एक वर्षदेखि लमजुङ दरबार पुनःनिर्माण अलपत्र
- बैशाख ७, २०८३
केन्द्रीय विशेष कार्यदलका (STF) तत्कालीन कार्यालय प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलको बयान कागजको ब्यहोरा ः भदौ २३ गते करिब सवा १ बजेमात्र बीआईसीसीको ३ नम्बर गेट (राष्ट्रिय वाणिज्य बैङ्क नजिक) मा पुगी सोही समयदेखि गेट अगाडिको चोकमा भीडलाई तितरबितर पार्ने तथा नियन्त्रण गर्न खटिएको थिएँ ।
भदौ २३ गते सशस्त्र प्रहरी आफू नजिकै भए पनि अपेक्षित रूपमा सक्रिय नभएको प्रहरी महानिरीक्षकको गेटबाट आक्रमण बढेपछि नेपाली सेनाको १०–१२ जनाको टुकडी तटस्थ हुन बाध्य भएको पृष्ठभूमिले सुरक्षा संयन्त्रबिचको समन्वय कमी स्पष्ट पार्छ ।
केन्द्रीय प्रहरी विशेष कार्यदलमा कार्यरत प्रहरी कर्मचारीहरू कार्यदलमा बस्न धेरै अनुच्छुक रहने गर्नाले तलबको कम्तीमा २० प्रतिशत अतिरिक्त भत्ताको व्यवस्था गरिनुपर्ने सुझाव रहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक अपिलराज बोहराको बयान कागज ब्यहोरा ः भदौ २३ गते रेडियो च्यानल २ बाट प्रहरीको ब्यारेकेड ११ः४७ बजे भत्किएको, पानीको फोहरा प्रयोग ११ः४८ मा भएको, प्रहरी बल प्रयोग तथा फायरिङ भइसकेको, अनि केही प्रदर्शनकारी संसद् भवनको पूर्वतिरको पर्खाल नाघी भित्र छिरेको, दक्षिण गेटबाट ह्याम्मर र रड प्रयोग गरी पर्खाल भत्काउन कोशिश भइराखेको र सुरक्षा बलबाट गोली फायर भइसकेको, संसद् भवन छिर्न नदिन बल प्रयोग गर्ने भनी तालुक कार्यालयबाट आदेश आएको जस्ता संवादहरू सुनेको थिएँ ।
एपीएफ र नेपाली सेना पनि पछिल्ला क्षणहरूमा आए तर दुवै सुरक्षा निकायबाट अपेक्षित व्यवसायिक सहयोग, संयत्रिक प्रतिरक्षा वा सामूहिक समन्वय नदेखिएको ठम्याइ छ ।
पश्चिम गेटमा आउने भीड अन्य स्थानभन्दा फरक — अत्यन्त उग्र, अराजक र विध्वंसात्मक थियो । भीडले गेट तोड्ने, प्रहरी बस्ने संरचनामा आगो लगाउने र सिधै संसद् भवन प्रवेश गर्ने उद्देश्य लिएको देखिन्थ्यो । आफ्नो टीमबाट टियर ग्याँस Gen-Z भीड तितरबितर भएपछि आएको राजावादी जुलुसलाई रोक्न प्रयोग भएको थियो ।
थुनुवाहरू छाडिदिने भनी माथिल्लो तालुक कार्यालयबाट रेडियो सेटबाट आदेश आएपछि सुरक्षा कारणवश १७ः३० बजे म्याद थप भई परिसरको अनुन्धानको सिलसिलामा हिरासतमा रहेका २०५ जना थुनुवाहरू छाडिएको हो ।
यो प्रदर्शनमा लुटेरा, आपराधिक पृष्ठभूमिका व्यक्तिहरू, जेल बसेर आएकाहरू, दिमागी रूपमा मनोरोगी र अभियुक्तहरू, प्रहरीको भगौडाहरू, समाजमा दुःख दिने गुन्डाहरू, राजा आउ देश बचाउ भनेर ४० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिहरू संलग्न भएकाले फरक फरक उद्देश्यपे्ररित समूहको संलग्नताले प्रर्दशनमा घूसपैठ भएको विश्वास गर्दछु । उक्त दिन Mis-information / Dis-information ले पनि आन्दोलनलाई अराजक बनाउन ठुलो भूमिका खेलेको थियो ।
घटनाका मूल कारणहरू सूचना विश्लेषणमा कमजोरी, खतराको मूल्याङ्कनमा ढिलाइ, कफ्र्युपछिका निर्देशनमा अस्पष्टता, संयुक्त सुुरक्षा संयन्त्रको समन्वयहीनता र राज्यको नेतृत्व तहमा तत्काल निर्णय क्षमताको अभाव रहेको बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी उपरीक्षक कुलदीप चन्दको बयान कागज ब्यहोरा ः भदौ २४ गते परिस्थिति भिन्न बन्यो । देउवा चोकमा खटिएको बुढानीलकण्ठ प्रहरी प्रभाग र प्रहरी वृत महाराजगञ्जका प्रहरी टोलीसँग मेरो टोली समेत मिसियो । ठुलो भीड एकै ठाउँमा केन्द्रित भएपछि देउवा निवासको कम्पाउन्ड पर्खाल भत्कियो, भित्रका साना संरचनामा तोडफोड र आगजनी सुरू भयो र भीड नियन्त्रण असम्भवजस्तै
बन्दै गयो ।
देउवा निवास क्षेत्रमा सशस्त्र प्रहरीको तैनाथी देखिएन तर नेपाली सेनाको टोली भने भित्रि कम्पाउन्डमा रहेको र परिस्थिति असामान्य भएपछि बाहिर नियन्त्रणमा सहयोग गरेको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीको बयान कागज ब्यहोरा ः भदौ २४ गते बिहान ८ः३० बजेदेखि कफ्र्यु आदेश जारी भए तापनि कफ्र्युको अवज्ञा गर्दै महोहरा, गठ्ठाघर, पेप्सिकोला, पुरानो थिमि, च्याह्मासिंह, दत्तात्रय, सल्लाघारी, सुडाल, खरिपाटीसहित भक्तपुरका धेरै स्थानमा ठुलो सङ्ख्यामा मानिसहरू भेला हुन थाले । सुरूमा नारा—जुलुसका रूपमा देखिएको भीड आक्रोशपूर्ण हुँदै प्रहरीमाथि गालीगलौज, अपमानजनक नाराजस्ता व्यवहारका साथ ढुङ्गा, बोटल र अन्य वस्तु प्रहार गर्न उत्कट देखियो ।
बिहान ११ बजेदेखि भक्तपुर जिल्ला पूर्ण रूपमा असामान्य अवस्थातर्फ धकेलियो । एकै समयमा थुपै्र स्थानमा आगजनी, तोडफोड र आक्रमण सुरू हुन थाल्यो ।
उक्त दिन सार्वजनिक र व्यक्तिगत भवन जलाइयो । जिल्ला समन्वय कार्यालय भक्तपुर, भक्तपुर वडा नं. ३ सार्वजनिक शौचालय, नेपाल स्काउट शाखा कार्यालय आगजनी भएको थियो । घटनाहरू एकै समयमा र अत्यन्त तीव्र रूपमा फैलिएको, सशस्त्र प्रहरी र नेपाली सेनाबाट अपेक्षित सहयोग समयमा प्राप्त नभएको तथा प्रहरी जनशक्ति अत्यन्त न्यून भएकाले सम्हाल्न असम्भवजस्तै अवस्थाहरू सिर्जना भएको थियो ।
Leave a Reply