुने र कम जित्दा सिद्धान्त र विचार नमिल्ने भन्ने कुरा आउँदैन । अमेरिकामा पनि पालैपालो सरकारको हेरफेर भयो । धेरै सीट जित्दा राम्रो र हार्दा नराम्रो हुने होइन । विगतमा रास्वपाको सीट थोरै थियो, अहिले धेरै भयो । के रास्वपाको विचार हिजो गलत र आज सही भएको भन्न मिल्छ ?
बरू, देशका हरेक कम्युनिस्ट पार्टीले देशको परिस्थितिबारे सही विश्लेषण गर्दै नेपालको कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीले निर्वाह गर्दै आएको भूमिकाबारे समीक्षा गर्नुपर्छ† आत्मसमीक्षा गर्नुपर्छ । कम्युनिस्ट पार्टीहरू सरकारमा गएर के के कमजोरी भयो ? कम्युनिस्ट पार्टीको सरकारले गर्न नहुने काम के के ग¥यो ? कम्युनिस्ट पार्टी सरकारमा जानु उचित कि अनुचित
भन्नेबारे बहस गर्नुपथ्र्यो । नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम के हो ? के गर्न सकेको छैन र गरिरहेको काम कति गलत या सही हो ? त्यसबारे सिंहावलोकन गर्नुपर्ने हो । कम्युनिस्ट पार्टीले वर्गमित्र र वर्गशत्रु पो चिनेन कि ? चिनेर पनि वर्ग विश्लेषण गर्न सकेन कि ?
हरेक कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टी र पुँजीवादी पार्टीको भेदबारे जनतालाई प्रस्ट पार्नुपर्छ† समाजवाद र पुँजीवादको भेदबारे सुसूचित पार्नुपर्छ । पुँजीपतिहरू कसको स्वार्थ पूरा गर्न राजनीति गर्छन् र कम्युनिस्टहरू कुन वर्गका जनताको निम्ति राजनीति गर्छन् भन्ने कुरा राम्ररी पर्गेल्नुपर्छ । यहाँ कम्युनिस्ट पार्टीभित्रै संशोधनवादी र अवसरवादीहरू देखिए । कम्युनिस्ट पार्टी भन्ने तर वर्गसङ्घर्षको कुरा नगर्ने, समाजवादी सिद्धान्तबारे चासो नराख्ने दलहरू यहाँ नभएका होइनन् । सिद्धान्त र विचार हेरफेर नभए पनि नीति, कार्यक्रम र ऐन कानुनमा हेरफेर हुनसक्छ† हेरफेर गर्नुपर्ने हुन्छ । समयअनुसार या युगअनुकूल जनताको चाहना र आवश्यकतामा अदलबदल हुनसक्छ ।
कम्युनिस्ट पार्टीहरू पुँजीवादी व्यवस्थाको सरकारमा गएर टुटफुट र बदनाम भएको देखिन्छ । पुँजीवादी सरकारभित्र पसेर कम्युनिस्ट सिद्धान्त या आचरअनुसार कुनै काम गर्न सकिएन । बरू, कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गरेर कम्युनिस्टविरोधी काम ग¥यो† देशका प्राकृतिक स्रोत र साधन विदेशी कम्पनी या विदेशी दलाललाई सुम्पिने काम ग¥यो । कम्युनिस्ट पार्टी भन्ने दलले सरकारको नेतृत्व गरेर नेपाल र नेपालीको भन्दा विदेश र विदेशीको हितमा असमान सन्धि–सम्झौता ग¥यो । सरकारमा गएको कम्युनिस्ट पार्टीले विदेशी शक्ति राष्ट्रको पृष्ठपोषण ग¥यो† विदेशीलाई पनि नेपाली वंशजको आधारमा नेपाली नागरिकता दिने बाटो खुल्यो† अमेरिकी सेना भित्याउने गोटी चाल्यो । सरकारको नेतृत्व गर्ने नाउँमा दलले आ–आफ्नो दलको सिद्धान्त र विचार भाँचकुँच गरी भागबन्डा ग¥यो† व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्ने काम ग¥यो । दलको नेतृत्व गर्ने नेताहरूको कार्यशैलीलाई आधार मानेर, गलत निर्णय गरेको आधारमा सिद्धान्त र विचार काम लागेन, कम्युनिस्टहरू खिँइदै छन् भन्न मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *