नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, १४ चैत । नेपाल मजदुर किसान पार्टी, भनपा ७ वडा समितिको आयोजनामा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने तथा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम भएको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपा क्रान्तिकारी संसद्वादलाई उपयोग गरी देश र जनताको हितका लागि राजनीति गर्ने पार्टी भएको उल्लेख गर्दै देश र जनताको पक्षमा सडक सङ्घर्ष निरन्तर भइरहने विचार व्यक्त गर्नुभयो ।
युक्रेनलाई सन् १९९३ मा एसपीपी गराएर पछि नाटोको सदस्यता लिएकै कारण युक्रेन रसिया युद्ध भएको सन्दर्भ जोड्दै उहाँले नेपाललाई पनि यही चक्रव्युहमा फसाउन सक्नेतर्फ जनता सचेत हुनुपर्छ भन्नुभयो ।
भदौ २४ गते व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकालाई खरानी बनाएको उल्लेख गर्दै उहाँले कुनै पनि साधारण शक्तिले त्यस्तो गर्न सक्दैन† संरा अमेरिका सैनिक पोशाकमा आउनुपर्छ भन्ने होइन, नेपाली अनुहारका अमेरिकी विचार बोकेकाहरूबाटै अमेरिकाको उद्देश्य पूरा गर्ने काम हुनेछ भन्नुभयो ।
नयाँ पुस्ताका युवा विद्यार्थीलाई देशको माया गर्ने, देशको निम्ति काम गर्ने जनशक्तिको रूपमा तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देश र जनताको सेवा गर्नेहरू कहिले पनि हार्दैनन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपा ७ वडाका वडाध्यक्ष उकेश कवांले निर्वाचनमा हारजित हुनु ठुलो विषय होइन† देशको राजनीति अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इसारामा चलेसम्म देश र जनताको भलो नहुने विचार व्यक्त गर्नुभयो । नेमकिपाले निरन्तर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गर्दै आएको अब झन् सान्दर्भिक भएको उहाँले बताउनुभयोे ।
उहाँले मतदाता तथा सबै सहयोगी महानुभावहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका सदस्य नारायणप्रसाद त्वानाबासुले यसपालिको निर्वाचनमा मतदानपछि मतपेटिकासँगै दलका प्रतिनिधिहरू नलगी सेनाको अधीनमा लाने काम भएको बताउँदै जसरी युक्रेनमा हास्य कलाकार जेलेन्स्कीलाई जिताउन अमेरिकी प्रपञ्च रचियो त्यसरी नै नेपालमा पनि प्रपञ्च रचिएको हुँदा सावधान हुनुपर्छ भन्नुभयो ।
नेमकिपा ७ का अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक कृष्णगोविन्द खाइजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बलराम गोसाई र दीपक खिचाजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply