नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ४ वैशाख । अभिभावक सङ्घ नेपाल जिल्ला कार्य समिति भक्तपुरले नेपाल सरकारले घोषणा गरेको आइतबार बिदा र २१ गतेदेखि सुरु गर्ने भर्ना अभियानलाई लिएर मध्यपुर नपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलाई ज्ञापन हस्तान्तरण गर्ने कार्य सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर जिल्ला अभिभावक सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिले सरकारले घोषणा गरेको आइतबार बिदा र २१ गतेदेखि सुरु गर्ने शैक्षिक सत्रले विद्यार्थीहरू कुलतमा लाग्ने सम्भावना व्यक्त गर्दै यसले विद्यार्थीले पढ्न पाउने मौलिक हकसमेत गुम्ने र सरोकारवाला पक्षसँग व्यापक छलफल र व्यापक सल्लाह गरी मात्र विद्यार्थीहरूको पक्षमा निर्णय लिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा मध्यपुर नपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यस विषयमा सरोकारवालासँग छलफल जारी रहेको आइतबार बिदा दिने विषयमा अभिभावकको रूपमा आफू पनि असहमति रहेको र आइतबार बिदाबाट थप ५२ दिन विद्यालय सञ्चालन कम हुने बताउँदै मध्यपुर नपाको अन्य गतिविधिबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा अभिभावक सङ्घका सचिव आशराम सुवाल, सहसचिव राजकुमार लघु र कोषाध्यक्ष कृष्णप्रसाद दुमरुको पनि उपस्थिति रहेको थियो ।
Leave a Reply