भर्खरै :

अन्तर्राष्ट्रिय श्रमिक दिवसबाट शिक्षा र दिक्षा

हिजो अन्तर्राष्ट्रिय श्रमिक दिवस हो । विज्ञान र प्रविधिको विकाससँग सँगै उद्योगधन्दामा पनि पुराना मेसिन र यन्त्रहरूमा आधुनिक प्रविधि प्रयोग गर्दै अगाडि बढ्दैछ । यस अर्थमा अन्य देशमा जस्तै ढिलो वा चाँडो यान्त्रिकरण र स्वचालित मेसिन र बाहनहरू पनि आउनेछन् । कल–कारखानाहरूमा पनि स्वयम्चालिक प्रविधि प्रयोग हुँदैछन् । यसकारण नेपाली श्रमिकहरूलाई आधुनिक उद्योगधन्दा, विज्ञान र प्रविधिको विकास र स्वयम्चालित विषयमा समेत शिक्षित बनाउनु आवश्यक छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसमा इतिहासका विषयबाट नयाँ पुस्तालाई शिक्षित गरौं र पुरानो पुस्तालाई यान्त्रीकरण र स्वयम्चालित विज्ञान र प्रविधिबाट उत्पादनमा हुने विकासको फड्को र त्यसबाट श्रमिक वर्ग र मानव समाजलाई हुने सेवाको बारेमा जानकारी दिनु अत्यन्त आवश्यक छ ।
आजकै दिन हाम्रा नेपाली श्रमिक दाजु–भाइ र दिदी बहिनीहरूलाई पनि तल्ला समितिहरूमार्फत् रात्री विद्यालय खोली शिक्षित बनाउने, मानव समाजको प्रगति, समाजवादी देशहरूका श्रमिकहरूको स्थिति र समस्या तथा साम्यवादी समाजमा पदार्पण हुँदा देखिने समाजका सम्भावित रुपरेखाबारे बताउनु पनि शिक्षित गर्नु नै हो । यस्तै गतिविधिले नेपाली श्रमिकहरूलाई २१ औं शताब्दीका लायक श्रमिक बनाउनेछौं ।
आशा र विश्वास छ – हाम्रा क्रान्तिकारी साथीहरूले हाम्रा श्रमिकहरूले माथि उल्लेख गरिएका विषयहरूबाट शिक्षित र दीक्षित गर्ने कार्यमा सफलता हासिल हुनेछ ।
बैङ्क देशको अर्थतन्त्रको सूचना केन्द्र
हरेक देशको राष्ट्र बैङ्कसँग देशको अर्थतन्त्रको सबै सूचनामात्र हुने गर्दैन बरु आफ्नो देशको अर्थतन्त्रलाई ठाउँमा ल्याउन सरकारले लिने नीति समेत राष्ट्र बैङ्कको सल्लाहअनुसार निश्चित गरिन्छ ।
तर केही वर्ष अगाडि नै संसद सिंहदरवारमै रहँदा संसद भवन भित्रै एभरेष्ट बैङ्कलाई स्थान दियो । यसबारे संसदमा कुरा उठेको थियो । तत्कालीन सरकार र सभामुखले समेत त्यसबारे सदनलाई जानकारी दिन जरुरी सम्झेनन् । १७ वैशाखको ‘मजदुर’ ले लेख्यो –‘राष्ट्रपति र प्रधानमन्त्रीको सम्पत्ति विदेशी बैङ्कमा, के हेर्दैछ राष्ट्र बैङ्क ?’
नेपाल राष्ट्र बैङ्क सरकारको नीति–नियममा चल्ने संस्था हो । २० प्रतिशतमात्रै विदेशी बैङ्कलाई ८० प्रतिशत रकम स्वयम् नेपाल सरकार र अन्य नेपाली सहयोग गरेकोमा राष्ट्र बैङ्कको के दोष ? यस मामलामा नेपाली कांग्रेस र अन्य सरकारहरू दोषी छन् । आफ्नो देशको आन्द्रा–भुँडी देखाउने र ८० प्रतिशत नै २० प्रतिशतको मातहतमा बस्ने बुद्धि पनि कम खतरनाक विषय होइन । थाहा भएकै विषय हो – हरेक बैङ्क र आर्थिक संस्थाहरूले आफ्नो संस्थालाई ग्राहक र रकम पु¥याउनेहरूलाई नजराना, दलाली भाग वा पुरस्कार दिने चलन छ । एभरेष्ट बैङ्कमा धेरै सरकारी रकम राख्न प्रस्ताव राख्ने र सहमति जनाउनेहरू को को हुन् जाँच–बुझ गर्नु आवश्यक छ ।
समयमै स्थानीयलाई विकेन्द्रीकरण र स्वायत्तता दिएमा गणतन्त्रको आवश्यकता नै थिएन भन्दा भन्दै विदेशीहरूको कुरा सुनी गणतन्त्र स्थापना गरेको वर्षौं हुँदा पनि प्रदेशको राजधानीहरूको टुंगो छैन भने स्थानीय निकायको हविगत छ । अन्नपूर्ण – १७ वैशाख– ‘नासुको भरमा नगरपालिका’ चल्दैछ । अर्को विडम्बना छ– कालिकोटमा ‘सरकारी कार्यालयको सम्पत्ति खोजिंदै ।’
शिक्षा प्रचारको ध्वाङ फुक्ने सरकारलाई १७ वैशाखको ‘कान्तिपुर’ को शीर्षकले बतायो – ‘भक्तपुर चाँगुनारायणको इन्जिनियरिङ कलेजमा अनियमितता, झण्डै २० करोड हिनामिना ।’
शान्ति–सुरक्षाको कुरा गर्दा उही ‘कान्तिपुर’ ले लेख्छ –‘बालबालिका घरमै असुरक्षित ।’ ‘फेवाताल अतिक्रमण, पानीमुनिको १६९२ रोपनी पनि व्यक्तिको नाममा ।’ शासक दलहरूले करोडांै रुपैयाँ घुस खाई सरुवा गरेका कर्मचारीहरूको कर्तुत हो यो । यसकारण शासक दलका नेताहरू सत्तामा पुग्दा गर्ने अनियमितताले देश र जनता भड्खालोमा छ ।
श्रमिक बैशाख १८

Leave a Reply

Your email address will not be published. Required fields are marked *