ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले पहिलोपटक इरानमाथि आक्रमण गरेको केही समयपछि युद्धले तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पु¥याउन सक्ने विश्लेषकले चेतावनी दिए । अब, युद्ध सुरु भइसकेकाले तीन साताभन्दा कम समयमा बजार पर्यवेक्षकले तेलको मूल्य प्रतिब्यारेल १५० देखि २०० डलर नाघ्ने सम्भावनालाई गम्भीरतापूर्वक विचार गरिरहेका छन् । मार्च ९ मा विश्वव्यापी बेन्चमार्क– ‘ब्रेन्ट क्रुड’ को मूल्य लगभग प्रतिब्यारेल १२० डलर पुगेको थियो र मार्च १३ देखि १०० को सीमाभन्दा तल झरेको छैन । मार्च १८ मा इरानको साउथ पार्स ग्यास फिल्डमा इजरायली आक्रमण तथा कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा रहेका तेल र ग्यास सुविधामा इरानी हमलाले बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १०८ डलरभन्दा बढी पु¥यायो ।
शान्तिकालमा विश्वव्यापी तेल आपूर्तिको लगभग पाँच भागको एक भागका लागि हर्मुजको जलमार्ग आगामी सातासम्म प्रभावकारी रूपमा बन्द रहेमा मूल्य धेरै माथि जान सक्ने कुरामा विश्लेषकहरू सहमत छन् ।
बहसको एक मात्र वास्तविक बिन्दु कति डलरले वृद्धि हुन्छ भन्ने हो । ‘ओमान र दुबईजस्ता मध्यपूर्वी बेन्चमार्कले पहिले नै तेलको मूल्य १५० डलरको सीमा पार गर्न सक्ने जनाएका छन् । तसर्थ, प्रतिब्यारेल २०० डलर पहिले नै दृश्यमा छ,’ तेल बजार विश्लेषण प्रदायक ‘भान्डा इनसाइट्स’ की संस्थापक वन्दना हरिले अलजजिरालाई भनिन् । ‘यहाँबाट कच्चा तेल कति माथि जान्छ भन्ने कुरा लगभग पूर्ण रूपमा हर्मुज जलमार्ग कति समय बन्द रहन्छ भन्नेमा निर्भर गर्छ,’ बन्दनाले भनिन् । इरानले द्वन्द्वको सुरुमा जलमार्ग बन्द भएको घोषणा गरेपछि र उक्त मार्ग भएर पारवहनको प्रयास गर्ने कुनै पनि जहाजलाई प्रहार गर्ने धम्की दिएपछि त्यहाँ यातायात लगभग बन्द भयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग पुनः खोल्न नौसेनाका पनडुब्बीका लागि अन्तर्राष्ट्रिय समर्थन खोजिरहेका छन् भने केही देश सुरक्षित मार्गका लागि इरानसँग सम्झौता गर्न हतार गरिरहेका छन् । हालका दिनमा मुठीभर जहाजहरू, प्रायः भारतीय, पाकिस्तानी, टर्की र चिनियाँ झन्डा भएका जहाजलाई मात्र पार गर्न अनुमति दिइएको छ ।
देशहरूले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँगको समन्वयमा आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने प्रतिबद्धता जनाए पनि जलमार्गबाट ढुवानीमा अवरोध भएमा पूर्ण रूपमा क्षतिपूर्ति पाउँदैनन् ।
विश्वव्यापी बजारले दैनिक लगभग एक करोड ब्यारेलको अभावको सामना गरिरहेको
(भण्डारलाई ध्यानमा राख्दा पनि) सिंगापुरस्थित ओसिबिसी ग्रुप रिसर्चले अनुमान गरेको छ । कच्चा तेलको मूल्य चाँडै प्रतिब्यारेल १५० देखि २०० डलर पुग्न ‘वुड म्याकेन्जी’ विश्लेषकले गत साता भनेका थिए । इरानले पनि प्रतिब्यारेल २०० डलर पुग्ने सम्भावना दर्साएको छ । गत साता मात्र एक सैन्य प्रवक्ताले विश्वले यस्तो वृद्धिका लागि तयार हुनुपर्ने चेतावनी दिएका थिए ।
‘यदि बजारले आपूर्तिले माग पूरा गर्नेछ भन्ने विश्वास गर्छ भने रणनीतिक भण्डार र प्रतिस्थापन ब्यारेलले मूल्य स्थिर गर्न सक्छ । तर, यदि हर्मुज हुँदै प्रवाहलाई निरन्तर अवधिका लागि भौतिक रूपमा अवरुद्ध गरियो भने मूल्य १०० डलरभन्दा माथि र २०० नजिक पुग्ने सम्भव छ,’ उद्योग प्रकाशन ‘रिग्जोन’ का अध्यक्ष चाड नोर्भिलले अलजजिरालाई भने । विश्वव्यापी आपूर्तिको ठुलो हिस्सा सम्भावित रूपमा जोखिममा रहेको र आपूर्ति र मागबिचको व्यापक असन्तुलनलाई ध्यानमा राख्दा तेलको मूल्य उक्त बिन्दुमा पुग्ने उनको आकलन छ ।
प्रतिब्यारेल १५० डलर वा सोभन्दा माथिको तेलको मूल्यले विश्व अर्थतन्त्रमा ठुलो भार पर्नेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ कि एक वर्षसम्म निरन्तर तेलको मूल्यमा हुने प्रत्येक १० प्रतिशत वृद्धिले विश्वव्यापी मुद्रास्फीतिमा ०.४ प्रतिशत वृद्धि हुन्छ । २००८ मा विश्वव्यापी वित्तीय सङ्कटको उचाइमा पुग्दा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १४७.५० डलर पुगेको थियो ।
प्रतिब्यारेल २०० डलरमा तेलको मूल्य पुगेमा त्यो ‘विश्व अर्थतन्त्रका लागि ठुलो ह्यान्डब्रेक हुने’ अक्सफोर्ड विश्वविद्यालयका ऊर्जाविज्ञ अडी इम्सिरोभिकले अलजजिरालाई बताए । उनले मूल्यहरू यस्तो स्तरमा पुग्ने सम्भावना ‘पूर्ण रूपमा सम्भव’ भएको बताए । ‘यसले मुद्रास्फीति र रोजगारीमा असर पार्नेछ । केही अवस्थामा इन्धन मात्र नभई मल, प्लास्टिक र यस्तै सामग्रीको पनि अभाव निम्त्याउनेछ,’ उनले अगाडि थपे । लन्डनको मारेक्सकी ऊर्जा बजार विश्लेषक सासा फोसले थप आशावादी दृष्टिकोण प्रस्तुत गरिन्, यद्यपि, २०० डलरको सम्भावना रहेको पनि सङ्ेकत गरिन् ।
अन्ततः तेलको मूल्य हर्मुजको जलमार्ग हुँदै यातायात पुनः सुरु हुने कुरामा धेरै निर्भर हुनेछ, तर आपूर्ति र मागको नियमले पनि धेरै कुरा निर्धारण गर्नेछ । सामान र सेवाका खरिददारहरूले सामान्यतया मूल्यहरू निश्चित स्तरभन्दा माथि बढेपछि उपभोगमा कटौती गर्न थाल्छन्, जुन घटनालाई माग विनाश भनिन्छ ।
(जोन पावर अलजजिराका स्तम्भकार हुन् ।)
– अलजजिराबाट
Leave a Reply