नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ३० चैत । नयाँ वर्षको आरम्भसँगै नेपाली जनताले सुख, शान्ति र समृद्धिको कामना गर्दै स्वागत गरे । तर, सुख, शान्ति र समृद्धिको निम्ति स्वागत गरिएको नयाँ वर्ष धेरै बिते पनि जनता सुखी भएनन्, देश समृद्ध बनेन । यस नयाँ वर्षको अवसरमा सम्पूर्ण न्यायप्रेमी र देशभक्त जनतामा विदेशी हस्तक्षेप, सीमा अतिक्रमण र स्वाधीन तथा सार्वभौम देशमाथि भइरहेको आक्रमणको विरोधमा लड्ने थप बल मिलोस् । रास्वपाको नेतृत्वमा बनेको सरकारले बहुमत जनताको सेवा हुने ऐन कानुन बनाएर, निर्णय गरेर जनताको विश्वास जित्ने काम गरोस् । देशका तस्कर, भ्रष्टाचारी, कमिसनखोर, अपराधीहरू सबै कारबाहीको घेरामा परून् । समाजवादउन्मुख देश साँच्चै व्यवहारमा देख्न पाइयोस् । सत्तासीन दलका नेताहरूले देश र जनताकेन्द्रित रहेर काम गरून् । दलगत र व्यक्तिगत स्वार्थ छोडेर सरकारले आफ्नो काम कारबाही अगाडि बढाओस् ।
जो जहाँ रहे पनि सबैले आ–आफ्नो स्थान र क्षेत्रमा रहेर इमानदारीपूर्वक काम गर्ने वातावरण बनाइयोस् । न्यायप्रेमी जनताको सुख, समृद्धि र शान्तिको निम्ति सरकारले पहल गरोस् भन्ने कामना छ । नयाँ वर्ष विगतको जस्तो निरासाजनक नहोस्, उपलब्धिमूलक र उत्साहजनक होस् ।
Leave a Reply