भर्खरै :

एसियाली पूर्वाधार बैंकको सदस्य ८६ पुग्यो

काठमाण्डौं, २ मे । एसियाली पूर्वाधार लगानी बैंकमा दुई सदस्यहरु बढ्ने भएको छ । बुधबार बैंकको बोर्ड अफ गभर्नरको बैठकले पपुआ न्यु गिनी र केन्यालाई बैंकको प्रस्तावित सदस्य देश स्वीकार्ने निर्णय गरेको हो ।
‘पपुआ न्यु गिनी र केन्यालाई बैंकका सदस्यको रुपमा स्वागत गर्न पाउँदा हामीलाई निकै खुशी लागेको छ ।’, बैंकका उपसभापति तथा कर्पोरेट सचिव डानी अलेक्सान्द्रले भने ।
दुई नयाँ सदस्यहरु सहित अब बैंकमा ५ वटा महादेशबाट ८६ वटा देशहरु सदस्य बनेका छन् ।
प्रस्तावित दुई सदस्य देशहरुले आ–आफ्ना आन्तरिक कानुनी प्रतिक्रिया सम्पन्न गर्ने बित्तिकै पूर्ण सदस्यको हैसियत पाउनेछन् ।
एसियाली पूर्वाधार लगानी बैंकको स्थापना सन् २०१६ को जनवरीमा ५७ वटा संस्थापक देशहरुसहित बेइजिङमा भएको थियो । एसियाको सामाजिक र आर्थिक विकास गर्ने र दिगो विकासका पूर्वाधार तथा अन्य उत्पादक क्षेत्रमा लगानी गर्ने लक्ष्य साथ सो बैंकको स्थापना भएको हो । नेपाल पनि सो बैंकको संस्थापक सदस्य देश हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *