भर्खरै :

के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल ?

  • चैत्र ७, २०८२
  • चेतनाथ आचार्य
  • विचार
के हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल ?

पछिल्लो समय चीनले विश्वलाई आश्चर्य बनाउने गरी विकास गरेको छ । अरू देशको विकास अधोगतिमा जाँदा चिनियाँ विकासले आफ्ना लक्ष्य सहजै भेटिरहेका छन् ।
चिनियाँ आर्थिक तथा सामाजिक विकासको सफलता पछाडि चिनियाँ पञ्चवर्षीय योजनालाई मानिन्छ । चीनले चौधौँ पञ्चवर्षीय योजना (२०२१–२०२५) लाई सफलतापूर्वक सम्पन्न गरेर पन्ध्रौँ पञ्चवर्षीय योजना (२०२६–२०३०) थालनी गरेको छ ।
चौधौँ पञ्चवर्षीय योजनाको सफलताको समीक्षा गर्दै आगामी दिनमा पनि उच्च–गुणस्तरीय विकासमा ठोस प्रगति हासिल गर्ने घोषणा चीनले गरेको छ । चीनका नयाँ घोषणामा वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा आत्मनिर्भरता अभिवृद्धि गर्ने र सन् २०३५ सम्म समाजवादी आधुनिकीकरणको आधारभूत लक्ष्यतर्फ अग्रसरमा केन्द्रित हुने उल्लेख छ ।
औद्योगिक उन्नयन, वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन, ग्रामीण पुनरुत्थान, सहकारीका नयाँ रूपहरू विकास गर्दै उच्चस्तरीय खुलापन विस्तार गर्दै हरित विकासलाई निरन्तरता दिने विषयलाई चीनले प्राथमिकतामा राखेको छ ।
चौधौँ पञ्चवर्षीय योजनाका मुख्य उपलब्धिहरूमा आर्थिक वृद्धि र स्थिरता पहिलो नम्बरमा पर्छ । सन् २०२४ मा चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) १३४ ट्रिलियन युआन नाघेको थियो । जसमा औसत वार्षिक वृद्धिदर ५.५ प्रतिशत रह्यो । सो अवधिमा चीनको अर्थतन्त्र करिब ३५ ट्रिलियन युआनले विस्तार हुँदै विश्वव्यापी आर्थिक वृद्धिमा औसत ३० प्रतिशत योगदान दियो ।
दोस्रो उपलब्धिमा प्राविधिक तथा औद्योगिक प्रगतिलाई लिन सकिन्छ । चीन लगातार १५ वर्षसम्म विश्वको सबभन्दा ठुलो उत्पादक राष्ट्र बनेको छ । यस अवधिमा एआई उद्योगमा चीनले सन् २०२३ मा मात्र ५७८.७ अर्ब युआन लगानी ग¥यो भने क्वान्टम सञ्चार र उच्च–स्तरीय चिप्समा ठुलो सफलता हासिल ग¥यो ।
विश्वस्तरीय प्रतिस्पर्धामा डिपसिकजस्ता एआई मोडलले उच्च स्थान प्राप्त गरेको छ ।
त्यसैगरी अन्तरिक्ष स्टेसन निर्माण, चन्द्रमाको दुर्गम भागबाट नमुना सङ्कलन र विश्वकै पहिलो चौथो पुस्ताको आणविक ऊर्जा प्लान्टलाई चीनले व्यावसायिक सञ्चालनमा ल्याएको छ ।
तेस्रो उपलब्धिको रूपमा गरिबी निवारण र जनजीविकामा सुधारलाई लिन सकिन्छ ।
चौधौँ पञ्चवर्षीय योजना अवधिमा चीनले अघिल्लो अवधि (तेह्रौँ पञ्चवर्षीय योजना) मा गरिबीबाट मुक्त गरेको ९ करोड ८९ लाख ९० हजार मानिसलाई संरक्षण गर्दै गरिबीबाट उकासिएकाहरूमध्ये ३ करोडभन्दा बढीलाई रोजगारी उपलब्ध गरायो । पुनः गरिबीमा फर्किने जोखिममा रहेका ६० लाखभन्दा बढी मानिसलाई सहयोग ग¥यो ।
चीनले विश्वकै ठुलो सामाजिक सुरक्षा प्रणाली र मध्यम आय भएको जनसङ्ख्या निर्माण गरेको छ ।
चीनले प्राप्त गरेको अर्को उपलब्धिमा अन्तर्राष्ट्रिय सहयोग र खुलापन छ । उच्चस्तरीय खुलापनको नीतिअन्तर्गत चीनले बीआरआई परियोजनाअन्तर्गत सन् २०२५ को पहिलो चार महिनामा मात्रै ३ अर्ब ७९ करोड ९० लाख अमेरिकी डलर राजस्व आर्जन गरेको छ । चीनले १६० भन्दा बढी देशमा विकास सहायता उपलब्ध गराएको छ । यही अवधिमा चीनले ४.७ ट्रिलियन युआनभन्दा बढी वैदेशिक लगानी भित्याएको छ ।
चीनले पन्ध्रौँ पञ्चवर्षीय योजनामा ‘उच्च–गुणस्तरको विकास’ लाई केन्द्रमा राख्दै बाह्य जोखिमको सामना गर्न प्राविधिक आत्मनिर्भरता बढाउने, औद्योगिक स्तरोन्नति गर्ने र घरेलु खपतलाई प्राथमिकतामा राख्ने नीति लिएको छ । यी नीति सफल बनाउन एआई÷रोबोटिक्स विकास, हरित ऊर्जा सङ्क्रमण र राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राख्दै द्रुत र मात्रा–सञ्चालित आर्थिक वृद्धिभन्दा संरचनात्मक आर्थिक परिवर्तनका लागि पहल गर्ने दिशानिर्देश गरेको छ ।
चीनले हरित सङ्क्रमण र ऊर्जा सुरक्षालाई दिगो विकासको आधार मानेको छ । यस्तो आधारले ‘सुन्दर चीन’ पहलहरू प्राप्त गर्ने लक्ष्यका साथ कार्बन उत्सर्जनलाई शिखरमा पु¥याउने, नवीकरणीय ऊर्जा (सौर्य, वायु, आणविक) लाई बढावा दिने र ऊर्जा दक्षता स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएको छ । चीनले कोइला र तेल खपतका लागि योजनाहरू प्रस्तुत गरेर एक महत्वपूर्ण परिवर्तनलाई अँगालेको छ ।
पन्ध्रौँ पञ्चवर्षीय योजनामा चीनले औद्योगिक स्तरोन्नतिका लागि थप लचिलो औद्योगिक आधार सिर्जना गर्न प्रविधि एकीकरणमार्फत परम्परागत उत्पादन क्षेत्रहरूलाई आधुनिकीकरण गर्दै छ । राष्ट्रिय सुरक्षासँग आर्थिक वृद्धि सन्तुलन गर्न आपूर्ति शृङ्खला, खाद्य, ऊर्जा र डेटा सुरक्षालाई सुनिश्चित गर्न राष्ट्रिय सुरक्षा र स्थिरता अपनाएको छ ।
चीनमा भर्खरै सम्पन्न बा¥हौँ राष्ट्रिय जनकाङ्ग्रेसको चौथो अधिवेशनमा प्रस्तुत चीनको सरकारी कार्य प्रतिवेदनमा आर्थिक तथा सामाजिक विकासका लागि १५ औँ पञ्चवर्षीय योजनाबारे उल्लेख छ । उक्त प्रतिवेदनअनुसार सन् २०२६ देखि २०३० सम्म चीनको सामाजिक तथा आर्थिक विकासका लागि बाध्यकारी मार्गदर्शक हुने उल्लेख छ ।
पन्ध्रौँ पञ्चवर्षीय योजनाअनुसार सम्पूर्ण नवीनता शृङ्खलालाई फैलाउने नीतिगत उपायहरूको विस्तृत दायरासहितको प्रविधि र प्राविधिक आत्मनिर्भरतामा गहन ध्यान केन्द्रित गर्नु हो । यी आधुनिक स्तरोन्नतिदेखि परम्परागत उद्योगहरू अनि एआई र रोबोटिक्स, क्वान्टम कम्प्युटिङ, बायोम्यानुफ्याक्चरिङ र थप सम्भावनाको किनारमा रहेका सीमावर्ती क्षेत्रहरूसम्मका छन् ।
यस अवधिमा चीनको ‘कार्बन तीव्रता’ १७ प्रतिशतले घटाउने लक्ष्य राखिएको छ । यसले प्रमुख जलवायु मेट्रिक गणना गर्ने आधारलाई पनि परिवर्तन गर्छ ।
चीनको स्वच्छ–ऊर्जा निर्माणका लागि समर्थनलाई यसले सङ्केत गर्छ । चीनले सौर्य र विद्युतीय सवारी साधनदेखि हाइड्रोजन र ‘नयाँ–ऊर्जा’ भण्डारणसम्मका धेरै स्वच्छ–ऊर्जा उद्योगहरूलाई यो अवधिमा प्रोत्साहन गर्नेछ । चीनले जलवायु लक्ष्यहरू र ऊर्जा सुरक्षामा ध्यान केन्द्रित गरिरहेको छ ।
चीनले सन् २०३० सम्म कुल ऊर्जा खपतमा गैर–जीवाश्म ऊर्जाको हिस्सा २५ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । सन् २०२५ मा चीनले २१.७ प्रतिशत मात्र गैर–जीवाश्म ऊर्जा खपत गर्न सकेको छ । चीनले पन्ध्रौँ पञ्चवर्षीय योजना अवधिमा २५ प्रतिशतको लक्ष्य भेट्न निकै मेहनत गर्नुपर्नेछ ।
यसका लागि चीनले विद्युतीय सवारी साधन अर्थात् त्ी प्रोत्साहन गर्न थालेको छ । सन् २०२६ मा पेइचिङले कुल एक लाख ६० हजार नयाँ हरित ऊर्जा सवारी साधन अनुमतिपत्र जारी गर्ने योजना बनाएको छ । यसमा वार्षिक ८० हजार नियमित कोटा र थप ८० हजार अनुमतिपत्रहरू समावेश छन् ।
त्ी चालकलाई सहज हुने गरी पेइचिङका १६ वटा राजमार्गका क्षेत्रमा ६७४ वटा चार्जिङ प्वाइन्ट छन् । त्यहाँ ६७ वटा चार्जिङ स्टेसनहरू (स्थायी संरचना) छन् भने ६६ वटा सुपरफास्ट चार्जर छन् । ती सुपरफास्ट चार्जरले १५ मिनेटमा धेरै सवारी साधन चार्ज गर्न सक्छन् ।
यूबीएस र एचएसबीसीलगायत लगानी बैङ्कहरू र अनुसन्धान समूहहरूले फाइनान्सियल टाइम्ससँग साझा गरेको पछिल्लो अनुमानअनुसार, चीनमा आन्तरिक ईभी बिक्री वार्षिक रूपमा लगभग २० प्रतिशत बढ्नेछ । सन् २०२५ मा चीनमा ईभी सङ्ख्या १ करोड २० लाखभन्दा बढी पुगेको छ ।
सन् २०२५ मा परम्परागत ऊर्जा इन्जिन सवारी साधनको बिक्री १० प्रतिशतले घटेर १ करोड १० लाख युनिटभन्दा कम भएको छ । यो सन् २०२२ को भन्दा ३० प्रतिशतले घटेर एक करोड ४८ लाखले कम हो ।
चिनियाँ विद्युतीय सवारी साधन बजारले सन् २०२५ मा अभूतपूर्व स्तर हासिल गरेको छ ।
सन् २०२४ मा १ करोड १० लाख सवारी साधनको घरेलु बिक्रीसहित विद्युतीय सवारी साधन उत्पादनको ७० प्रतिशत हिस्सा लिएको छ । चिनियाँ ईभी सन् २०२० मा बजार प्रवेश गर्दा जम्मा ६.३ प्रतिशत थियो भने सन् २०२४ मा आइपुग्दा ४८ प्रतिशत पुगेको छ ।
चीनमा शून्य–कार्बन कारखाना र औद्योगिक पार्कहरूको विकास गरी गैर–जीवाश्म ऊर्जा लक्ष्य पूरा गर्न चीनका धेरै स्थानीय सरकारले रणनीति बनाएका छन् । रणनीतिअनुसार आगामी पाँच वर्षमा शून्य–कार्बन औद्योगिक पार्कहरू निर्माणका लागि सूचीबद्ध आह्वान गरिएको छ ।
चीनले सन् २०३५ को अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धता पूरा गर्न आफ्नो ‘नयाँ ऊर्जा’ क्षमता हालको १,८०० गिगावाटलाई दोब्बर बनाउनुपर्नेछ ।
यही उद्देश्य पूरा गर्न चीनले आफ्नो उत्तरी क्षेत्रहरूमा तीन वटा स्वच्छ–ऊर्जा आधार र दक्षिण–पश्चिम चीनमा एकीकृत जल–वायु–सौर्य परिसर विकास गर्नुपर्ने नीति लिएको छ । यसले विशेषगरी मरूभूमि क्षेत्रहरूमा अन्तर क्षेत्रीय विद्युत् प्रसारणका लागि ठुला वायु र सौर्य ऊर्जा आधारहरूको निर्माणलाई प्रोत्साहन गर्छ ।
साथै सिचाङ (तिब्बत) मा ब्रह्मपुत्र नदीमा विशाल जलविद्युत् परियोजना सुरू गरेको छ ।
चीनमा कागज उद्योग, खाद्य प्रशोधन र कपडामा रहेका कोइलाबाट चल्ने प्लान्ट र औद्योगिक भट्टीहरूलाई प्रतिवर्ष ३ करोड टन कोइला खपत घटाउनुपर्छ । यसका लागि चीनलाई स्वच्छ ऊर्जाका लागि विशाल जलविद्युत् र सौर्य तथा वायु ऊर्जा परियोजना आवश्यक पर्छ ।
यस्तो अवस्थामा स्वच्छ ऊर्जा प्रविधिले चिनियाँ अर्थतन्त्र स्तरोन्नतिमा उच्च भूमिका खेल्नेछ । जसमा स्मार्ट ईभी, नयाँ सौर्य कोष, नयाँ ऊर्जा भण्डारण, हाइड्रोजन र आणविक फ्युजन ऊर्जा समावेश छन् ।
चीनले सफा ऊर्जा र वातावरण संरक्षणसँगै आफ्ना नागरिकको जीवनस्तर सुधारमा पनि उच्च ध्यान दिएको छ ।
पन्ध्रौँ पञ्चवर्षीय योजना अवधिमै चीनले सन् २०३० सम्म चिनियाँको सरदर आयु ८० वर्ष पु¥याउने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न चीन सरकारले स्वास्थ्य प्रणाली सुधार्दै पहिलो पटक व्यावसायिक स्वास्थ्य बीमाको विकासलाई प्रतिवेदनमा समावेश गरेको छ ।
चीनले विदेशी लगानीलाई आकर्षण गर्न पन्ध्रौँ पञ्चवर्षीय योजनामा विभिन्न योजना अगाडि सारेको छ । केही देशहरूले ‘सानो आँगन र उच्च पर्खाल’ जस्ता सर्त राख्दा विदेशी लगानी ती देश छाडेर चीनतिर आकर्षित भएका हुन् । स्वागतयोग्य शैलीमा चीनले विदेशी लगानीलाई ढोका खोलिरहेको छ ।
सन् २०२५ सम्म ३ करोडभन्दा बढी विदेशी पर्यटक भिसाबिना चीनमा प्रवेश गरेर वास्तविक चीन महसुस गरेका छन् । अन्तर्देशीय कम्पनीहरूले चिनियाँ उपभोक्ताको अद्यावधिक आवश्यकताअनुसार, रणनीति समायोजन गरेर चीनको लचिलोपन र पूर्वानुमानलाई ठुलो महत्व दिइरहेका छन् ।
उल्लिखित सफलताका पछाडि कठिनाइ र बाधा अवरोधसँगै चीनले विभिन्न चुनौतीहरू पनि सामना गरेको छ । चौधौँ पञ्चवर्षीय योजना अवधिमा चीनले सामना गर्नुपरेको सबभन्दा ठुला चुनौतीहरूमा विश्वव्यापी महामारी र भू–राजनीतिक व्यवधान थिए ।
ऊर्जा खपतमा चीनमा कमी आइरहेको छ भने कार्बन उत्सर्जनमा पनि कमी आएको छ ।
सन् २०२५ मा चीनमा ऊर्जा खपतमा ३ प्रतिशतले कमी ल्याउने लक्ष्य राखिएको थियो तर यो लक्ष्य पूरा हुन सकेन । यसका साथै वायु गुणस्तर सुधार र शिशु हेरचाह सुविधा विस्तारका सूचकहरू पनि लक्ष्त्न्दा पछि परेका छन् ।
चीनमा घरजग्गा क्षेत्रको मन्दीले फलाम उद्योगहरूमा मार परेको छ । फलामको माग घटेका कारण ती उद्योगहरूको नाफामा कमी आएको छ र वातावरणमैत्री प्रविधिमा लगानी गर्न सक्ने क्षमतामा असर परेको छ ।
चीनको सामाजिक र जनसाङ्ख्यिक चुनौतीहरू पनि थपिएका छन् । बढ्दो युवा बेरोजगारीदर र जनसङ्ख्या वृद्धिदर नकारात्मक हुँदा संरचनात्मक समस्या देखिन थालेको छ । स्वास्थ्य र पोषणको क्षेत्रमा सहरी र ग्रामीण क्षेत्रबिच ठुलो असमानता कायमै छ ।
विश्वव्यापी महामारीपछि, भूराजनीतिक द्वन्द्व, बढ्दो मुद्रास्फीति र अमेरिकाले चलाएको व्यापार संरक्षणवादका कारण अन्तर्राष्ट्रिय वातावरण जटिल बन्दै गएको छ । अमेरिकी गठबन्धनले लगाएको प्राविधिक प्रतिबन्ध र उच्च भन्सार शुल्कले चिनियाँ उच्च–प्रविधि व्यापार र आपूर्ति शृङ्खालालाई असर गरेको छ ।
अवसर र चुनौती एउटै रथका दुई पाङ्ग्रा मानिन्छन् । तसर्थ, चुनौतीबिच पनि चीनले विश्वलाई आश्चर्य बनाउने गरी प्राप्त गरेको उपलब्धिको चुरो कुरा व्यावहारिक योजना तर्जुमा गर्नु र ती योजनाको सफल कार्यान्वयन गर्नु नै हो ।
यसका पछाडि चिनियाँ स्थिर राजनीतिक प्रणाली र जनताको सेवामा केन्द्रित नेतृत्व नै हो । यसलाई चिनियाँ विकासको मोडल पनि भन्न सकिन्छ ।
पेइचिङ डायरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *