अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
निर्वाचनको पर्यायवाची शब्द चुनाव हो । यसलाई घोषणापत्रको सैद्धान्तिक प्रतिस्पर्धा ठानिन्छ । नागरिक मताधिकार प्रयोग गर्ने प्रजातान्त्रिक पद्धति निर्वाच नै हो । यो मतदाताको वैचारिक धरातल, व्यावहारिक प्रवृत्ति एवं चेतनास्तरमा भर पर्छ । मतदाताहरूको राजनैतिक ज्ञान, बुद्धि, विवेक र दलीय एवं स्वतन्त्र उम्मेदवार छान्ने क्षमता, निर्णायक शक्ति एवं मूल्याङ्कन गर्न सक्ने हैसियत जाँच्ने, नाप्ने आधार पनि यही हो । यसलाई जनताको राजनीतिक सिद्धान्त, औकात, ठीक बेठीक छुट्याउन सक्ने मापदण्ड मान्न सकिन्छ । पार्टीगत सङ्गठन, समिति निर्माण, साङ्गठनिक क्रियाकलाप, चुनावी घोषणापत्र लगायत पार्टी प्रकाशन, प्रचारप्रसार पर्चा सामग्री अध्ययन, तिनको व्याख्या विश्लेषण अन्तत्र्रिmया, छलफल, सामूहिक विचार विमर्श, कार्यकर्ता परिचालन, द्रव्य प्रयोग एवं स्रोत साधन उपयोगजस्ता पक्षहरू निर्वाचनलाई प्रभाव पार्दछन् । नाता सम्बन्ध, साथीत्व, व्यक्तिगत हेलमेल, आर्थिक पदीय लोभलालच, डर, धाक धम्की, दुर्बल मानसिकताजस्ता तत्वहरू पनि यसमा नकारात्मक भूमिका खेल्न सक्छन् । अरुको लहलहै, करकाप, निहित स्वार्थ सिद्धिका लागि कहिलेकाहीँ सामयिक परिवेशअनुसार मतदाताहरू विचलित हुने गरेको पाइन्छ । गाउँबस्ती तथा नगर टोलको पारिवारिक स्थिति, सामुदायिक जनजागृति, विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम व्यवस्था, पठनपाठन, राजनैतिक चासो, संस्कार, परम्परा आदि कुराहरूका आधारमा निर्वाचन सहभागिताको परिणतिबारे पूर्वानुमान गर्न सकिन्छ ।
चुनावमा भाग नलिई बहिष्कारका पक्षमा उभिदा मताधिकारको सदुपयोग हुन सक्दैन । यसबाट प्रतिक्रियावादी शक्तिलाई फाइदा पुग्न जान्छ । क्रान्तिकारी राजनैतिक दलले पुँजीवादी एवं प्रतिक्रियावादी सङ्घसंस्थामा पसेर पनि जनताको सेवा गर्ने प्रयोजनार्थ चुनावमा सहभागिता जनाउनु आवश्यक हुन्छ । उसो त चुनावबाट समाजवाद आउन सक्दैन । समाजवादी बन्दोबस्तका निम्ति त जनतालाई वर्गीय रूपमा राजनीतिक शिक्षा दिई सचेत र सङ्गठित पार्दै अन्ततोगत्वा सशस्त्र सङ्घर्ष नै गर्नुपर्छ । व्यापक जनमानसको क्रियाशीलतालाई सबल नेतृत्वले मार्ग निर्देशन तथा दिशाबोध गर्न सक्यो भने आन्दोलनले प्रभावकारी गति लिन्छ र सफलता पनि प्राप्त गर्छ ।
हाम्रो देश नेपालमा बङ्गलादेशी घटनाक्रमको असर परी विद्यार्थी जगत्मार्फत राजनीतिक गतिविधि विस्तार भई २०३६ को जनमत सङ्ग्रह घोषणापश्चात् २०३७ वैशाख २० गते सम्पन्न जनमत सङ्ग्रहको निर्वाचनमा निलो चिन्हअङ्कित बहुदलका पक्षमा जनलहर उर्ले पनि पहेलो रङ्का मतपत्रले बहुमत ल्याए पाएको र निरङ्कुश पञ्चायती शासन प्रणाली झण्डै १ दशक थप टिक्न पुगेको उदाहरण छँदैछ । निर्वाचन स्वच्छ, पारदर्शी र धाँधलीरहित भएमा परिणाम जनमत अनुकूल हुन्छ भने सो हुन नसके प्रतिकूल नतिजा आउन बेर लाग्दैन । तत्कालीन जनमत सङ्ग्रहमा पञ्चायत भितर पक्षले इतर पक्षकाविरुद्ध षडयन्त्र रचेकाले उपलब्धि गुमाइयो, प्राप्ति हात लाग्न सकेन । सुनियोजित तवरले राज्यस्तरबाट निर्वाचन गराउने प्रपञ्चकारी जाल थापिएमा मतदाताको तथ्याङ्कीय हिसाब किताब मिलाउने, अधिक मतपत्र छाप्ने, नक्कली मतपत्र हाली बाकस साट्नेजस्ता अवान्छित क्रियाकलाप हुने सम्भावना रहन्छ । २०४६ चैतमा पुनस्र्थापित बहुदलीय प्रजातान्त्रिक व्यवस्थाका संवैधानिक राजतन्त्र र लोकतन्त्र भनिने पुँजीवादी गणतन्त्रअन्तर्गत २०६४ मा भएको संविधानसभा निर्वाचनले तत्कालीन नेकपा माओवादीलाई बहुमतको माला पहिराए पनि सो जनादेशबमोजिम चल्न नसकेको र पुनः सोही विषयार्थ पछि चुनाव गराउनु परेको इतिहास ताजै छ । यसबाट चुनाव जित्दैमा सबैथोक हँुदैन बरु सैद्धान्तिक अडानमा इमानदारीपूर्वक व्यावहारिक कार्यपद्धति देखाउन सके योजना कार्यान्वयन हुन सक्ने आशा बाँच्छ र पलाउँछ भन्ने बोध हुन्छ ।
सत्ता र प्रतिपक्ष नछुट्याई चलाइएको नेकपा एमाले तथा नेपाली काङ्ग्रेस गठबन्धन सरकारभित्रको असन्तुष्टि, नेपाली कम्युनिस्ट पार्टीको गठन, विद्रोह तथा रास्वपाको आक्रोश प्रकट राजनीतिक परिवेशमा जेनजी आन्दोलनका नाउँमा २०८२ भदौ २३ र २४ गते बाल युवा हत्या, सिंहदरबारसहित सर्वोच्च अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग समेतमा गरिएको आगजनी, नियन्त्रणविनाको विध्वंशका फलस्वरूप गठित कामचलाउ सुशीला कार्की नेतृत्वका सरकारले दोषीलाई कारवाही गर्न सकेन, २०८२ फागुन २१ लाई निर्वाचन मिति तोकी काम तामेल भने ग¥यो । पश्चिमी हावाले अँध्यारोमा ढुङ्गा हानेझैँ देशभक्त र विदेशभक्तहरूलाई एउटै घानमा हाली घोषणापत्रहरूको मर्म र भावनासम्बन्धी समीक्षा नगरी नगराई साम्राज्यवादविरोधी वैचारिक खेमालाई निर्वाचनमा बढा¥यो । बिहान साँझ पूजाआजामा बज्ने घण्टी मतपत्रमा बजेको छ । यसले आफ्नै कान, मन, वचन र कर्म पवित्र राख्ने दिशामा सशक्त स्वर घन्काउन सक्छ सक्दैन भन्ने आशङ्का विद्यमान छ ।
देशभक्तिपूर्ण सन्देश नबोकी वैदेशिक हस्तक्षेपको घण्टी बज्यो भने जति जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ हुनेछ । पद, मेचासन ग्रहणसँगै असंलग्न परराष्ट्र नीति अवलम्वनको खाँचो खटकिएको छ । यसतर्फ स्वाभिमानी नेपाली जनताले गम्भीर ध्यान पु¥याई चनाखो रहनुपर्ने देखिन्छ । निष्ठा नैतिकतामा आधारित समाजसेवी दलका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले कत्ति नआत्तिई आ–आफ्नै स्थानमा अडिनु बुद्धिमानी तथा दूरदृष्टि ठहर्ने छ । जिम्मेवार नागरिक समाज यथार्थ जानकारी लिई चौतर्फी चिन्तन, मनन गरोस् ।
Leave a Reply