सामूहिक साकोसको आयोजनामा विस्तारित मञ्च कार्यक्रम
- बैशाख २७, २०८३
भक्तपुर, १६ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा हुने तीनमहिने आधारभूत कम्प्युटर तालिमको अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कुनै पनि क्षेत्रमा रोजगारीको निम्ति चाहिने अत्यावश्यक सीपमध्ये कम्प्युटर भएको उल्लेख गर्दै अहिलेको युगमा कम्प्युटरको जानकारीविना कुनै पनि उपलब्धि हासिल गर्न कठिन हुने भएकोले नगरपालिकाले कम्प्युटर तालिम सञ्चालनलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
तालिमलाई औपचारिकतामा मात्र सीमित नराखी सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
“जीवनमा सोचेअनुसार सबै पूरा नहुने, जीवनको मोडमा हरेक समस्या आइपर्न सक्ने भएकोले समस्यासँग जुधी अगाडि बढ्नेले मात्र सफलता हासिल गर्नसक्छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
अरूसँग तुलना नगरी म सक्छु भन्ने आत्मविश्वासका साथ अघि बढ्न र सधैँ सकारात्मक सोच राख्न उहाँले प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य रत्नसुन्दर लासिवाले ज्ञानको दायरा फराकिलो बनाउने माध्यम नै तालिम भएको बताउनुभयो ।
प्रशिक्षक ई. रमेश प्रजापतिले तालिमबारे सङ्क्षेपमा जानकारी गराउँदै तालिममा नियमितरूपमा उपस्थित हुन सकेमात्र राम्ररी सिक्न सकिने बताउनुभयो ।
Leave a Reply