भर्खरै :

पूर्वप्रम ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

पूर्वप्रम ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ

भक्तपुर, १४ चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।
सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरिएको हो ।
जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली शनिबार बिहान ५ः०० बजे गुण्डु पुगेको थियो ।
त्यस्तै पूर्वगृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखकलाई प्रहरीले शनिबार बिहान निवासबाटै पक्राउ गरेको छ । जेन(जी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनको सिलसिलामा उहाँलाई पक्राउ गरिएको हो ।
सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आउनुभएका लेखकलाई बिहानै प्रहरीले पक्राउ गरेको हो । एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *