नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, २८ चैत । नेपाल मजदुर किसान पार्टी काठमाडौँ रामेछाप सम्पर्क समितिका सभापति धनबहादुर श्रेष्ठको सभापतित्वमा फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न मादलमा मतदान गर्नुहुने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन र नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले चुनाव प्रचारप्रसारमा भएको कमीकमजोरीलाई आगामी निर्वाचनमा स्वर्णिम हतियारमा परिणत गर्नुपर्ने र कार्यकर्तालाई पार्टीको उद्देश्य, सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । कार्यकर्ताहरूलाई थप अध्ययनशील, अनुशासित र व्यवहारिक बन्न उहाँले प्रेरित गर्नुभयो ।
राजु श्रेष्ठले नेपाल मजदुर किसान पार्टीको उद्देश्य र सिद्धान्तलाई जनतामाझ पु¥याउन आफू सदैव तयार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
धनबहादुर श्रेष्ठले जनताका प्रतिनिधिहरूले जनताको निःस्वार्थ सेवा गर्नुपर्ने र सेवा प्रवाहलाई सहज, प्रभावकारी बनाउनुपर्ने विषयमा बोल्नुभएको थियो ।
कार्यक्रममा राम श्रेष्ठले पनि आफ्नो भनाइ राख्नुभयो ।
Leave a Reply