कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, १५ चैत । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इटापाके जग्गा एकीकरण आयोजनामा स्थानीय उपभोक्ताहरूका न्यायोचित मागहरू सम्बोधन गर्ने विषयमा सरोकारवालाहरूसँग सकारात्मक छलफल भइरहेको छ । यसै क्रममा नगरकोट सडक छेउमा आयोजनापूर्व नगरपालिकाको नियमानुसार नक्सापास गरी घर निर्माण गरेका घरधनीहरूको आइतबार नगरपालिका सभाकक्षमा छलफल सम्पन्न भयो ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष एवम् वार्ता समितिका उकेश कवांले जनभावनाको कदर गर्दै स्थानीय उपभोक्ताहरूको अधिकतम् हितमा आयोजनालाई अगाडि बढाउन प्रयत्नशील रहेको बताउनुभयो ।
सल्लाघारीदेखि देकोचासम्मको नगरकोट सडकको छेउमा आयोजना अन्तर्गत परेका घरजग्गाका जनताको समस्यालाई नगरपालिका र आयोजनाले गम्भीरतापूर्वक अध्ययन गरिरहेको उल्लेख गर्दै उहाँले सरोकारवालाहरूको माग र आयोजनाका प्राविधिकहरूको विश्लेषणका आधारमा यथासक्य चाँडो समस्या समाधान गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी स्थानीय जनताले नगरकोट सडकको हालको अवस्था आयोजनापूर्व नै तय भई भौतिक निर्माणसमेत भएको हुँदा आयोजनाबाट थप कटौती गर्न नहुने, जग्गाको मूल्याङ्कन रकम बढेको, जग्गा कटौती प्रक्रियामा प्राविधिक त्रुटी रहेको आदि गुनासाहरू व्यक्त गर्दै जनप्रतिनिधिहरूबाट हाल भइरहेको प्रयत्न सकारात्मक रहेको बताउनुभयो ।
Leave a Reply