नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
हेटौँडा, २४ चैत । बाग्मती प्रदेशसभाको सातौँ अधिवेशन मङ्गलबार प्रारम्भ भयो । भदौ १७ गते स्थगित गरिएको बैठक झन्डै ८ आठ महिनापछि सुरु भएको हो । बैठकमा दलका नेताहरूले अधिवेशन ढिलो बोलाइएको बारे विरोध गर्नुभयो भने मुख्यमन्त्री इन्द्रबहादुर बानियाले सरकारको तर्फबाट क्षमायाचना गर्नुभयो ।
बैठकमा नेमकिपाको तर्फबाट धारणा राख्दै प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले अहिलेसम्म सरकारमा गएका दलहरूले आ–आफ्ना गल्ती – कमीकमजोरीका लागि जनतासमक्ष माफी मागेर नदोहो¥याउने वाचा व्यवहारबाटै गर्नुपर्ने बताउनुभयो । नेमकिपाले बहुदल पुनः स्थापनाको ३५ वर्षमा सदन र सडकबाट देश र जनताको पक्षमा सङ्घर्ष गरेको तथा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै हरेक सरकारलाई रचनात्मक सुझाव दिएको स्मरण गराउँदै ती सम्पूर्णप्रति शासक नेताहरूले आँखा चिम्ली दिँदा देश दुर्गतिमा फस्दै गएको प्रस्ट पार्नुभयो ।
प्रदेशसभा सदस्य गोसाईंले देश जलाउने र जलाउन अवसर दिनेहरू दुवै दोषी भएको चर्चा गर्दै त्यस्ता घटना फेरि कहिल्यै नदोहोरियोस् भन्नेतर्फ सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेमकिपा निरन्तर वैदेशिक हस्तक्षेपविरुद्ध सङ्घर्षरत छ । देशको स्वतन्त्रता, स्वाधीनता र सम्प्रभुत्ता जोगाउन साम्राज्यवादविरोधी सङ्घर्षमा सारा देशभक्त जनता एकजुट हुनुपर्ने समयको आवश्यकता हो ।”
सांसद गोसाईले सोध्नुभयो, “देशको वर्तमान अवस्था एमसीसीको सिलसिला हो या संयोग ?” उहाँले स्पष्ट पार्नुभयो, “नेमकिपाले एमसीसी र एसपीपीको निरन्तर विरोध गर्दै छ । हामीले योभन्दा अरू के–कस्ता विनाश भोग्न बाँकी छ ? देशले तटस्थताको नीति त्याग्नु के गलत होइन ?”
उहाँले नेपाली जनता चर्को मूल्यवृद्धि र कालोबजारीबाट आक्रान्त भइरहेकोतर्फ सरकारले बेलैमा होस पु¥याउन माग गर्नुभयो ।
संसद् बैठक अगाडि सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । संसद् बैठक बुधबार पनि चालू रहने छ ।
Leave a Reply