भर्खरै :

जुम्लाका गाउँहरूमा अन्तरक्रिया कार्यक्रम

जुम्लाका गाउँहरूमा अन्तरक्रिया कार्यक्रम

जुम्ला, १० वैशाख । नेमकिपा कनकासुन्दरी गाउँपालिका वडा नं. ६ एकाइ समितिको आयोजनामा पार्टी प्रकाशन र हालै बसेको नेमकिपाको केन्द्रीय समितिको निर्णयबारे बिहीबार अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्ली काफ्लेले व्यक्तित्व विकास गर्न र हरेक विषयमा निपुण हुन पार्टी प्रकाशनको अध्ययन गरिरहनुपर्नेमा जोड दिँदै नेमकिपाले देश र जनताको पक्षमा इमानदारीपूर्वक काम गरिरहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष माधव काफ्लेको सभापतित्वमा भएको सो भेलामा गजेन्द्रबहादुर कार्की, गोर्खबहादुर शाही, जनक शाही र अकिलबहादुर शाहीले देशको समस्याबारे चर्चा गर्दै सिद्धान्त र विचार नबोकेको दलले देशलाई मार्ग निर्देश गर्न नसक्ने बताउनुभयो ।
त्यस्तै सोही दिन तिला गाउँपालिका समितिको आयोजनामा पनि एक अन्तरक्रिया कर्यक्रम भयो ।
जिल्ला पार्टी समितिका सदस्य मुनिनाथ योगीको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टी सभापति पूर्णलाल खत्रीले समाजवादी व्यवस्थामा मात्र समानता र रोजीरोटीको व्यवस्था हुने विचार व्यक्त गर्नुभयो ।
जिल्ला समिति सदस्य मानबहादुर बोहरा र नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समितिका अध्यक्ष हर्षबहादुर बोहराले राष्ट्रिय र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनबारे चर्चा गर्दै मजदुरको हक अधिकारको निम्ति सङ्घर्ष गरिरहनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *