नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
पेइचिङ, २१ मार्च (सीआरआई) । ल्याटिन अमेरिका र क्यारेबियन मुलुक समुदाय (सेलाक) को दसौँ शिखर सम्मेलन वर्तमान अध्यक्ष मुलुक कोलम्बियामा आयोजना गरिएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो शिखर सम्मेलनलाई बधाई सन्देश पठाउनुभएको छ ।
आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले बितेको १ वर्षयता चीन, ल्याटिन अमेरिका र क्यारेबियन मुलुक समुदाय दुवै पक्षले घनिष्ट सहकार्य चलाउँदै पाँच किसिमका परियोजनालाई व्यवहारमा उतारेर दुवै पक्षका जनताको लागि वास्तविक हितकल्याणको सिर्जना गर्दै आएको बताउनुभयो ।
ल्याटिन अमेरिका र क्यारेबियन मुलुक समुदायसँगसँगै अन्तर्राष्ट्रिय न्याय र निष्पक्षताको संरक्षण गरी संयुक्त रूपमा चीन–ल्याटिन अमेरिका र क्यारेबियन मुलुक एकरूपताको नयाँ अध्याय कोर्दै जान चीन इच्छुक रहेको कुरामा पनि उहाँले जोड दिनुभयो ।
कोलम्बियाको राजधानी बोगाटामा सम्पन्न दसौँ सेलाक सम्मेलनले आउने एक वर्षका लागि युरुग्वेलाई अध्यक्षता हस्तान्तरण गर्दै सम्पन्न भएको छ ।
सम्मेलनमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा, युरुग्वेका राष्ट्रपति यामान्डु ओर्सी, क्युवाली विदेशमन्त्री ब्रुनो रोड्रिगेज पेरिल्ला, अफ्रिकी देश घानाका विदेशमन्त्री सामुयल ओकुजेटोलगायतले सम्बोधन गर्नुभएको थियो ।
Leave a Reply