अभिभावक सङ्घद्वारा सूर्यविनायक र चाँगुनारायणमा पनि ज्ञापन पत्र
- बैशाख ३, २०८३
भक्तपुर, २ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा नेक्राविसङ्को संयुक्त सम्पर्क समितिको आयोजनामा नव वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा अभिभावक – विद्यार्थीको भेटघाट कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा सचिव सुवालले विद्यार्थीले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे बुझ्नु जरुरी रहेको बताउनुभयो । विद्यार्थीले सधैँ सत्य र तथ्यमा आधारित सूचना लिनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीकालमै राजनीतिक रूपमा सचेत र देशभक्ति भावना विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सल्लाहकार सदस्य बजिरसिंह विकले विद्यार्थीले असल राजनीतिक पार्टीको सिद्धान्त, विचार बुझ्नुपर्ने र हुलको पछाडि नजान जोड दिनुभयो । उहाँले देशभक्त र देशघाती पार्टीबिच फरक छुट्याउनुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले असल व्यक्ति बन्न असलको सङ्गत गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थी कालमै असल, देशभक्ति विचार विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा शिवलाल डाँगीले देश, समाज र राजनीति बुझ्नुपर्नेमा जोड दिनुभयो । व्यापक निम्न वर्गको जनतालाई निःस्वार्थ सेवा गर्ने विचार र सिद्धान्त नेमकिपाको रहेको बताउनुभयो । कार्यक्रममा निरकबहादुर शाहीले अग्रजबाट विद्यार्थीले ज्ञान, सीप र अनुभव सिक्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा जे.भी. तिमल्सेना, प्रकाश गुरुङ र राजन भण्डारीले पनि बोल्नुभएको थियो ।
Leave a Reply