भर्खरै :

इरानसँग अमेरिका–इजरायलको युद्धविरामले ल्याउला त दिगो शान्ति ?

  • चैत्र २७, २०८२
  • अमिन सैकाल
  • विचार
इरानसँग अमेरिका–इजरायलको युद्धविरामले ल्याउला त दिगो शान्ति ?

इरानसँगको युद्धमा दुई साता लामो युद्धविरामका लागि पाकिस्तानी प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरेपछि अन्तर्राष्ट्रिय समुदायले केही हदसम्म राहतको सास फेरेको छ । केही घण्टाअघिसम्म इरानलाई ‘ढुङ्गे युग’ मा फर्काउने गरी बमबारी गर्ने र उसको ‘सभ्यता’ लाई ध्वस्त पार्ने ट्रम्पको धम्कीबाट धेरैजना चिन्तित थिए । ट्रम्पका अनुसार युद्धविरामले ‘इरानसँग दीर्घकालीन शान्ति र मध्यपूर्वमा शान्तिसम्बन्धी निश्चित सम्झौता’ गर्न ठाउँ प्रदान गर्छ । यद्यपि, अन्तिम समाधानको बाटो जटिल र उथलपुथल हुनेछ, यद्यपि असम्भव भने छैन ।
इरानको शक्तिको न्यून आकलन
६ हप्ता लामो युद्धमा इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण र तेहरानको सशक्त प्रत्याक्रमणदेखि सुरु भएर तीन देशका सेनाले गम्भीर प्रहार मात्र गरेका छैनन् । तेहरानले हर्मुजको जलमार्ग बन्द गरेपछि उक्त क्षेत्र र समग्र विश्व नै ठुलो तेल, तरल ग्यास र मुद्रास्फीति सङ्कटबाट पनि ग्रस्त छ ।
ट्रम्पले यो अपेक्षा गरेको कुरा थिएन । उनले सुरुमा संयुक्त अमेरिकी र इजरायली सैन्य शक्ति द्रुत रूपमा विजयी हुने अनुमान गरेका थिए । यसै वर्षको सुरुमा देशभित्र व्यापक सार्वजनिक विरोध सामना गरेको र प्रदर्शनलाई दबाएको विरोधमा स्वदेश र देशबाहिर (विशेषगरी अमेरिकामा) कडा आलोचना भएको तेहरानलाई आत्मसमर्पण गर्न बाध्य पार्ने र आफ्नो अनुकूल शासन परिवर्तनका लागि बाटो खोल्ने अमेरिकी राष्ट्रपतिको दाउ थियो । तर, इरानले कडा टक्कर मात्र दिएन, तेलको अन्तर्राष्ट्रिय जलमार्ग हर्मुज बन्द गरेर विश्वव्यापी रूपमा तेलको सङ्कट निम्त्याइदियो ।
इरानी सरकार अपेक्षा गरिएभन्दा बढी कठोर, स्थापित र साधनस्रोत सम्पन्न साबित भयो । सरकारले फारसी खाडी र इजरायलभर अमेरिकी अड्डा र सम्पत्ति प्रहार ग¥यो । मध्यपूर्वमा अमेरिकी आधार रहेका देशलाई एकपछि अर्को गरेर इरानले निसाना बनायो । अमेरिकी आधारबाहेक त्यहाँका महत्वपूर्ण भवनदेखि ऊर्जा प्लान्टमा तेहरानले हमला ग¥यो ।
यसैबिच, ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको आफ्नो संयुक्त युद्ध प्रयासका लागि अमेरिकी सहयोगीबाट सक्रिय समर्थन प्राप्त गर्न सकेनन् । नेतन्याहु गाजामा युद्ध अपराधका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा अभियोग लगाइएका व्यक्तिसमेत हुन् ।
सहयोगीसँग परामर्श गरिएको थिएन । उनीहरूले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्र विपरीत युद्धमा भाग लिनु आफ्नो व्यक्तिगत राष्ट्रिय हितमा मानेनन् । ट्रम्पका केही सीमित विश्वासपात्रले युद्धबारे राष्ट्रपतिलाई गलत सुझाव दिएका थिए, जसका कारण अमेरिकाले युद्धमा अनपेक्षित क्षति व्यहोर्नुप¥यो ।
युद्धमा अर्बौँको लागत
यसबाहेक, संयुक्त राज्य अमेरिकाका विश्वव्यापी विरोधी, विशेषगरी रुस र चीन (दुवैले इरानसँग रणनीतिक सहयोग सम्झौता गरेका छन्) ले युद्धको कडा विरोध गरे । उनीहरूले तनाव कम गर्न र थप आर्थिक परिणामबाट बच्ने उपाय अपनाउन विश्वभरका दर्जनौँ अन्य देशसँग सहकार्य गरे ।
द्वन्द्व झन् बढ्यो । इरान–समर्थित लेबनानी अर्धसैनिक समूह हिज्बुल्लाहको आक्रमणको प्रतिक्रियामा इजरायलले दक्षिणी लेबनान कब्जा गर्ने अभियान सुरु ग¥यो । त्यसपछि युद्धको लागत सबै पक्षका लागि बढ्यो । अमेरिकाका लागि मात्र मूल्य प्रतिदिन कम्तीमा एक अर्ब अमेरिकी डलर (१.४ अर्ब अस्ट्रेलियाली डलर) बराबर थियो । यसले लगभग ४० ट्रिलियन अमेरिकी डलर (५६.६ ट्रिलियन अमेरिकी डलर) को सङ्घीय ऋणमा उल्लेखनीय रूपमा बोझ थप्यो ।
परिस्थिति मिसाइल र इन्टरसेप्टरबिचको दौडमा परिणत भयो, यो केवल कसले पहिले प्रहार ग¥यो भन्ने विषय हो । हालसालै सार्वजनिक गरिएको एक रिपोर्टअनुसार इजरायलमा इन्टरसेप्टरहरूको कमी हुँदै गइरहेको छ र इजरायल रक्षा बल (आइडीएफ) ले जनशक्तिको अभावको सामना गरिरहेको छ ।
अमेरिकामा अलोकप्रिय युद्ध
अर्कोतर्फ अमेरिका र इजरायलले आफ्नो नेतृत्वको शिर काटेर हवाई सर्वोच्चता र हजारौँ सैन्य र गैरसैन्य लक्ष्यमा बमबारी गरे पनि इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी) ले निरन्तर प्रतिशोधात्मक क्षमता कायम राख्यो । यसले खाडी र इजरायलका निसानाविरुद्ध दैनिक रूपमा दर्जनौँ उन्नत मिसाइल र ड्रोन प्रहार गर्न सफल भयो । पछिल्लो समयमा त तेहरानले अमेरिकी लडाकु जेटलाई खसालिदिएको थियो, जुन २० वर्षपछि त्यस्ता घटना पहिलोपटक भएको थियो ।
अझ महत्वपूर्ण विषय संयुक्त राज्य अमेरिकामा युद्ध बढ्दो रूपमा अलोकप्रिय साबित भयो । जनताले यसको प्रभाव बढ्दो जीवनयापन लागत र पेट्रोलपम्पहरूमा महसुस गरेपछि लगभग ६१ प्रतिशत नागरिकले युद्धको विरोध गरे । सार्वजनिक सर्वेक्षणमा ट्रम्पको अनुमोदन दर घट्यो ।
यी परिवर्तनशीलतालाई ध्यानमा राख्दै ट्रम्पले अप्रेसन एपिक फ्युरीलाई इरानजस्तो ठुलो देशलाई मेटाउने स्तरमा बढाउने आफ्नो वाचामा टिक्न सक्दैनथे । इरानी सांस्कृतिक र देशभक्तिपूर्ण विशेषताका साथै देशका धेरै नागरिकको सिया इस्लामप्रतिको समर्पणले बाह्य आक्रमणको विरुद्धमा काम ग¥यो ।
युद्धविरामपछिको लामो बाटो
यसको अर्थ अमेरिका र इरानबिचको स्थायी शान्तिको लागि वार्ता र बृहत् सम्झौता सम्पन्न गर्नु सजिलो हुनेछ भन्ने होइन । तर, ट्रम्पको युद्धविराम स्वीकृतिको एउटा महत्वपूर्ण खण्ड (जसले हामीलाई उनको सोचमा अन्तरदृष्टि दिन्छ) यसरी व्याख्या गरिएको छ, हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त ग¥यौँ (अमेरिकी १५ बुँदे प्रस्तावको जवाफमा) र हामी विश्वास गर्छौं कि यो वार्ता गर्नका लागि एक व्यावहारिक आधार हो । संयुक्त राज्य अमेरिका र इरानबिच विगतका विवादका लगभग सबै विभिन्न बुँदामा सहमति भएको छ । तर, दुई हप्ताको अवधिले सम्झौतालाई अन्तिम रूप दिन र सम्पन्न गर्न अनुमति दिनेछ ।
दस बुँदामा लेबनानसहित सबै मोर्चामा शत्रुताबाट अलग्गिने कुरा समावेश छ । यद्यपि, इजरायलले लेबनानलाई युद्धविराममा समावेश नगरिएको दाबी गर्दै आएको छ । बुँदाका अन्य केही प्रमुख तत्व यसप्रकार छन् ः
– अमेरिकाले गैरआक्रमणको सुनिश्चितता गर्न मौलिक रूपमा प्रतिबद्ध हुनुपर्छ
– हर्मुजमाथिको इरानी नियन्त्रणको निरन्तरता
– इरानमाथिको प्राथमिक र माध्यमिक प्रतिबन्ध हटाउने
– इरानले आफ्नो आणविक कार्यक्रम (शान्तिपूर्ण उद्देश्यका लागि) का लागि युरेनियम समृद्ध गर्न सक्ने अधिकारलाई स्वीकार गर्ने ।
अब ट्रम्पको कर्तव्य हो कि नेतन्याहुलाई लाइनमा ल्याउनु, जसले लामो समयदेखि इरानी सरकारलाई ध्वस्त पार्न मात्र होइन, बरु क्षेत्रीय अभिनेताको रूपमा इरानी राज्यलाई नजरअन्दाज गर्न पनि मिहिनेत गरेका छन् । यदि यो भयो र सबै पक्षले राम्रो विश्वासका साथ वार्ता गरे भने आशावादका लागि पर्याप्त ठाउँ छ । अवश्य पनि हामी सम्भावित रूपमा युद्धपछिको क्षेत्रीय व्यवस्थाको बिहान देख्न सक्छौँ ।
(लेखक अस्ट्रेलियन नेसनल युनिभर्सिटीका अवकाशप्राप्त प्रोफेसर हुन् ।)
– ‘द कन्भर्सेसन’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *