भर्खरै :

अमेरिकी सिमाना सिधै विश्वकप हुँदै छिरेको छ !

  • असार २, २०८३
  • बेलेन फरनान्देज, अल् जजीरा स्तम्भकार
  • विचार
अमेरिकी सिमाना सिधै विश्वकप हुँदै छिरेको छ !

(२०२६ विश्व कपले महादेशीय–एकता वाचा ग¥यो तर यसले अमेरिकी गढ (Fortress America) को हिंसा र पाखण्डलाई नाङ्गेझार गरेको छ ।)
११ जूनदेखि, फिफा विश्व कप २०२६ मेक्सिकोमा सुरु भयो । मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडासँग मिलेर महादेशीय एकताको देखावटी प्रदर्शनमा यस वर्षको प्रतियोगिताको सह–आयोजना गर्दै छन् ।
पहिलो कुरा, तीन देश मिली संयुक्त रूपमा आयोजना गर्ने अवधारणा नै असङ्गत थियो, किनकि आयोजकमध्ये एक, अमेरिकाले अरूसँग मिलेर काम गर्ने क्षमता राख्दैन । सुरुवातको लागि अमेरिकाले धेरै राष्ट्रका नागरिकहरूका लागि अत्यधिक कठोर भिसा नीतिहरू र ‘यात्रा प्रतिबन्ध’ को प्रणाली कायम राख्छ । यसले गर्दा पहिले नै सामाजिक–आर्थिक रूपमा विशेष विश्व कपलाई अझ बढी विशिष्ट बनाउँछ र विश्व कपले प्रतिकात्मक रूपमा अभिव्यक्त गर्नुपर्ने अन्तर्राष्ट्रिय मैत्रीभावको भ्रमलाई चकनाचुर पार्छ ।
अमेरिकाले सह–आयोजक मेक्सिकोसँग अत्यन्तै सैन्यीकृत सीमा कायम गर्दछ, जुन देशलाई अमेरिकी प्रधानसेनापति डोनाल्ड ट्रम्पले बारम्बार बमबारी र आक्रमण गर्ने धम्की दिएका थिए । अर्को गैर–खेलप्रेमीजस्तो व्यवहारमा, ट्रम्पले मेक्सिकनहरूलाई अपराधी, लागूपदार्थ व्यापारी र बलात्कारी भन्ने गरेका छन् । २०१९ मा, ‘द न्यु योर्क टाइम्स’ ले ट्रम्पले दिएको सुझाव रिपोर्ट गर्दै लेख्यो अमेरिकी सैनिकहरूले आप्रवासीहरूलाई गोली हान्न र सीमामा गोहीले भरिएको खाडल स्थापना गर्न आवश्यक छ ।
गत वर्ष पुनः पदभार सम्हालेपछि, ट्रम्पले शरण खोज्ने र आर्थिक शरणार्थीहरूका लागि अमेरिकी सीमा बन्द गर्न लगाए । कस्तो आकर्षक चाल, किनकि अमेरिका नै मानिसहरूलाई बसाइँ सर्न बाध्य पार्ने धेरैजसो विश्वव्यापी उथलपुथलको लागि जिम्मेवार छ ।
हिंसाग्रस्त मेक्सिकन राज्य मिचोआकानका मैले चिनेका एक युवकले हालै एक मानव तस्करलाई १० हजार डलर तिर्न बाध्य भए । आफूलाई अमेरिकी सीमा बारमाथि डोरीको सहायताले उचाली तारी दिनका लागि उनले यस्तो निर्णय लिए, किनकि उसले जब घरमा, जीवन आर्थिक र शारीरिक रूपमा धान्न सम्भव देख्न छाडे ।
अर्को शब्दमा भन्नुपर्दा, विश्वका केही बासिन्दाहरूले विश्व कप टिकटमा १० हजार डलर वा सोभन्दा बढी रकम खर्चिरहेका बेला, यो युवकले भने मेक्सिकोमा अमेरिकाद्वारा भड्काइएको गरिबी र रक्तपातको परिदृश्यबाट भाग्न, एक अवसरका लागि त्यही रकम जसोतसो जुटाउनुप¥यो ।
आफ्नो लागि, मेक्सिकोले अत्यन्तै महँगो प्रतियोगिता सह–आयोजना गर्ने निर्णय – यति विशाल आर्थिक स्रोतहरू समर्पित गर्नुको सट्टा, भनौँ, देशका १ लाख ३४ हजारभन्दा बढी बेपत्ता पारिएका व्यक्तिहरूको खोजीमा लगाउन सक्थ्यो — धेरै मेक्सिकालीहरूले यसलाई गालामा निर्मम थप्पडको रूपमा लिएका छन् । ती अधिकांश बेपत्ताका घटनाहरू २००६ मा अमेरिकाद्वारा समर्थित तथाकथित ‘लागूपदार्थविरुद्धको युद्ध’ (War on drugs) को सुरुवात पछि भएका थिए, जुन व्यवहारमा गरिबहरूमाथि थोपारेको युद्धजस्तै हुन गयो ।
मानव अधिकार उल्लङ्घन र अन्य दमनका लागि कुख्यात मेक्सिकाली सुरक्षा बलहरूको विश्व कप स्थलहरू वरिपरि व्यापक तैनाथीले पनि धेरै मानिसहरूलाई गलत तरिकाले असर गरेको छ ।
यसैबिच, फिफाको भ्रष्टाचार, लोभ, पाखण्ड र अन्य विभिन्न दुर्गुणहरूले भरिएको लामो इतिहासलाई सङ्गठनका अध्यक्ष जियानि इन्फान्टिनोले निष्पक्षतापूर्वक कायम राखेका छन् । उनले गत डिसेम्बरमा ट्रम्पलाई पहिलोपटक ‘फिफा शान्ति पुरस्कार – फूटबलले विश्वलाई एकजुट गर्छ’ प्रदान गरेका थिए ।
२०२५ को नोबेल शान्ति पुरस्कार ट्रम्पलाई दिन अस्वीकार गरिएको रिसबाट बाहिर निकाल्नको लागि इन्फान्टिनोले निर्लज्ज रूपमा चाप्ुलसीको काम गर्दै यो पुरस्कार स्वतःस्फूर्त आविष्कार गरेको देखिन्छ । अनि गाजापट्टीमा इजरायलको नरसंहारको नम्बर एक समर्थकलाई भन्दा अरू कसलाई फिफा शान्ति पुरस्कारको लायक देखिन्छ ?
अक्टोबर २०२३ देखि इजरायलले आधिकारिक रूपमा गाजामा लगभग ७३ हजार प्यालेस्टिनीहरूलाई हत्या गरेको छ, जसमा कम्तीमा ४२१ फूटबल खेलाडीहरू पनि समावेश छन् । इन्फान्टिनोको जुत्ता–चाट्ने स्टन्ट पछिका महिनाहरूमा, फिफा शान्ति पुरस्कारको विजेता ट्रम्पले ‘विश्वलाई एकजुट गर्दै’ निम्नानुसार काम गरे† भेनेजुयलाका राष्ट्रपतिलाई अपहरण गरे, इजरायलसँग मिलेर इरानविरुद्ध एक विनाशकारी युद्ध सुरु गरे र दक्षिण लेबनानमा इजरायलको पुनः धुलोपिठो बनाउने कारबाही र कब्जालाई आर्थिक सहयोग गरे ।
अनि विश्व कपको सह–आयोजक क्यानाडाले आफूलाई संयुक्त राज्य अमेरिकाको निर्दोष उत्तरी छिमेकीको रूपमा चित्रण गर्न मन पराउँछ । तर, नरसंहार र इजरायललाई हतियार हस्तान्तरणमा क्यानाडाको आफ्नै संलग्नताको अर्थ यसले नैतिक रातो कार्ड पाउनमा आफ्नो उचित हिस्सा कमाएको छ ।
यद्यपि, यस वर्षको विश्व कप सकेसम्म विभाजनकारी र आनन्दरहित बनाउने अमेरिका मुख्य शक्ति हो । प्रतियोगिता सुरु हुनुभन्दा केही दिनअघि, इरानी फूटबल महासङ्घले अमेरिकामा हुने इरानको तीन खेलको टिकट निर्धारण रद्द गरिएको घोषणा ग¥यो । फूटबल महासङ्घका १५ जना कर्मचारीलाई पनि भिसा अस्वीकार गरियो ।
अनि त्यहा शीर्ष सोमाली रेफ्री ओमर आर्टनको मामला छ, जसको विश्व कपमा काम गर्ने तालिका थियो तर गत हप्ता अमेरिकामा प्रवेश गराउन अस्वीकार गरिएको थियो । अनि हाइटीका नागरिकहरूलाई पनि प्रवेश गर्न स्पष्ट रूपमा प्रतिबन्ध लगाइएको हुनाले, हाइटीका विश्व कपका प्रशंसकहरूले आफ्नो टोलीलाई समर्थन गर्न यात्रा गर्न नसोचे पनि भएको छ ।
अवश्य पनि, सोमालिया र हाइटी दुवैले दशकौँदेखि अमेरिकी सेनाद्वारा सीमापार विनाशकारी आक्रमणको अनुभव गरेका छन्, तर दैव जानून् यी देशका नागरिकहरूलाई फूटबल खेल हेर्न अमेरिकी सीमा पार गर्न दिनेछन् ।
ट्रम्पले चलाएको व्यापक आम कारागार–चलान (Mass Detentions) र निर्वासन(Deportations) ले ‘एकता’ को उत्तम विचारमा पनि खतरामा पारेको छ । जबकि, अकल्पनीय रूपमा भयङ्कर टिकट मूल्यले पुँजीवादको अहिलेसम्मको सबैभन्दा ठुलो विश्व कप कु के हुन सक्छ भनेर सङ्केत गर्दछ : मानिसहरू समान रूपमा सृष्टि गरिएका छैनन् भन्ने सम्झना गराएको छ ।
असामाजिक केकमा आइसिङ थप्दै, इरानी विश्व कप टोलीलाई मेक्सिकन सीमावर्ती सहर तिह्वानामा बसोबास गर्न बाध्य पारिएको छ । प्रत्येक खेल पूरा गर्न पर्याप्त समय मात्र अमेरिका प्रवेश गर्न अनुमति दिइएको छ, त्यसपछि इरानी टीमले फेरि एकपटक अमेरिकी माटोबाट आफूलाई हटाउनु पर्नेछ । केही हदसम्म, यसले पहिलो ट्रम्प प्रशासनअन्तर्गत लागू गरिएको ‘मेक्सिकोमा रहनुहोस्’ नीतिलाई सम्झाउँछ, जसले मेक्सिकोलाई अवाञ्छित आगन्तुकहरूको लागि डम्पिङ ग्राउन्डको रूपमा प्रयोग गरेको छ ।
पछिल्लोपटक जब मैले तिह्वानाबाट अमेरिकी सीमा पार गरे, त्यो मेरो लागि पर्याप्त अपमानजनक अनुभव थियो, एक अमेरिकी नागरिकको रूपमा पनि । मैले एउटा सुन्तला बोकेर लापरवाहीपूर्वक नाका पार गर्ने प्रयास गरेको थिएँ, जसलाई अमेरिकी सीमा अधिकारीहरूले आणविक हतियार रूपमा व्यवहार गरे । (त्यसैले, म इरानी टोलीलाई घरमै कुनै पनि फलफूल छोड्न सल्लाह दिन्छु ।)
निःसन्देह, नरसंहार हुनुभन्दा अघिको समयमा विश्व कप र सुन्दर खेलमा आफूलाई गुमाउनु सजिलो थियो – अनन्तः फिफा भ्रष्टाचार, आत्मा–चुस्ने कर्पोरेट लोभ र कालो बिचौलिया ठेक्कापट्टा एकछिनका लागि छेउमा राखेर ।
यसपालि, साम्राज्यवादी अहङ्कार र मध्यपूर्वमा अमेरिकाद्वारा सञ्चालित प्रलयको पृष्ठभूमिले फूटबल खेलले प्रायः प्रेरित गर्ने उत्साह र जादूको पुरानो भावनाको लागि धेरै ठाउँ छोड्दैन ।
त्यसो भन्दैमा, म झूट बोल्न चाहन्न : मैले यहाँ दक्षिण इटालीबाट टेलिभिजनमा मेक्सिको र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेल हेरेँ र म यसको बारेमा अलिकति उत्साहित पनि भएँ । मैले मेरो मेक्सिकन फूटबल जर्सी लगाएँ, अनि इटालियन च्यानल Rai 1 मा टीभी ट्युन गर्दै मेरो कोठाको भुइँमा एक्लै बसेर हेरेँ ।
सामान्य तरिकाले, Rai 1 च्यानेलका मानिसहरूले निर्णय गरेका थिए कि सबैभन्दा उपयुक्त पूर्व–खेल सामग्रीका रूपमा क्यालिफोर्नियाका केही पूर्व–इरानीहरूको भ्रमण समावेश गरे, जसले आफूलाई फारसी ठाने र इरानी टोलीको सट्टा अमेरिकी फूटबल टोलीप्रति वफादारीको वाचा गरेका थिए । मैले भोल्युम कम गरेँ ।
अन्तमा, विश्व कप सधैँ राजनीतिक रहँदै आएको छ । तर, यस वर्ष अमेरिकी सीमा सिधँै प्रतियोगिता हुँदै छिरेको छ – यसमा धेरै सुन्दर भनेको केही छैन ।
– ‘अलजजिरा’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *