युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने भन्ने नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १२ को निर्णय तथा मिति २०८२/१२/२३ गतेदेखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णयप्रति संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को ध्यान गम्भीर रूपमा आकर्षण भएको छ ।
विशेषगरी शैक्षिक क्षेत्र संवेदनशील एवम् जिम्मेवार क्षेत्र हो । यस्तो क्षेत्रबारे कुनै महत्वपूर्ण निर्णय गर्दा सरोकारवाला पक्षसँग गम्भीर छलफल नगर्नु र तत्कालीन परिस्थिति मात्र हेरेर दीर्घकालीन प्रभाव पर्ने कदम चाल्नु सही मान्न सकिन्न । देश सङ्कटको घडीमा छ । शिक्षा क्षेत्र सङ्कटबाट टाढा छैन । यस्तो बेला सुझबुझपूर्ण ढङ्गमा पाइला चाल्नुपथ्र्यो । सरकारले परिपक्वता देखाउन सक्नुपथ्र्यो । तर, सरकारका पछिल्ला निर्णयहरूबाट शैक्षिक क्षेत्र झन् बढी अस्थिर तथा अस्तव्यस्त हुने सङ्केत देखिँदै छ । तसर्थ, निम्न बुँदामा इसान नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
क) संविधानतः विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहमा रहेको अवस्थामा केन्द्रीय तहबाट विद्यालय सञ्चालनसम्बन्धी निर्देशन दिनु विरोधाभासपूर्ण छ ।
ख) शिक्षा ऐनअनुसार वैशाख २ गतेदेखि शैक्षिक सत्र सुरु हुँदै आएकोमा ऐनविपरीत वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु गर्नुपर्ने केन्द्रीय सरकारको निर्देशनले शैक्षिक क्षेत्रमा थप अन्योल छाएको छ ।
ग) हप्तामा दुई दिन बिदा तर्कसङ्गत एवम् व्यवहारिक नभएको ।
घ) हप्तामा दुई दिन बिदा सम्बन्धमा धेरै अभिभावकबाट गुनासो प्राप्त भएको । पाठ्यक्रमले तय गरेको उद्देश्य हासिल गर्न समय अपुग हुने ।
ङ) सिकाइ प्रक्रिया निरन्तर प्रक्रिया भएकाले बिदा नदिई विद्यालय चलाउनु विद्यार्थीको सिकाइ विकासका लागि आवश्यक भएको ।
च) शैक्षिक सत्र २०८३ को क्यालेन्डर निर्माण तथा वितरण भइसकेको र आवश्यक तयारीसमेत सम्पन्न भइसकेको हुनाले पूर्वतयारीको नाउँमा लामो समय अनावश्यक भएको । वैशाख पहिलो हप्तालाई नै शैक्षिक सत्र प्रारम्भ मिति कायम गर्नु व्यवहारिक हुने ।
छ) वैशाखजस्तो अनुकूल मौसममा पठनपाठन शीघ्र गरी वर्षाको बखत प्रतिकूल मौसममा पठनपाठन सुरु गर्न कठिन हुने यथार्थतर्फ यथोचित ध्यान पु¥याउन आवश्यक भएको ।
ज) विद्यार्थीमा कुनै दबाब नपर्ने गरी कक्षा ५ सम्म परीक्षा सञ्चालन गर्दापरिणाम सकारात्मक हुने । बरु, परीक्षा सञ्चालन नगर्दा सिकाइ उपलब्धिमा नकारात्मक
प्रभाव पर्ने प्रायः निश्चित छ । शिक्षकलाई तालिम नदिई र आवश्यक वातावरण तथा पूर्वतयारी नगरी परीक्षा मात्र नलिँदा विद्यार्थीको जग कमजोर हुने ।
झ) सरकारले हरेक विद्यालयमा विज्ञान प्रयोगशाला, गणित प्रयोगशाला, कम्प्युटर ल्याव र पुस्तकालय निर्माण गरी विद्यार्थीहरूको चौतर्फी विकासमा टेवा पु¥याउन ढिलाइ गर्न नमिल्ने ।
ञ) खेलकुद, गीत–सङ्गीत तथा नाचगानको माध्यमबाट विद्यालय शिक्षालाई प्रभावकारी एवम् उपलब्धिमूलक बनाउन आवश्यक बन्दोबस्त सरकारले गर्न आवश्यक ।
ट) विद्यालय तहका विद्यार्थीहरूका निम्ति चिडियाघर, सङ्ग्रहालय, पार्क, पौडी पोखरी आदि स्थान निःशुल्क बनाउन आवश्यक ।
ठ) एसईई परीक्षालाई मर्यादित, स्तरीय बनाउन जति आवश्यक छ त्यति नै भरपर्दो र गोपनियतासहितको बनाउन आवश्यक छ । परीक्षाका निम्न प्रक्रियासमेत पूरा नगरिए विश्वसनीयता गुम्ने शङ्का बढेको ।
यी बुँदामा संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) नेपाल सरकार शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
२०८३ वैशाख २ गते
Leave a Reply