भर्खरै :

मई ४ को आन्दोलन

मई ४ को आन्दोलन

सन् १९१९ को सुरुमा बेलायत, फ्रान्स, संरा अमेरिका, जापान, इटाली र अरु साम्राज्यवादी देशका प्रतिनिधिहरूले पेरिसमा भेला भई पहिलो विश्वयुद्धमा हात पारेका देशहरूको भागबन्डा गरे । चीनको शानतुङ प्रान्त पहिले जर्मनीको मातहतमा थियो । तर, त्यस भागबन्डामा शानतुङ प्रान्त जापानलाई दिने निर्णय भयो । साम्राज्यवादीहरूको त्यस भागबन्डाले चिनियाँ जनतामा साम्राज्यवादीविरोधी भावना झन् चक्र्यो ।
जापानले एकातिर शानतुङ प्रान्त मात्र होइन, चीनको उत्तर–पूर्वका अन्य भागहरू पनि खोज्दै थियो । बेलायती र अमेरिकी साम्राज्यवादीहरू पनि चीनको व्यापार, कलकारखाना, खानी आदि सबै क्षेत्र कब्जा गर्न खोज्दै थिए । ‘युवक’ पत्रिकाले साम्राज्यवादीहरूको चीनको भागबन्डाको विरोधमा सङ्घर्ष गर्न युवा – विद्यार्थी र बुद्धिजीवीहरूलाई आह्वान ग¥यो ।
त्यसैबेला एक रात अमेरिकी सिपाहीहरूले पेचिङका छात्राहरूमाथि छाडा व्यवहार गरे । त्यस घटनाले युवा विद्यार्थीहरूमा भइरहेको साम्राज्यवादविरोधी भावनामा आगोमा घिउ थपेसरह भयो । ४ मई १९१९ मा पेचिङमा विद्यार्थीहरूले साम्राज्यवादको विरोधमा एक ठुलो जुलुस निकाले । ‘जापानी दलालहरू निस्किजा’ र ‘देश बेचुवा मन्त्री मुर्दावाद’ जस्ता नाराहरू विद्यार्थीहरूले लगाएका थिए । ३० भन्दा बढी विद्यार्थी पक्राउ परे । विद्यार्थी पक्राउले सङ्घर्ष सेलाउनुको सट्टा झन् चर्कियो ।
पेचिङ विश्वविद्यालयमा हडताल भयो । ‘पक्राउ परेका विद्यार्थीहरू रिहा गर’ भन्ने नारा लगाउँदै जापानसँगको सन्धिमा सही गर्ने चिनियाँ राजदूतको घरमा जुलुस पुग्यो । प्रदर्शनकारीहरूले राजदूतलाई लात र जुत्ताले सजाय दिए । त्यस घरमा बसेका तीन जापानीहरू भागे तथा थप ३२ जना विद्यार्थीहरू पक्राउ परे । आन्दोलन देशभरि फैलियो, सहरहरूका सबै विद्यालय र कलेजहरू हडताल भए । शाङघाईका मजदुरहरू हडतालमा उत्रे तथा पसलहरू बन्द गरे । चीनमा साम्राज्यवादविरोधी भावना अझ अगाडि बढ्यो । कम्युनिस्ट पार्टीको स्थापना सर्वहारा वर्गको निर्माण र नयाँ सांस्कृतिक आन्दोलनले बुद्धिजीवी समुदाय, विभिन्न देशमा अध्ययन गरिरहेका चिनियाँ युवा–विद्यार्थीहरूमा माक्र्सवाद–लेनिनवाद र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको प्रभाव बढ्दै गइरहेको थियो । सोअनुसार कारखानाका मजदुर, कोइलाखानीका मजदुरहरू र विभिन्न प्रान्तका गाउँ–गाउँका किसान जनतामा पनि साम्राज्यवाद र सामन्तवादविरोधी सङ्गठनको विकास हुँदै थियो ।
चीनको विभिन्न प्रान्तका सङ्घर्षशील मजदुर किसान र प्रगतिशील बुद्धिजीवीहरूका प्रतिनिधिहरूको एक गुप्त बैठक २१ जुलाई १९२१ को शाङ्घाईमा भयो । त्यस बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको विधिवत स्थापना ग¥यो । पार्टीले चीनका विभिन्न प्रान्तहरूमा मात्रै होइन फ्रान्स, जर्मनी, रुस, जापान आदि देशहरूमा समेत कम्युनिस्ट सङ्गठन गर्ने निधो ग¥यो । कम्युनिस्ट पार्टीको स्थापनाले देशका विभिन्न प्रान्त, सहर र गाउँ–गाउँमा मजदुर, किसान र खनिज मजदुरहरूको सङ्गठन र सङ्घर्षमा तीव्रता देखा प¥यो ।
कम्युनिस्ट र कोमिनताङको संयुक्त मोर्चा
एकातिर सन यात सेनको कोमिनताङ पार्टीमा सुधारवादी, संविधानवादी र अन्य अवसरवादी तत्वहरू पनि देखिए भने सन यात सेन र उनको क्रान्तिकारी पुँजीवादी पार्टीमा राष्ट्रिय पुँजीपतिवर्ग र मध्यमवर्गको समर्थन पनि थियो । तर, पुँजीपतिवर्गको साम्राज्यवाद र सामन्तवादविरोधी दृढ अडान र त्यसअनुसारको सङ्गठन नहुँदा हरेक विद्रोहहरू असफल हुँदै थियो ।
अर्कोतिर कम्युनिस्ट पार्टी र मजदुर, किसान र सशस्त्र दलहरूको सङ्गठन र प्रभाव बढ्दै थियो । यस्तो अवस्थामा सन् १९२४ मा कम्युनिस्ट पार्टी र कोमिनताङ पार्टीको माझमा संयुक्त मोर्चा बनाई चीनलाई साम्राज्यवादबाट मुक्त गर्ने र सामन्ती जमिनदारहरूबाट किसान जनतालाई शोषणबाट मुक्त गर्ने अठोट ग¥यो ।
डा. सन यात सेनले त्यसबेला कोमिनताङको तीनवटा सिद्धान्त अघि सारेका थिए–सोभियत रुससँग एकता, चिनियाँ कम्युनिस्ट पार्टीसँग संयुक्त मोर्चा र मजदुर र किसान आन्दोलनको समर्थन !
१२ मार्च १९२५ मा क्यान्सर रोगबाट सन यात सेनको मृत्यु भयो ।
मर्नुभन्दा एकदिन अगाडि उनले सोभियत सङ्घ र सोभियत सङ्घको बोल्शेविक पार्टीको केन्द्रीय समितिलाई पत्र लेखेर दुई देशको सहयोगबारे एक सन्देश पठाएका थिए । ११ मार्च १९२५ मा उनले आफ्नो इच्छापत्रमा लेखे – ४० वर्ष चीनलाई अरू राष्ट्रहरूको दाँजोमा समान र स्वतन्त्र देशको रूपमा उभ्याउन समर्पित गरेँ, सबैको सहयोगले जनतासँग मिलेर क्रान्तिको काम गर्न बाँकी छ । यो काम तपाईंहरूलाई सुम्पन्छु ।
जनवरी १९२६ देखि कम्युनिस्ट र कोमिनताङको क्रान्तिकारी सेना चीनको उत्तरतिर धावा गर्ने अभियानमा लागे । किसानहरूले उत्तरी अभियानमा क्रान्तिकारी सेनालाई बाटो देखाउने, दूतको काम गर्ने, सामान ओसार्ने आदि काम गर्थे । जुलाई, सेप्टेम्बर र अक्टोबरमा क्रमशः चाङशा, हाङकाउ र उहानजस्ता महत्वपूर्ण ठाउँहरू कब्जा ग¥यो र नोभेम्बर १९२६ मा नानचाङ कब्जा गन्यो ।
प्रचार, सङ्गठन, जनशक्ति, रसद पु¥याउने, गुप्त खबरहरूको आदानप्रदान र समस्याहरू सुल्झाउने उपायहरू सबै कम्युनिस्टहरूले नै गर्थे । मुख्य, मुख्य र गा¥हो काम र ठाउँहरूमा लड्न कम्युनिस्टहरू नै अगाडि थिए । दक्षिणको मोती (पर्ल) नदीदेखि उत्तरको याङसी नदीसम्मका शत्रुहरूलाई हराउने काममा कम्युनिस्टहरू नै अगाडि थिए । तर, सन यात सेनको मृत्युपछि कोमिनताङको नेतृत्व दक्षिणपन्थीहरूको हातमा गयो ।
क्रान्तिमाथि विश्वासघात
११ फेब्रुअरी १९२७ को दिन कोमिनताङको दक्षिणपन्थी गुटले एक गुप्त बैठकमा कम्युनिस्टहरूको विरोध गरे तथा ११ मार्चको दिन कम्युनिस्टहरूको कब्जामा रहेको नानचाङको नगरपालिकाको क्रान्तिकारी सङ्गठनलाई च्याङ काई– सेकले भङ्ग गर्न आदेश दियो । २७ मार्चको दिन उसले गुण्डा दलहरू पठाएर नानचाङ नगरपालिकाको क्रान्तिकारी सङ्गठनमाथि हमला गर्न दियो ।
६ अप्रिल १९२७ को दिन च्याङ काइ सेक र वाङ चिङ–वइले कम्युनिस्टहरूमाथि व्यापक हमला गर्ने निर्णय गरे तथा बेलायत, जापान र संरा अमेरिकी साम्राज्यवादीहरू मिलेर जलसेना र तोपेढुङ्गाहरूमार्फत नानचाङमा गोलाबारी गरे । सारा जनता एकातिर थिए र साम्राज्यवादीहरू र दक्षिणपन्थी कोमिनताङ गुट अर्कातिर थिए । घमासान युद्ध भयो । दुवैतिर धेरै हताहत भए ।
१२ अप्रिल १९२७ को दिन च्याङ काइ सेकले शाङ्घाईमा अचानक मजदुर, किसान र कम्युनिस्टहरूमाथि हमला ग¥यो र ठुलो हत्याकाण्ड मच्चायो ।
कम्युनिस्ट पार्टीको स्वतन्त्र सङ्घर्ष
२५ अप्रिल १९२७ को दिन उहानमा चिनियाँ कम्युनिस्ट पार्टीको पाँचौँ महाधिवेशन भयो । पार्टी महासचिव चेन तु श्यु राजनैतिक, सैद्धान्तिक र सङ्गठनात्मकरूपले कम्युनिस्ट पार्टीलाई कोमिनताङको सहयोगीमात्र बनाउन चाहन्थे । उनी जमिनदारहरूलाई पनि किसानको पङ्क्तिमा राख्न चाहन्थे र क्रान्तिमा कम्युनिस्ट पार्टीको अगुवाइलाई विरोध गर्थे । तर, माओ त्सेतुङ र अन्य नेताहरू कोमिनताङको पुच्छरवादको विरोध यो पार्टीको स्वतन्त्र अगुवाइ जमिनदार र पुँजीपतिवर्गको विरोधमा किसानहरूको सेना र सशस्त्र वर्गसङ्घर्ष किसानहरूलाई जमिनदारहरूको जग्गा खोसेर भूमि वितरण, शोषक वर्गको पुरानो हैकम समाप्त पार्ने, मजदुरवर्गको हुकुम कायम गर्ने पक्षमा थिए । बैठकले चेन तु को दक्षिणपन्थी नीतिको चर्को आलोचना र विरोध ग¥यो ।
१८ जुलाई १९२७ को दिन नानचाङ्गको नजिकै कम्युनिस्टहरूको एक बैठकले च्याङ् काइ–सेक गुटले संयुक्त मोर्चाको विघटनको घोषणाको विरोधमा विद्रोह गर्ने निधो गरे । त्यसपछि नानचाइ, शाङ्घाई, क्वाङचाओ, क्यान्टन आदि सहर र ठाउँहरूमा विद्रोह गरे । कम्युनिस्ट सरकार स्थापना गर्ने निर्णय ७ अगस्ट १९२७ को दिन हान्कोमा कम्युनिस्ट पार्टीको एक जरुरी बैठक बस्यो । त्यस बैठकमा पाँचवटा कार्य गर्ने निर्णय गरियो । पार्टीलाई कोमिनताङसँग – पूरै अलग्याउने, किसान–मजदुरको क्रान्तिकारी सेना गठन गर्ने, ठुल्ठुला जमिनदारहरूको सम्पत्ति जफत गर्ने, हुनानमा कम्युनिस्ट पार्टीको सरकार स्थापना गर्ने र एक लाल इलाका स्थापना गर्ने ।
सहायक ग्रन्थहरू
Recollections of THE REVOLUTION OF 1911, WU YUZHANG, AGREAT DEMOCRATIC REVOLUTION OF CHINA. Published by the Foreign Languages Press, 24 Balwanzhuang Road, Beijing, China।
A SHORT HISTORY OF CHINA, 1840–1919 by LIN YI, Foreign Languages Press, Peking1965।
The Talping Revolution (1851–64), First Edition 1976, Printed in the Peoples Republic of China form ÚHistory of Modern China’ series, Shanghai PeopleÚs publishing House।
The Reform Movement of 1898
The Yi Ho Tuan Movement of 1900, Foreign Languages Press, Peking
The Revolution of 191, Foreign Languages Press, Peking, (All were compilled by members of the History Devolopment of Fulan Univer) sity and Shanghai Teachers’ University)
The Opium War (1840–20)
स्रोत : चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *