युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
बुधबार इस्लामी क्रान्तिकारी गार्ड कोर (IRGC) ले अमेरिकाले दिएको वचनमा ‘अविश्वास’ जनाएको छ । युद्धविरामको बेला आक्रमण भएमा आफूले तत्काल जवाफ दिने उसले चेतावनी दिएको छ ।
अमेरिकासँग वार्ता–टोलीका नेता इरानी सभामुख
सर्वोच्च नेता आयतोल्लाह सयेढ मोजतबा खामेनीको आदेशमा इरानी सैन्य अधिकारीहरू ‘शत्रुले गर्ने नयाँ गल्ती’ को सामना गर्न तम्तयार छ । अमेरिकी सैन्य अखडा राखेका सम्पूर्ण पश्चिम एसियाका मुलुकहरूलाई क्रान्तिकारी गार्डले सन्देश पनि पठाएको छ ।
सन्देश भन्छ, “अमेरिकाका क्षेत्रीय साझेदारहरूले वासिङ्टन र यहुदीवादी सत्ता (इजरायल) को कमजोरी देखिसकेका छन् । ती देशले यो कुरा ध्यानमा राख्नुपर्छ र उनीहरू दुवैसँग सहकार्य गर्न बन्द गर्नुपर्छ ।”
मङ्गलबार राति इरान र संरा अमेरिकाले दुई–हप्ते युद्धविराममा सहमति गरेका थिए । इरानले राखेको १० बुँदे प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकार गरेपछि त्यो निर्णय भएको थियो । प्रस्तावलाई औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।
‘अल जजिरा’ ले इरानीको सो प्रस्ताव बाहिर ल्याएको छ । प्रस्तावमा निम्न बुँदा छन् –
१. अमेरिकाले आक्रमण नगर्ने पूर्ण प्रतिबद्धता ।
२. इरानको सशस्त्र बलको संयोजनमा हर्मुज नाकाबाट नियन्त्रित आवागमन । अर्थात, यो जल–नाकामा इरानको हक कायम रहनेछ ।
३. इरानको आणविक प्रवद्र्धन कार्यक्रम स्वीकार्य हुने ।
४. इरानविरुद्ध लगाइएका सम्पूर्ण प्राथमिक र तपसिलका आर्थिक प्रतिबन्ध र संकल्पहरू अन्त्य गर्ने ।
५. अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीमा इरानविरुद्ध पारित गरिएका सम्पूर्ण प्रस्तावहरू अन्त्य गर्ने ।
६. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा इरानविरुद्ध पारित भएका सम्पूर्ण प्रस्तावहरू अन्त्य गर्ने ।
७. यस क्षेत्रमा रहेका सैन्य इलाकाबाट संरा अमेरिकाका सम्पूर्ण सैन्य बल फिर्ता लाने ।
८. युद्धमा इरानले व्यहोरेको सम्पूर्ण क्षतिबापत हर्मुज नाकाबाट जहाज लैजाँदा इरानलाई शुल्कको रूपमा क्षतिपूर्ति तिर्नुपर्ने ।
९. विदेशमा रोक्का गरिएको इरानको सम्पूर्ण धरौटी र सम्पत्ति खुला गर्नुपर्ने ।
१०. माथिका सम्पूर्ण विषयलाई अनुमोदन गर्ने गरी संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बाध्यकारी प्रस्तावमा समावेश गर्नुपर्ने ।
(स्रोत : एमआर अनलाइन ।)
Leave a Reply