भर्खरै :

लक्ष्मीनरसिंह मन्दिर पुनर्निर्माणमा योगदान पु¥याउने र अभिषेक पाठ सम्पन्न गर्ने सहयोगीहरूलाई कदरपत्र प्रदान

लक्ष्मीनरसिंह मन्दिर पुनर्निर्माणमा योगदान पु¥याउने र अभिषेक पाठ सम्पन्न गर्ने सहयोगीहरूलाई कदरपत्र प्रदान

भक्तपुर, २ असार  । लक्ष्मीनरसिंह मन्दिरमा आयोजित अभिषेक पाठ तथा रुद्र्री पाठ कार्यक्रमको समापन समारोह आज एक भव्य कार्यक्रमबिच सम्पन्न भयो ।
समापन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले लक्ष्मीनरसिंह मन्दिरको पुनर्निर्माणमा धेरै व्यक्ति तथा समुदायको योगदान रहेको बताउँदै यो कुनै एक व्यक्तिको प्रयासले नभई सम्पूर्ण नगरवासीको सहकार्य र मेहनतबाट सम्भव भएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले मूर्त र अमूर्त सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्दै आएको र सम्पदा पुनर्निर्माणका कार्यहरू अभिलेखीकरणसहित पारदर्शी ढङ्गले सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरको सम्पदा संरक्षणको मोडल देशकै लागि उदाहरणीय बनेको उल्लेख गर्दै हालसम्म १७८ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको र केही पुनर्निर्माणको क्रममा रहेको बताउनुभयो ।
आर्थिक सहयोग र श्रमदान सम्पदा संरक्षणका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले आत्मनिर्भर भएर आफ्नो स्वाभिमान जोगाउन भक्तपुर सफल भएको धारणा राख्नुभयो । उहाँले अभिषेक पाठ तथा रुद्र्री पाठ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण ब्राह्मण, व्यवस्थापन समिति तथा भक्तजनहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ४ का अध्यक्ष उपेन्द्र सुवालले भक्तपुर कला, संस्कृति र सम्पदाले सम्पन्न नगर भएको उल्लेख गर्दै नगरपालिकाले मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र संवद्र्धनमा निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले पुराना सम्पदाहरूको पुनर्निर्माण गर्न भक्तपुरका कालीगड सक्षम रहेको उदाहरण लक्ष्मीनरसिंह मन्दिर भएको धारणा राख्नुभयो ।
कार्यक्रममा लक्ष्मीनरसिंह व्यवस्थापन समितिका अध्यक्ष न्हुच्छेराम भेलेले पुरुषोत्तम मासको अवसर पारेर अभिषेक पाठ तथा रुद्री पाठ आयोजना गर्नुको उद्देश्य मानव कल्याण रहेको बताउनुभयो । उहाँले ८० भन्दा बढी ब्राह्मणहरूको सहभागितामा रुद्री पाठ सम्पन्न भएको जानकारी दिनुभयो ।
जोशी समाजका प्रतिनिधि कृष्णराज जोशी तथा राजोपाध्याय समाजका संयोजक गिरीशराज शर्माले लक्ष्मीनरसिंह मन्दिरको स्थापनाकालदेखि यति ठूलो धार्मिक अनुष्ठान नभएको उल्लेख गर्दै ब्राह्मणहरूको उत्साहजनक सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँहरूले रुद्री पाठले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा सद्भाव र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी विनोदराज शर्माले अभिषेक पाठको धार्मिक महत्वबारे प्रकाश पार्दै यस्ता अनुष्ठानले आध्यात्मिक उन्नयन तथा सांस्कृतिक परम्पराको संरक्षणमा योगदान पु¥याउने बताउनुभयो ।
सो अवसरमा नगर प्रमुख प्रजापतिले लक्ष्मीनरसिंह मन्दिर पुनर्निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने इन्जिनियर रामगोविन्द श्रेष्ठ र सूर्यभक्त साँगाछेलाई अभिनन्दन तथा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा इन्जिनियर रामगोविन्द श्रेष्ठले मन्दिर पुनःनिर्माणका महत्वपूर्ण पक्षमाथि प्रकाश पार्नुभयो भने लक्ष्मीनरसिंह मन्दिर संरक्षण समितिका अध्यक्ष पशुपति प्रजापतिले धन्यवादज्ञापन गर्नुभयो  ।
कार्यक्रमको अवसरमा अभिषेक पाठ तथा रुद्र्री पाठ सफल बनाउन आर्थिक, भौतिक सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा सहयोगीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । आयोजकले धार्मिक तथा सांस्कृतिक कार्यलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यमा निरन्तर साथ र सहयोगको अपेक्षा गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *