भर्खरै :

कैलालीमा सन्देशमूलक कार्यक्रम

कैलालीमा सन्देशमूलक कार्यक्रम

कैलाली, ११ वैशाख । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा मतदातालाई धन्यवाद, केन्द्रीय समितिको बैठकको सन्देश कार्यक्रम शुक्रबार जानकी गाउँपालिका–४ कञ्चनपुरमा सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले मादल चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो ।
देश र जनताको निःस्वार्थपूर्वक सेवाबाहेक नेमकिपाको स्वार्थ नभएको स्पष्ट पार्दै उहाँले कामदार जनताको हित हुने समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
कार्यक्रममा रमेशकुमार रावल, गगनबहादुर थापा मगर, सुनिता भण्डारालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *