हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
भतmपुर, १ असार । आदर्श आजाद माध्यमिक विद्यालय, भीमसेनस्थान, भतmपुरमा कक्षा ११ का नव–आगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम विद्यालयका प्रधानाध्यापक चक्रबहादुर चाकतुको सभापतित्वमा सम्पन्न भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले भन्नुभयो, “साहित्य पढेकाले आफ्नो मात्र सोच्दैन, अरुको लागि पनि सोच्छन् । शिक्षकहरूबाट मात्र सिक्ने होइन, आफूसँग भएको ज्ञान र सीप अरुलाई पनि सिकाउनुपर्छ । सहपाठीहरूबाट धेरै कुराहरू सिक्न सकिन्छ । आफूलाई अस्पष्ट भएको कुरा व्यतिmगत परामर्श लिएर सिक्नुपर्छ । सिक्ने सिकाउने कार्यमा सबैभन्दा महत्वपूर्ण कुरा सिकारुको अठोट हो । भौतिक साधन र वातावरणीय तत्वहरू मुख्य होइनन् । मानवीय जीवन सङ्घर्षमय हुन्छ । समाजमा सबैसँग मिलेर बस्न सामाजिक भावना हुनुपर्छ ।”
कार्यक्रममा शिक्षकहरू आशाकुमार चिकंबञ्जार, प्रेमजन थापाश्रेष्ठले शिक्षाशास्त्र समूह, राजेन्द्रबहादुर कायष्ठले मानविकी समूह, कर्णबहादुर प्रजापतिले कानुन समूहको बारेमा स्पष्ट पार्नुभएको थियो । शिवराम बोहजु, सुभद्रा दुवाललगायतले विभिन्न विषय समूहहरूको क्षेत्र र महत्वबारे प्रकाश पार्नुभएको थियो । विषय शिक्षकहरूको परिचय पनि प्रस्तुत गरिएकोे थियो ।
Leave a Reply