सरकार संविधानको पालनकर्ता र जवाफदेही बन्नुपर्ने
- असार १, २०८३
भक्तपुर, २ असार । आधारभूत विद्यालय समिति भक्तपुरको २८ औँ साधारणसभा तथा कार्य समिति पुनर्गठन कार्यक्रम बरदायणी आधारभूत विद्यालयमा सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष तथा विद्यालय अनुगमन समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यलगायतका पक्षमा विशेष जोड दिँदै सर्वसाधारणको जीवनस्तर वृद्धि गराउन प्रयासरत रहेको बताउनुभयो ।
उहाँले नगरलाई शैक्षिक गन्तव्यस्थल मात्र नभई अनुसन्धानको केन्द्रको रूपमा विकास गर्न अघि बढिरहेको उल्लेख गर्दै आधारभूत विद्यालयको शैक्षिक, भौतिकलगायतका पक्षमा स्तरोन्नति गर्न आर्थिक अनुदान विभिन्न शीर्षकमा निकासा गरिरहेको विचार व्यक्त गर्नुभयो ।
उहाँले विद्यालयको आवश्यकता मध्यनजर गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनमा सहजीकरण होस् भन्ने हेतुले नपा अघि बढिरहेको उल्लेख गर्नुभयो ।
उहाँले विद्यालयको विकास कुनै एक दुई पक्षले मात्र सम्भव नहुने भएकोले आर्थिक, भौतिक, सामाजिक, बौद्धिक एवम् नैतिक रूपमा क्रियाशील हुनुको साथै समयको अधिक सदुपयोगले जिम्मेवारीमा सहजता मिल्ने बताउनुभयो ।
भक्तपुर नगर शिक्षा शाखाका शाखा प्रमुख साधुराम फुँयालले आधारभूत विद्यालय समितिले शिक्षाको गुणस्तर वृद्धिलगायतमा ध्यान दिई गतिविधि गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रम आधारभूत विद्यालय समितिका अध्यक्ष सूर्यबहादुर फोजूको सभापतित्वमा भएको थियो ।
निवर्तमान अध्यक्ष तथा सन्तति आधारभूत विद्यालयका प्रअ दीपक माक र गणेश माविका प्रअ गणेशराम थुसाले प्रअ तथा शिक्षकको भूमिकालगायत जिल्लान्तर शिक्षक सरुवालगायत विषयमा प्रस्ट पार्नुभयो ।
कार्यक्रममा समितिका उपाध्यक्ष तीर्थलक्ष्मी धन्छा, सचिव असलमाया वनमाला, कोषाध्यक्ष बिन्द्रा दुवालले पनि बोल्नुभएको थियो ।
उक्त कार्यक्रमबाट सर्वसहमतिमा बरदायणी आधारभूत विद्यालयका प्रअ कृष्णगोपाल आचार्यको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति पुनर्गठन भयो ।
Leave a Reply