स्टुआर्ट वंश र बेलायती प्रजातान्त्रिक क्रान्ति
- भाद्र ३०, २०८३
(यस लेखमा उत्तरी अभियानको बेलामा भएको साङ्घाईका मजदुरहरूको सशस्त्र विद्रोहलाई बयान गरिएको छ । लेखक चाङ वैचेन चीनको राष्ट्रिय मजदुर महासङ्घका एक सल्लाहकार हुन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको हौटोङ जिल्ला समितिका एक सदस्यका साथै साङ्घाईका मजदुरहरूको तेस्रो सशस्त्र विद्रोहको बेला हौटोङ मजदुर महासङ्घका अध्यक्ष थिए । सम्पादक)
१९२१ मा आफ्नो स्थापनापछि चिनियाँ कम्युनिस्ट पार्टीले साम्राज्यवाद र सामन्ती युद्ध सरकारहरूको विरोधमा डा. सन यात–सेनले नेतृत्व गर्नुभएको कोमिनताङसँग मिलेर एक संयुक्त मोर्चा गठन गर्यो । च्याङ काइ–सेकद्वारा प्रतिनिधित्व गरिएको दक्षिणपन्थी कोमिनताङले क्रान्तिलाई विश्वासघात गरेको हुनाले १९२६ मा सुरु भएको उत्तरी अभियान असफल भयो । त्यसपछि चिनियाँ क्रान्ति कामरेड माओ त्सेतुङले देखाउनुभएको बाटोमा अगाडि बढ्न थाल्यो । त्यो बाटो हो – गाउँले क्रान्तिकारी आधार इलाकाहरू स्थापना गर्ने, गाउँले इलाकाबाट सहरलाई घेर्ने र अन्तमा सहर कब्जा गर्ने ।
१९२३ को जुलाईमा कम्युनिस्ट पार्टी र कोमिनताङले संयुक्त भएर निर्माण गरेको राष्ट्रिय क्रान्तिकारी सेनाले क्वाङतुङ छोड्यो र साम्राज्यवादी शक्तिहरूबाट समर्थित देशमा शासन जमाइरहेका सामन्ती युद्ध सरकारहरूलाई दण्ड दिने एक सैनिक चढाई (अभियान) उत्तरतिर हिँड्यो । चीनको राष्ट्रिय मजदुर सङ्घले सबै ठाउँमा मजदुर सङ्घहरू र मजदुरहरूसँग उत्तरी चढाईलाई समर्थन गर्न एक वक्तव्य प्रसारित गर्यो ।
उत्तरी अभियानको सेना साङ्घाईको नजिक पुग्दा युद्ध सरदारहरूको सशस्त्र शक्तिको बथान भने लडाइँको किल्लालाई फेरि बलियो बनाउन आइपुग्यो । तुलनात्मक रूपले सहरभित्र तिनीहरूको शक्ति निर्बलियो थियो । साङ्घाईका मजदुरहरूले १९२६ अक्टोबरदेखि १९२७ मार्चसम्ममा तीनचोटि सशस्त्र विद्रोहहरू गरेका थिए ।
कामरेड चाउ एन लाइको नेतृत्वमा
पहिलो र दोस्रो विद्रोहहरू असफल भएपछि चाउ एन–लाइ र अरु कामरेडहरूको नेतृत्वमा एक तेस्रो विद्रोह सुरु गरियो । यसपटक, मजदुर विद्रोहीहरू साङ्घाई कब्जा गर्न सफल भए र एक नागरिक सरकार स्थापना गरियो । चिनियाँ मजदुर आन्दोलनको इतिहासमा त्यो एक गौरवपूर्ण पाना थियो ।
साङ्घाई मजदुरहरूको महासङ्घले एक ठुलो हड्तालको आह्वान गरेपछि तेस्रो विद्रोह सुरु भएको थियो । २१ मार्च १९२७ को दिन साङ्घाईमा उज्यालो घाम लागेको थियो, दिउँसो कारखाना र रेलका मजदुरहरू, पसलमा बस्ने बनोटाहरू (कर्मचारीहरू–अनु.) हुलाक र सञ्चार (तार–टेलिफोन–अनु.) का मजदुरहरू, जहाजी र भरिया मजदुरहरू अनि जीवनका सबै क्षेत्रका मजदुर र कामदारहरूसँगै सङ्घर्षमा हाम फाले । तुरुन्तै पुगनपुग ८ लाख हडतालीहरूको एक ठुलो शक्तिशाली सेना बनाइयो । कारखानाहरू ङवाङपो नदीमा बिसाएका भापबाट चल्ने जहाजहरूको शङ्ख (सैरेन–अनु) ले ठुलो आवाज दिनासाथै साम्राज्यवादी देशहरूले कब्जा जमाइराखेका सहुलियत प्राप्त क्षेत्रहरूको जीवन मसानजस्तै सुनसान भयो ।
मजदुर र पसलका कामदारहरू सहुलियत प्राप्त क्षेत्रहरूबाट चिनियाँ अधिकार क्षेत्रको सहरभित्र ओइरिन थाले । हडतालीहरूले सडक र चौबाटोमा सभाहरू गरे तथा ‘साम्राज्यवादी शक्तिहरू मुर्दावाद र युद्ध सर्दारहरूलाई जरैदेखि उखेल’ भन्ने क्रान्तिकारी गीतले वातावरण नै गुन्जायमान भयो । पाखुरामा रातो कपडा बाँधेका मजदुरहरूका स्वयम्सेवकहरू सडकका कुना कुनामा पहरा दिइरहेका थिए । पित्तलको परोपकारको चिह्न (रेडक्रस अनु.) भिरेका लोग्नेमानिस र स्वास्नीमानिसहरूको प्राथमिक उपचार दलहरू तयार भएर बसेका थिए । प्रतिक्रियावादी अधिकारीहरूका धेरैजसो पुलिसहरू घरभित्रै थिए, सिपाहींहरू हस्याङफस्याङ गर्दै आफ्ना केही किल्लाहरू बलियो बनाउने काम गरिरहेका थिए ।
३० घण्टाको भयङ्कर सङ्घर्ष
दिउँसो १ बजेको ठुलो हडताल सशस्त्र विद्रोहमा विकास भयो । मजदुरहरूका स्वयम्सेवक दलहरू र मजदुरहरूले शत्रुको विरोधमा एकपछि अर्को सात जिल्लामा चौतर्फी ठुलठुला धावाहरू बोले । हुतोङ जिल्लाका स्वयम्सेवक दलहरू आफ्ना १० वटा राइफल र हाते बमहरूको एक टोकरीको भरमै मट्टीतेलका टीनहरू तोपको आवाज आउने गरी ठटाउँदै पुलिसको मुख्यालयमा हुर्रिए । शत्रु सा¥है डराए । मजदुरहरूले कुन हतियार प्रयोग गर्दै थिए भन्ने कुरा तिनीहरूलाई थाहा थिएन । मजदुर स्वयम्सेवक दलहरूले पहिलेदेखि नै पुलिसको मुख्यालयमा बलजफ्ती घुस्ने र आफू सशस्त्र हुन हतियार कब्जा गर्ने बन्दोबस्त गरेका थिए ।
हुनान जिल्लाको फ्रान्सेली ट्राम कम्पनीबाट १०० जवान स्वयम्सेवकहरूले बाटा–घाटाहरूलाई सबैभन्दा पहिले कब्जा गरे तथा पुलिसको मुख्यालयमा धावा बोल्दै घुसे । तिनीहरूसँग ३ वटा पेस्तोल र स्थानीय दमकलबाट पैँचो ल्याएका ४० वटा बञ्चरो थियो । दलका सबै पुलिसले आत्मसमर्पण गरे तथा मजदुरहरू भने हतियार कब्जा गरेर सशस्त्र भए । स्वयम्सेवक दलको सङ्ख्या तुरुन्तै एक हजार जवान पुग्यो ।
विभिन्न जिल्लाका मजदुर स्वयम्सेवकहरू बहादुरीपूर्वक लडे । तिनीहरूले पुलिस चौकीहरू र नगर सैनिक छाउनीहरू कब्जा गरे । स्थानीय निवासीहरूले पनि त्यसमा भाग लिए र छेउछाउका पुलिस चौकीहरू खाली हातले नै कब्जामा लिए । बाटाघाटामा जहाँतहीँ लडाइँ भइरहेको थियो । केही सिपाहीँहरू त भाग्नलाई आफ्नो पोशाक लुकाउँदै थिए । छाउनी र चौबाटोका चौकीहरूमा हतरपतर आत्मसमर्पणका सेता झण्डाहरू फहरिन थाले ।
मजदुरहरूको स्वयम्सेवक दलहरूको बहादुरीले जनतामा प्रभाव पर्यो । आईमाई, बुढाबुढी र केटाकेटीसहित स्थानीय निवासीहरू बोक्ने–ओसार्ने र प्राथमिक उपचार दलहरूको रूपमा सङ्गठित भए । कसैले बाटो देखाउने, बारहरू लगाउने र घाइतेहरूलाई पहरा दिनेजस्ता कार्यहरू गर्न थाले । जनताको स्वेच्छाले पाएको समर्थनले विद्रोहमा बल थपियो ।
दिउँसो २ बजेदेखि ४ बजेभित्र विद्रोही मजदुरहरूले ७ मध्ये ६ वटा नगर जिल्ला कब्जा गरिसकेका थिए । खालि च्यापै जिल्लामा चर्को लडाइँ भइरहेको थियो । शत्रुले आफ्नो शक्तिलाई त्यहीं केन्द्रित गरेको थियो र खाडल खनेर बसेको थियो । प्रतिक्रियावादी सेना र पुलिसले २० भन्दा बढी ठाउँमा किल्ला जमाइसकेको थियो । तिनीहरूसँग मेसिनगन, तोप र सैनिक गाडीहरू थियो ।
साँझसम्म पनि शत्रु तीनवटा किल्लामा अड्डा जमाइरहेकै थियो । तीनवटामध्ये एउटा भने अग्लो तोहफाङ नामको पुस्तकालय थियो जहाँ प्रतिक्रियावादी सेनाहरूले कडा रक्षा गरेका थिए । विद्रोही मजदुररूले त्यस ठाउँलाई चारैतिरबाट घेरेका थिए तरभित्र धावा बोल्न सकेका थिएनन् । त्यहाँ आगो लगाउने प्रस्ताव आउँदा किताबहरू ध्वस्त हुने कुरा कामरेड चाउ एन–लाइले मन पराउनुभएन र त्यो प्रस्ताव रोकियो । त्यसको बदला एक राजनैतिक हमला सुरु गरियो । मजदुरहरू बाहिरबाट कराए ‘आफ्ना हातहतियारहरू फाल्यौ भने तिमीहरूलाई माफ दिइनेछ । घर जान चाहनेहरूलाई बाटो खर्च दिइनेछ ।’ एकैछिनपछि दोस्रो तलाको झ्यालबाट एउटा सेतो झण्डा देखियो । भवनभित्रका बन्दुकहरू पड्किन छोड्यो ।
२२ मार्चको बिहान सबेरै शत्रुले च्यापैमा रेलबाट फेरि सेना केन्द्रित गर्ने कोसिस गर्यो । त्यो कुरा सुन्नासाथै रेलका मजदुरहरू र क्रान्तिकारी विद्यार्थीहरूले पहिले नै रेलको बाटोको केही भागलाई उखेली दिए र अचानक धावा बोल्न एक दल लुकेर बसे । रेल बाटोबाट खस्नासाथै मजदुरहरूले धावा बोले । १५ मिनेटभित्र आच्छुआच्छु परेका १०० जवान सिपाहीँहरूलाई हतियारसहित पक्रे । साँझ साङ्घाई मजदुरहरूको तेस्रो सशस्त्र विद्रोहका क्षेत्रीय कमान्डले अरु जिल्लाका मजदुर स्वयम्सेवक दलहरूलाई जम्मा पारे र च्यापैका मजदुर स्वयम्सेवक दलहरू सँगसँगै शत्रुको अन्तिम मुख्य किल्ला उत्तरी रेलवे स्टेशनमा चारैतिरबाट धावा बोल्ने कार्य सुरु गर्यो । अँध्यारो नहुँदै त्यसको पतन भयो । २ हजारभन्दा बढी अफिसर र मानिसहरूले आत्मसमर्पण गरे ।
मजदुरहरूको जीत
विद्रोह विजयमा टुङ्ग्यो । ३० घण्टाको चर्को भिडन्तमा विद्रोहीहरूले झण्डै ४ हजार राइफल र पिस्तोलहरू एवम् १०० वटा मेसिनगनहरू कब्जा गरे । त्यसले पुगनपुग ४ हजार मजदुर स्वयम्सेवकहरू पूर्ण रूपले सशस्त्र भए । गाढा नीलो पोशाक र आठकुने तारा भएका टोपीहरू र घाँटीमा रातो रुमाल बाँधेका स्वयम्सेवकहरू सा¥है लडाकू देखिन्थे ।
विद्रोहको विजयपछि साङ्घाईका नागरिक प्रतिनिधिहरूको एक महासभा बोलाइयो र एक नागरिक सरकारको स्थापना गरियो । मजदुरहरूको राजनैतिक स्तर तुरुन्तै माथि उठ्यो र तिनीहरूको काम गर्ने र बस्ने अवस्थामा सुधार भयो । कहिले पेटभरि खान र जीउभरि लाउन नपाएका पुरानो समाजका दासहरूले पहिलोचोटि एक मानिसजस्तै इज्जतपूर्वक श्वास फेर्न सुरु गरे ।
विद्रोहलाई दबाउन साङ्घाईतिर हुर्रिएका प्रतिक्रियावादी सेनाहरूसँग मजदुर स्वयम्सेवकहरू चर्को सङ्घर्षमा फसिरहँदा पनि कोमिनताङभित्र दक्षिणपन्थीहरूको प्रतिनिधित्व गर्ने च्याङ काइ–सेक केही नगरी चुपचाप अल्छी भएर बसेको थियो । दुवै विरोधीहरू आपसमा थाकिसकेपछि लडाइँबाट प्राप्त फललाई खोस्न ऊ पर्खेर बसेको थियो । छिट्टै च्याङले कोमिनताङ र चिनियाँ कम्युनिस्ट पार्टीको बिचको संयुक्त मोर्चालाई विश्वासघात गर्यो र १२ अप्रिलको दिन व्यापक जनतालाई थुनछेक र पक्राउ गर्ने तथा कम्युनिस्टहरूलाई निर्दयतापूर्वक हत्या गर्दै एक क्रान्तिविरोधी विद्रोह गर्यो । सारा देश श्वेत (प्रतिक्रियावादी अनु) आतङ्कको शासनमा डुब्यो ।
त्यसबेला प्रतिक्रियावादी शासन भने शक्तिको हिसाबले बलियो थियो । यसकारण, विद्रोहको फल पनि गुम्यो । धेरै विद्रोहीहरूले वीरतापूर्वक आफ्नो जीवनलाई होमिदिए । तर, विद्रोहले चिनियाँ मजदुरवर्ग र त्यसको अग्रदूत कम्युनिस्ट पार्टीको लडाकु भावना र शक्तिलाई देखाइदियो । देशका सारा जनताको निम्ति यो सबभन्दा प्रेरणादायक कुरा थियो र त्यसले पुँजीवादी देशको तत्कालीन मजदुर आन्दोलनहरूलाई पनि प्रेरित गर्दथ्यो ।
पेचिङ रिभ्यू
८ जुन १९७९, नं. २३
Leave a Reply