नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, २ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला समितिका निवर्तमान अध्यक्ष मणिरत्न बज्राचार्यले ज्ञापनपत्र पढेर बुधबार व्यासी, भक्तपुर नगरपालिकाको प्रमुखको कार्यकक्षमा बुझाउनुभयो ।
ज्ञापनपत्र बुझ्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विभिन्न सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिसँग छलफल चलाइरहेको र बिदा दिने नदिनेबारे सरोकारवालाहरूसँगको छलफलपछि निर्णय गर्ने बताउनुभयो ।
अभिभावक सङ्घ नेपालका अध्यक्ष रामकृष्ण प्रजापतिले विभिन्न विद्यालयका अभिभावक र संस्थागत विद्यालयका साथीहरूले भर्ना अभियान र कक्षा सञ्चालन गर्ने र आइतबार बिदा प्रभावकारी नभएकोले यसबारे अभिभावक सङ्घका साथीहरूले आवाज उठाउनुपर्ने सरसल्लाहअनुसार आजको यो ज्ञापनपत्र प्रस्तुत गरेको बताउनुभयो ।
ज्ञापनपत्रमा भनिएको छ – अभिभावकहरूमा शिक्षाबिना चौतर्फी विकास नहुने चेत खुलिसकेको छ । आफूले खाई नखाई वा आधा पेट भोकै बसेर वा आफ्नो छाक काटेर भए पनि आफ्ना बालबालिकाको भविष्यको लागि शिक्षामा लगानी गरिरहेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, आर्थिक मन्दी र अमेरिका – इजरायलले इरानमाथि गरेको आक्रमणको कारण अभिभावकहरूको मजदुरी, नोकरी, व्यापार–व्यवसाय आदि कामले खान लाउन धौ धौ परेको अवस्था छ ।
वर्तमान सरकारले पनि विद्यालय सञ्चालनबारे विस्तृत अध्ययन नै नगरी शनिबार र आइतबार बिदा दिने निर्णय गर्नु खोटपूर्ण छ । सरकारले भनेजस्तै विद्यालयमा शनिबार र आइतबार बिदा दिने निर्णयले विद्यार्थी, अभिभावक तथा समग्र शैक्षिक प्रणालीमा पार्ने प्रभावप्रति अभिभावक सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
विद्यालय समय तालिका परिवर्तनले अभिभावकहरूलाई आफ्ना बालबालिकाको उचित व्यवस्थापन गर्न कठिनाइ उत्पन्न हुनेछ । विशेषगरी कामदार अभिभावकहरूका लागि बिदाको दिनमा बालबालिकाको हेरचाह, निगरानी कसले गर्ने भन्ने चिन्ता थपेको छ । बिहान ९ बजेदेखि विद्यालय सञ्चालन गर्दा मजदुरी गर्ने अभिभावकहरू आफ्नो काम छोडेर बालबालिकाहरूलाई ७ बजे नै तयार गर्नुपर्ने अवस्था आउँछ । बिदाको समयमा बालबालिकहरूमा मोबाइल र टीभीको कुलतमा परेर अध्ययनबाट टाढा हुने र एकहोरो हुने जोखिम छ । जसले अतिज्मजस्ता रोगले नयाँ पुस्ताका बालबालिका समस्यामा पर्ने देखिन्छ । एकदिनको बिदाले त बालबालिकाले कति सताउँछ भने दुई दिन अर्थात् शनिबार र आइतबारको बिदाले कस्तो गर्ला अभिभावकहरूलाई चिन्ता बढ्नु स्वाभाविक हो ।
धेरै बिदाले विद्यार्थीहरूको पढाइ बिग्रन सक्ने र बानी—व्यवहार बिग्रने र कुलतमा फस्न सक्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले हामीले विद्यार्थीहरूको भविष्यमाथि खेलबाड हुने कुनै पनि निर्णय गर्दा व्यापक अभिभावकहरूको हित र अभिभावकहरूसँग छलफल र समन्वयमा निर्णयहरू गर्दा राम्रो हुने हाम्रो अनुरोध छ ।
आइतबार बिदा नदिँदा समेत कोर्स पूरा गर्न गा¥हो भइरहेको बेला थप बिदाले पढाइ समय घट्न गई पाठ्यक्रम पूरा गर्न कठिन हुन सक्छ । विद्यालय सञ्चालनका दिनहरू घट्दा कक्षा समय लम्ब्याउनु पर्ने अवस्था हुन्छ । जसले बालबालिकाको मानसिक, एकाग्रता र सिक्ने क्षमतामा प्रत्यक्ष असर पार्ने सम्भावना हुन्छ । विभिन्न शैक्षिक अध्ययनले बालबालिकाको प्रभावकारी ध्यान केन्द्रित गर्ने क्षमता सीमित समय (सामान्यतया ३०–४५ मिनेट प्रतिसत्र) सम्म रहने देखिन्छ । लामो समयसम्म निरन्तर कक्षा सञ्चालन गर्दा उनीहरूको बुझ्ने क्षमता, सृजनात्मक सोच तथा स्मरणशक्ति कमजोर हुने जोखिम बढ्नेछ ।
नयाँ सत्र वैशाख २ गतेदेखि सुरु गर्नुपर्छ । शिक्षा मन्त्रालयको सूचनाअनुसार १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पढाइ सुरु गर्ने निर्णय व्यवहारिक छैन । यसले भर्ना अभियानलाई समेत प्रभावित हुने र बालबालिकाहरूको पढाइसमेत बिग्रने सम्भावनालाई मध्यनजर गरी अभिभावकहरू नयाँ सत्र वैशाख सङ्क्रान्तिदेखि सुरु गर्नुपर्ने माग गर्दछ ।
आइतबार बिदा दिने निर्णयमा पुनर्विचार गरी विद्यार्थीमैत्री समयतालिका लागू गरियोस् । बालबालिकाको मानसिक स्वास्थ्य, ध्यान क्षमता तथा सिकाइको गुणस्तरमा पर्ने प्रभावबारे विस्तृत अध्ययन गरी नीतिगत निर्णय गर्न अनुरोध छ । अभिभावक, शिक्षक तथा सरोकारवालासँग व्यापक छलफल गरी दीर्घकालीन समाधान खोज्नुपर्ने हाम्रो माग हो । त्यसैले अभिभावकहरूसँगको छलफलबिना आइतबार बिदा दिने निर्णय कार्यान्वयन नगर्न अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला कार्य समिति अनुरोध गर्दछ ।
सरकारसँग बालबालिकाको समग्र विकास, मानसिक स्वास्थ्य र गुणस्तरीय शिक्षालाई केन्द्रमा राखी निर्णय लिन हामी हार्दिक अनुरोध गर्दछौँ ।
कार्यक्रममा सन्तराम दुलालले भर्ना अभियान, कक्षा सञ्चालन र आइतबार बिदाले अभिभावकहरूलाई पारेको समस्याबारे बताउनुभयो ।
कार्यक्रममा अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला कार्य समितिका सहसचिव राजकुमार लघु कोषाध्यक्ष कृष्णप्रसाद दुमरुको पनि उपस्थिति थियो ।
Leave a Reply