क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
शिक्षक केवल ज्ञान दिने व्यक्ति होइनन्; उनीहरू समाजका मार्गदर्शक, मूल्यका संवाहक र भविष्यका निर्माता हुन् । तर विडम्बना के छ भने, आज शिक्षकप्रति सरकार र समुदायको दृष्टिकोण क्रमशः सङ्कुचित बन्दै गएको अनुभव गर्न सकिन्छ । सरकारी अवसर तथा सेवा–सुविधामा अन्य क्षेत्रका कर्मचारीहरूले प्राथमिकता पाउने र शिक्षकहरूलाई ‘अन्तिम विकल्प’ जस्तो व्यवहार गरिने प्रवृत्तिले यो धारणा अझ गहिरो बनाएको छ ।
यस अवस्थाको एउटा पक्ष सरकार र नीतिगत प्राथमिकतासँग जोडिएको छ भने अर्को पक्ष स्वयं शिक्षकहरूको आचरणसँग पनि सम्बन्धित छ । कतिपय अवस्थामा शिक्षकहरूले आफ्नो पदीय मर्यादा बिर्सेर गर्ने व्यवहार—चाहे त्यो लापरबाही होस्, अनुशासनहीनता होस् वा पेसागत नैतिकताको कमीले समाजमा उनीहरूको छवि कमजोर बनाएको छ । परिणामतः ‘शिक्षक’ भन्ने सम्मानित शब्दप्रति नै प्रश्न उठ्न थालेको छ ।
यही सन्दर्भमा अहिले माध्यमिक शिक्षा परीक्षा (क्भ्भ्) का उत्तरपुस्तिका केन्द्रमै परीक्षण गर्ने नयाँ प्रावधानले थप बहस जन्माएको छ । यो व्यवस्थाले कार्यलाई छरितो बनाउने उद्देश्य बोके पनि यसको वैधता र विश्वसनीयतामाथि जनस्तरमा शङ्का उत्पन्न भएको देखिन्छ । जब परीक्षाजस्तो संवेदनशील प्रक्रियामा पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठ्छ, त्यसको सीधा असर शिक्षाप्रति समाजको विश्वासमा पर्छ ।
तर, यही चुनौतीभित्र एउटा ठुलो अवसर पनि लुकेको छ । यदि शिक्षकहरूले आफ्नो पदीय मर्यादालाई उच्च स्थानमा राख्दै, निष्पक्ष, इमानदार र उत्तरदायी भएर उत्तरपुस्तिका परीक्षण जस्तो संवेदनशील कार्य सम्पन्न गर्न सके भने यसले समाजमा रहेको शङ्कालाई चिर्न सक्छ । व्यवहारले नै विश्वास निर्माण गर्छ र शिक्षकको व्यवहार नै उनीहरूको सबैभन्दा ठुलो प्रमाणपत्र हो ।
सरकारको तर्फबाट शिक्षकलाई केवल ‘शिक्षण गर्ने कर्मचारी’ का रूपमा होइन, राष्ट्र निर्माणका केन्द्रीय शक्तिका रूपमा हेर्ने दृष्टिकोण विकास गर्न आवश्यक छ । समान अवसर, उचित सेवा–सुविधा र पेसागत सम्मानले मात्र शिक्षकलाई जिम्मेवारीप्रति अझ प्रतिबद्ध बनाउन सक्छ । अर्कोतर्फ, समुदायले पनि शिक्षकप्रति केवल आलोचना होइन, सहकार्य र विश्वासको वातावरण निर्माण गर्नुपर्छ ।
अन्ततः, शिक्षकप्रतिको नजरिया परिवर्तन कुनै एक पक्षको प्रयासले मात्र सम्भव छैन । यो सरकार, शिक्षक र समुदाय—तीनै पक्षको साझा जिम्मेवारी हो । तर, पहल गर्ने सबैभन्दा ठुलो अवसर अहिले स्वयं शिक्षककै हातमा छ । यदि उनीहरूले आफ्नो आचरण, मर्यादा र पेसागत निष्ठामार्फत विश्वास जित्न सके भने आजको शङ्का भोलिको सम्मानमा रूपान्तरण हुन धेरै समय लाग्ने छैन ।
यस अर्थमा, अहिलेको समय शिक्षकका लागि केवल उत्तरपुस्तिका परीक्षणको समय होइन† यो उनीहरूको विश्वास, इमानदारी र मर्यादाको वास्तविक परीक्षा हो ।
Leave a Reply