क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
(खड्काजी र थापाजी फरक पालिकाका भए पनि दुवै एउटै कलेजमा पढ्छन् । कलेजको चिया पसलमा दुई जनाबिच फागुन २१ गतेको चुनावबारे छलफल हुन्छ ।)
खड्काजी : भदौं २३ र २४ गतेको घटनाको छानबिन आयोगको प्रतिवेदनबारे बताइदिनुहुन्छ ?
थापाजी : शासकहरूले २०४६ सालयताका आन्दोलनबारे यस्ता आयोग बनाई छानबिन गराए पनि प्रतिवेदन कार्यान्वयन गरेनन् । यसपटक पनि भदौ २३ गतेको हत्या र भदौ २४ गतेको देशभरि आगजनीमा संलग्न दोषीलाई कारबाही हुने लक्षण छैन । सरकारले चुनावअघि नै घटनाबारे प्रतिवेदनहरू सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुपर्ने थियो, भएन ।
खड्काजी : नयाँ सरकारले आप्mनो घोषणापत्रअनुसार काम गर्ला त ?
थापाजी : अहिलेसम्मका सरकारहरूले घोषणापत्रअनुसार काम गरेको अभिलेख छैन । यो सरकार पनि उस्तै नहोला भन्न सकिन्न ।
खड्काजी : सरकारहरू साम्प्रदायिक किन भए ?
थापाजी : राजनीतिक पार्टीको दर्शन देश र जनताको निःस्वार्थ सेवा हुनुपर्ने, राजनीतिक पार्टीका नेताको पृष्ठभूमि कुनै गलत काममा नफसेको र देश एवम् जनताप्रति समर्पित हुनु आवश्यक छ । यो किसिमका प्रतिबद्धता नभएका शासक पार्टी र तिनका नेताहरू निर्वाचन जित्न र सरकारमा पुग्न साम्प्रदायिक हुनु स्वाभाविक हो ।
खड्काजी : आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा गराउन एमालेकै केही नेताहरूबाट सुझाव आएको र थप मानवीय क्षति रोक्न राजीनामा उपयुक्त हुने उल्लेख भएको बारे के हो त ?
थापाजी : भदौ २३ गतेको कार्यक्रम आयोजकहरूले नै सो दिन घुसपैठ भएको बताएको हुँदा त्यसपछिका घटनादेखि अहिलेसम्मको अवस्था नेपालीको काबुभन्दा बाहिर पुगेको पुष्टि हँुंदै छ । सरकारको भर नपरी अब सबै नेपाली जनता नेपालको आकाशमा हुनसक्ने बमबारी रोक्ने तर्पmलाग्नु आवश्यक छ ।
खड्काजी : अब देश कसरी बढ्ला त ?
थापाजी : व्यक्ति परिवर्तन भएर केही हुने होइन, नियतमा परिवर्तन हुनु आवश्यक छ । कर्मचारीतन्त्र र सुरक्षा निकाय निष्पक्ष हुनु जरूरी छ । सरकारमा पुगेका दलका अधिकांश सांसदहरू अघिल्ला शासक दल त्यागेर आएको हुनाले कुनै नवीनता अपेक्षा गर्ने ठाउँ छैन । बिहानले दिनको सङ्केत गर्छ ।
२०८२ चैत १४ गते ।
Leave a Reply