क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
(चीनको आधुनिक इतिहासबारे जानकारी राख्न चीनको अफिम युद्ध, चीनको ताइपिङ किसान क्रान्ति, दोस्रो अफिम युद्ध, चीनको सुधार आन्दोलन, चीनको सच्चाइ र मेलमिलापको आन्दोलन (बक्सर विद्रोह), चीनको १९११ को क्रान्ति, ४ मई १९१९ को आन्दोलन, चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना, कोमिनताङ पार्टी र कम्युनिस्ट पार्टीको संयुक्त मोर्चा र सन यात–सेनको मृत्युपछि संयुक्त मोर्चाको विघटन र कोमिनताङको दक्षिणपन्थी पक्षले क्रान्तिलाई विश्वासघात गरेको विषय अध्ययन गर्नु आवश्यक छ ।
साम्राज्यवादीहरू र चिनियाँ प्रतिक्रियावादीहरूको गठबन्धनको विरोधमा चीनलाई एक स्वतन्त्र देशको रूपमा उभ्याउन चिनियाँ कम्युनिस्ट पार्टी र मजदुर, किसान, राष्ट्रिय पँुजीपतिवर्ग र अन्य सबै देशभक्तहरूलाई एकगठ गरेर कसरी काम गर्दै गए, के कस्ता विद्रोहहरू भए र योगदान दिए भन्नेबारे जानकारी दिन २०३८ सालको पुस महिनामा काठमाडौँको युवा अध्ययन गोष्ठीले ‘चीनका प्रसिद्ध विद्रोहहरू’ सम्पादन र प्रकाशन गरेको थियो । सो पुस्तिकामा ‘शरद्को बाली काट्ने विद्रोह’, ‘१ अगस्टको नानचाङ विद्रोह’, ‘नानचाङ विद्रोह र त्यसको ऐतिहासिक महत्व’, ‘क्यान्टन विद्रोह’, ‘शाङ्घाइका मजदुरहरूको तेस्रो सशस्त्र विद्रोह’ र ‘क्वाङचाओ विद्रोह’ छापिएको थियो । ती लेखहरू ‘पेकिङ रिभ्यू’ र ‘चाइना रिकन्स्ट्रक्सन’ बाट उल्था गरिएका थिए । यसबारे जानकारीको निम्ति ‘चीनका प्रसिद्ध युद्ध र विद्रोहरू’ पुस्तकबाट फेरि साभार गरिएको छ । –सं)
सन् १८३० तिरको कुरा हो, चीनमा छिङ (Ching) वंशको सरकार थियो । चीन त्यसबेला आत्मनिर्भर किसानी अर्थतन्त्रमा आधारित एक सामन्ती समाज थियो । त्यसबेला बेलायत संसारको सबभन्दा अगाडि बढेको औपनिवेशिक शक्ति थियो । त्यसका पुँजीपतिवर्ग अन्य देशमा जस्तै चीनमा पनि घुस्न चाहन्थ्यो । तिनीहरू चीनमा आफ्ना कपास र ऊनले बनेका तयारी सामान बेच्न चाहन्थे र त्यहाँका कच्चा सामान लैजान चाहन्थे । चीनमा विदेशीहरू आएर बन्द व्यापार गर्न पाउँदैनथे । बेलायती पुँजीपतिवर्ग चीनमा बसेर आफ्नो व्यापार बढाई चिनियाँ जनतालाई ठग्न र लुट्न चाहन्थ्यो । बजार कब्जा गर्न सरकारको स्वीकृति चाहिन्थ्यो वा ढोका खोल्नु आवश्यक थियो ।
बेलायती पुँजीपतिहरूले चीनमा अफिमको व्यापार गर्न थाले । त्यसबाट बेलायतले २–३ करोड स्वर्ण मुद्रा वा सुनको इँटा हात पार्यो र १८३५ सम्ममा चीनका २० लाख ठुल–ठुला कर्मचारी, बुद्धिजीवी, जमिनदार, खान्दानी र साहुमहाजनहरू अफिमको लतमा परिसकेका थिए । अफिमको लतले एकातिर माथिल्ला चिनियाँ जनता काम गर्न नसक्ने ऐय्यासी र खर्चालु भए भने अर्कोतिर सुनको भण्डार बेलायतीहरूको हातमा गयो । त्यसले चाँदीको मुद्राको भाउ बढ्यो, साथै तामाको मुद्राको मूल्य पनि बढ्यो । त्यसको प्रत्यक्ष प्रभाव किसान र अन्य काम गरी खाने तल्लो वर्गका जनतामा पर्यो । तिनीहरूले तिर्ने करको भार बढ्दै गयो । जनताको जीवनस्तर तल झर्यो र दैनिक जीवन कष्टकर हुँदै गयो ।
अफिमको व्यापारले देशको चौतर्फी नोक्सान गरेको बारे दरबारमा दुईमत देखापर्यो । एउटा पक्ष, अफिमको व्यापारमाथि रोक लगाउनुपर्छ भन्ने थियो भने अर्को पक्ष त्यसको समर्थनमा थियो । अफिम व्यापारबाट फाइदा उठाइरहेका दरबारी गुट स्वाभाविक रूपमा बेलायतको पक्षमा थियो । तिनीहरू सारमा बेलायतका दलाल भइसकेका थिए ।
चिनियाँ सम्राट ताओ कुआङ (Tao Kuang) ले अफिमको व्यापारमा रोक लगाउन सैनिक अञ्चलाधीशको रूपमा लिन त्से स्यु (ीष्ल त्कभ ज्कग) लाई क्यान्टनमा खटायो । १८३९ को वसन्तमा क्यान्टन पुग्नासाथै अञ्चलाधीशले सबै विदेशी साहुमहाजन र व्यापारीहरूलाई सम्पूर्ण अफिम चीन सरकारलाई सुपुर्दगी गर्न (बुझाउन) र आयन्दा अफिम व्यापार नगर्न र नल्याउन हस्ताक्षर गर्न आदेश दियो । आज्ञा उल्लङ्घन गर्नेलाई मृत्युदण्ड दिने र सबै सामान जफत गर्ने आदेश पनि सुनाइयो ।
त्यसबेला बेलायती व्यापारको मुख्य अधिकारी क्याप्टेन चाल्र्स इलियट (Captain Charles Elliot) थियो । उसले चीन सरकारको त्यो निर्देशनलाई असफल पार्न बेलायती साहु महाजनहरूलाई अफिम सुपुर्दगी नगर्न र अब आयन्दा अफिमको व्यापार नगर्ने कागतमा हस्ताक्षर नगर्नसमेत आदेश दियो ।
बेलायतीहरूको त्यस अवज्ञाको जवाफमा अञ्चलाधीश लिन त्से स्युले विदेशीहरूका सबै गोदामहरूलाई चिनियाँ सिपाहीहरूले घेर्न लगाए, दानापानी अर्थात् तरकारी र पानी आपूर्ति रोके, तिनीहरूलाई बहालमा दिइएका सबै ठाउँ छोड्ने आदेश दिए तथा बेलायतीहरूकहाँ काम गर्ने सबै चिनियाँ कर्मचारीहरूलाई विदेशी व्यापारीहरूको गोदाम र व्यापार केन्द्रहरू छोड्न निर्देशन दिए ।
तीन दिनको घेराबन्दीपछि क्याप्टेन इलियटले आत्म–समर्पण गर्यो र अफिमको २० हजार बाकस चीन सरकारलाई बुझायो, त्यसमा अमेरिकी साहुमहाजनहरूको एक हजार अफिमको बाकस पनि थियो ।
३ जून १९३९ को दिन हुमेन (Human) भन्ने समुद्री किनारमा तीन दिन लगाएर जफत भएको अफिमलाई आगो लगाई खरानी पारियो । त्यो दिन चिनियाँ इतिहासमा विजयको दिन जत्तिकै खुसी थियो र अञ्चलाधीश एक वीरको रूपमा स्मरण गरिए ।
युद्धको तयारी
प्रतिक्रियावादीहरू अन्तसम्म हार मान्दैनन् भनेजस्तै बेलायती पुँजीपतिवर्गले हार मानेन । बेलायतीहरूले युद्धको तयारी गरेको थाहा पाएपछि अञ्चलाधीश लिन त्से स्युले मोती नदी (Pearl Rive) का किनाराहरूमा फलामे सिक्री र काठहरूले छेकवारहरू बनाउन दिए । नयाँ–नयाँ किल्ला बनाइयो र ३ सय तोपसहितका सिपाहीँहरू नदीका किनारमा तैनाथ गरिए । चिनियाँ पल्टनको उत्साह उँचो थियो र परेड खेलाइयो । त्यहाँ जलसेनाका नायक क्वान तिइन पै (Kuan Tien Pai) थिए ।
बेलायती आक्रामकहरूले क्वाङतुङ प्रान्तमा समुद्री किनाराबाट घुस्न अनेक प्रयत्न गरे तर सकेनन् । ठाउँ–ठाउँमा आफ्नो देशलाई जोगाउन स्वयम्सेवक दलहरू उपस्थित थिए । सेना र जनताको घनिष्ठ सम्बन्धले गर्दा बेलायती आक्रमण असफल हुँदै गयो । पानी परेको हुँदा बारुद भिजेर बेलायती सेनाको बन्दुक पड्केन र किसान जनताले पछाडिबाट गएर बेलायती सिपाहीँहरूमाथि हमला गरे । अन्ततः बेलायती आक्रमण असफल भयो ।
तर, बेलायती साम्राज्यवादीहरूले अप्रिल १८४० मा पुनः आक्रमण गर्न जर्ज इलियट (George Elliot) को अगुवाइमा नयाँ तयारी गर्यो । अर्कोतिर बेलायती सरकारले पेचिङको राजदरबारमा सुनको घडी उपहार दिएर मेलमिलाप गर्ने र दुई देशको बिचमा झगडा लगाउने काम गरेको भनी अञ्चलाधीश लिन त्से स्युलाई दोष दियो । दरबारभित्र अफिम व्यापारले फाइदा उठाइरहेका बेलायती दलालहरू लिन त्से स्युको विरोधमा कुरो लगाउँदै थिए । दलालहरूको कुरा सुनेर सम्राट ताबो क्वाङले अञ्चलाधीश लिन त्से स्युलाई बर्खास्त गर्यो र बेलायतसँग मिल्ने चि शान (Chi Shan) लाई अञ्चलाधीश नियुक्त गर्यो ।
बेलायत समर्थक नयाँ अञ्चलाधीश चि शानले क्यान्टन र समुद्री किनारामा बनाइएका सबै किल्ला, रक्षा पङ्क्ति र चौकीहरू भत्काउन दियो । बेलायतले आक्रमण सुरु गर्यो । चिनियाँ सम्राटले सम्झौता गर्न खोज्यो । बेलायतले हङकङ लिने र ६० लाख चाँदीको मुद्रा क्षतिपूर्ति माग गर्यो । चीनले त्यस सर्तलाई अपमान सम्झ्यो र बेलायतको अगाडि नझुक्ने दृष्टिकोण अगाडि सार्यो ।
बेलायतले चिनियाँ सम्राटको मनसाय बुझेर हुमेन (Human) गढमा हमला गर्यो । चिनियाँ जलसेना नायक क्वान तिइन पै अन्तिम व्यक्ति भएसम्म लड्दै रहे । चीनको पराजय भयो र बेलायती सेना क्यान्टनको पर्खालसम्म पुग्यो र राति व्यापक हत्याकाण्ड, लुटपाट र आगो लगाउने काम भयो ।
त्यस घटनाले चिनियाँ जनतामा ठुलो आक्रोश फैलियो । त्यसको बदला लिन चिनियाँ जनताले ‘बेलायती सेना दबाउने’ (Ping Ying Tuan) सङ्गठन बनाए । १८४१ को मई महिनामा क्यान्टनमा बेलायती सिपाहीँहरूले उत्पात् मच्चाउँदा अचानक घण्टा बज्यो र दसौँ हजार चिनियाँहरूले कुटो कोदाली र साधारण हातहतियार लिएर हमला सुरु गरे । महिला र केटाकेटीले लडाकुहरूलाई खानेकुरा र पानी पु¥याउँथे । पानी परेको हुनाले बेलायती सिपाहीँहरू हिलोमा फसे । बेलायतको अगाडि आत्मसमर्पण गर्ने सरकारी अधिकारीहरूले किसानहरूलाई फकाई–फुलाई घर फर्काए र बेलायतीहरूलाई भाग्न दिए ।
चिनियाँ सरकारले लडाइँ समाप्त भएको सम्झी समुद्र किनारका सबै अवरोध र किल्ला भत्कायो । तर, बेलायतले २५ अगष्ट १८४१ मा पुनः ठुलो आकारको हमला गर्यो र अमोइ (Amoy) सहर कब्जा गर्यो । एक महिनापछि बेलायतले अमोइको उत्तरको तिङहाइ (Tinghai) ६ दिन ६ रात लडाइँ गरी हात पार्यो र त्यसपछि त्यसको पश्चिमको नगर निग्पो (Nigpo) लाई १३ अक्टोबरको दिन हात पार्यो ।
ती लडाइँहरूमा चिनियाँ सेना नायकहरूले अत्यन्त वीरतापूर्वक लडे, घाइते र रक्ताम्य हुँदै देशको रक्षा गरे तर माथिल्ला पदाधिकारीहरू भित्रभित्र बेलायतसँग मिलेका थिए । त्यस्ता दलालहरूले चीनलाई खाल्डोमा पार्दै थिए ।
बेलायती सेनाले ६ अगस्ट १८४२ मा नानकिङ नजिकै हमला गर्यो । २९ अगस्टको दिन नानकिङ बाहिर बेलायती जहाजमा चीनले पहिले असमान सन्धिमा चीनले हस्ताक्षर गर्यो । त्यस सन्धिअनुसार क्यान्टन, फुचाउ, अमोइ, निग्पो र शाङ्घाई गरी ५ वटा बन्दरगाह सहरमा बेलायतलाई व्यापार गर्न दिने भयो । हङकङ बेलायतलाई छोड्ने, दुई करोड १० लाख चाँदीको मुद्रा चीनले क्षतिपूर्ति दिने तथा बेलायतसँग सल्लाह गरेरमात्रै बेलायती सामानमा करको दर निर्धारण गर्न पाउने सर्त चीनलाई मान्न बाध्य बनाइयो ।
नानकिङ सम्झौतापछि अर्थात् चीनको कमजोरी थाहा पाएपछि बेलायतले चीनमाथि एकपछि अर्को असमान सन्धि थोप्दै गयो । १८४३ मईमा बेलायतले ‘सबभन्दा महत्व दिएको राष्ट्रको व्यवहार गर्ने’ अर्थात् बेलायतलाई अरु शक्ति राष्ट्रभन्दा बढी सहुलियतहरू दिने, चिनियाँ र बेलायती साहु–महाजनबिच कुनै विवाद भएमा बेलायती न्यायिक क्षेत्रभित्र पर्ने अर्थात् बेलायतको कानुनअनुसार फैसला गर्ने आदि चीनमा सर्वाधिकार सम्पन्न महावाणिज्यदूतको बन्दोबस्त गर्न चीन राजी भयो ।
बेलायतले यसरी चीनको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डतामाथि भाँजो हाल्दै गयो ।
अफिम युद्धको परिणाम
संरा अमेरिकासँग वाङहिया सम्झौता
बेलायतसँग नानकिङ सम्झौताले चीनसँग निहुँ खोज्न संरा अमेरिकालाई उत्साहित गर्यो र १८४४ फेब्रुअरी महिनामा उसले मकाउ (Macao) का सर्वाधिकार सम्पन्न दूत पेचिङ पठायो । बेलायतसँग डराएको छिङ सरकारले १८४४ जुलाई महिनामा मकाओ नजिकैको एउटा गाउँ वाङहिया (Wanghia) संरा अमेरिकासँग एक असमान सन्धि गर्यो ।
३४ धारा भएको वाङहिया सन्धिले बेलायतसँगको सन्धिमा भन्दा बढी सहुलियतहरू अमेरिकालाई दिने भयो र विदेशी पुँजीवादी शक्तिको निम्ति चीनको बाटो चौडा हुँदै गयो ।
फ्रान्ससँग ह्वाङपो असमान सन्धि
ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ भनेजस्तै चीनमाथि फ्रान्सले पनि ३६ धाराको असमान सन्धिमा हस्ताक्षर गरायो । त्यस सन्धिमा बेलायत र संरा अमेरिकाले पाएको सरह सबै सहुलियतहरू पाउने र चीनमा रोमन क्याथोलिक धर्म प्रचार गर्न पाउने भयो ।
त्यस सन्धिअनुसार चीनको ५ वटा बन्दरगाहहरूमा चर्च वा गिर्जाघर बनाउने र चिहानहरू बनाउन पाउने भयो । ती चर्चका पादरीहरूले चीनविरोधी गतिविधि पनि गर्थे ।
तिनीहरूको अधिकार क्षेत्रभित्र पस्ने वा अतिक्रमण गर्ने चिनियाँहरूलाई र चीनको स्थानीय प्रशासनलाई सजाय वा कारबाहीको निम्ति बुझाउने पनि सन्धिमा उल्लेख थियो ।
चीन एक अर्ध–उपनिवेश देश बन्यो
नानकिङ सन्धिपछि बेलायती र अरु साम्राज्यवादी देशहरूको तयारी सामानले चीनको गाउँ–गाउँसम्म बजार पायो । बेलायती कपडाले चीनको कुटीर व्यवस्था ध्वस्त पार्यो । बेलायतले फेरि अफिम बेचेर चीनको चाँदीको सम्पत्ति सोहर्यो र बजार मूल्य बढेर जनता झन्झन् गरिबीमा डुबे । चीनको आत्मनिर्भर अर्थतन्त्रलाई विदेशी पुँजीवादको प्रहारले ध्वस्त पार्यो । चीन एक सामन्ती अर्थतन्त्रबाट अर्ध–उपनिवेशवादी अर्थतन्त्र र अर्धसामन्ती अर्थतन्त्रमा फेरियो ।
१८४९ मा क्यान्टनका जनताले विदेशीहरूलाई नगरभित्र पस्न नदिन ठुलो भिडन्त गरे तर सरकार झुक्यो ।
चिनियाँ जनताले विदेशी आक्रमणकारी र विदेशीको दलाली गर्ने र जनतालाई शोषण गर्ने स्थानीय सामन्ती शासकहरूको विरोधमा सङ्घर्ष गर्न थाले ।
Leave a Reply