भर्खरै :

नयाँ शैक्षिक सत्र सुरुआत र आइतबारको बिदा सम्बन्धमा सरोकारवालाहरूसँग छलफल

नयाँ शैक्षिक सत्र सुरुआत र आइतबारको बिदा सम्बन्धमा सरोकारवालाहरूसँग छलफल

भक्तपुर, २ वैशाख । नेपाल सरकारले नयाँ शैक्षिक सत्र सुरुआत र आइतबारको बिदा सम्बन्धमा भक्तपुर नगरपालिकाले सरोकारवाला विद्यालय सङ्गठन, अभिभावक सङ्घलगायतसँग बुधबार छलफल ग¥यो ।
छलफलमा सहभागी प्रतिनिधिहरूले माध्यमिक तहसम्मको विद्यालयसम्बन्धी एकल अधिकार स्थानीय तहलाई संविधानले नै प्रदान गरेको र शिक्षा नियमावली नै वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने उल्लेख भएको सन्दर्भमा नेपाल सरकारले गृहकार्य नै नगरी हतारमा नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सुरु गर्ने निर्णय गर्नु सही नभएको बताए ।
नेपालमा सार्वजनिक बिदा बढी भएको र विद्यमान पाठ्तर पूरा गर्न कठिनाइ भइरहेको बेला आइतबारको बिदाले विद्यार्थीहरूको शैक्षणिक क्रियाकलापमा नकारात्मक प्रभाव पर्ने आशङ्का व्यक्त गरे ।
सहभागी प्रतिनिधिहरूले अभिभावक र विद्यार्थीहरूको भावनाको सम्मान गर्दै भक्तपुर नगरपालिकाले उपयुक्त निर्णय लिनेमा विश्वास व्यक्त गरे ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा जनप्रतिनिधिहरू, नगर शिक्षा शाखाको प्रमुख, इसान, प्याब्सन, एन. प्याब्सन, हिसान, सार्वजनिक शैक्षिक गुठी सञ्चालक सङ्घ, अभिभावक सङ्घलगायका प्रतिनिधिहरूको उपस्थिति थियो ।
यस विषयमा नगरपालिकाको चैत ३० गते सामुदायिक विद्यालयसँग सम्बन्धित सार्वजनिक विद्यालय, संयुक्त परीक्षा समिति, सामूहिक परीक्षा समिति र आधारभूत विद्यालय संयुक्त परीक्षा समितिका प्रतिनिधिहरूसँग छलफल गरी राय सुझाव लिएको नगरपालिका स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *